Friday, July 31, 2026
Homeखेलकुदनेपालले दोस्रोपटक एसीसी यू–१६ इस्ट जोन कपको उपाधि जित्यो

नेपालले दोस्रोपटक एसीसी यू–१६ इस्ट जोन कपको उपाधि जित्यो

काठमाडौं: नेपालले एसीसी पुरुष यू–१६ इस्ट जोन कप २०२५ को उपाधि लगातार दोस्रोपटक आफ्नो नाममा गर्न सफल भएको छ। शनिबार भएको रोमाञ्चक फाइनलमा नेपालले सिंगापुरलाई २ विकेटले पराजित गर्दै उपाधि उचाल्यो।

यसअघि पनि मलेसियालाई हराएर च्याम्पियन बनेको नेपालले यसपटक सिंगापुरविरुद्ध ११४ रनको लक्ष्य पछ्याएको थियो। नेपालले २८.५ ओभरमा ८ विकेट गुमाएर लक्ष्य हासिल गर्‍यो।

परिमर्जन यादवले सुरुआती आक्रामक प्रदर्शन गर्दै ९ बलमा १३ रन बनाए। तर, उनी दोस्रो ओभरमै आउट भए। त्यसपछि प्रसिद्ध जैसी र विकेटकिपर शिवांश बजगाईले इनिङ्स सम्हाल्दै दोस्रो विकेटका लागि २७ रनको साझेदारी गरे। बजगाईले १३ बलमा २० रन बनाए।

प्रतियोगितामा सर्वाधिक रन बनाएका रौनक श्रीवास्तव पहिलो बलमै आउट भए। तर, जोय थापाले ५३ बलमा अविजित २४ रन बनाउँदै टोलीलाई जितसम्म पुर्‍याए। अभय यादव पनि १० रनमा नटआउट रहे।

नेपालको बलियो टोली प्रदर्शनले गर्दा यसपटक पनि उपाधि रक्षा गर्न सकिएको हो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका