कैलाली: धनगढीमा जारी टिम ११औँ संस्कार क्रिकेट लिग प्रतियोगिताको फाइनल खेलमा नारायण स्पोर्ट्स क्लब कञ्चनपुर र युथ अफ टीकापुर, कैलालीबीच प्रतिस्पर्धा हुने भएको छ।
सोमबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा नेपाल वेष्ट्रन एकेडेमी, धनगढीलाई चार विकेटले पराजित गर्दै नारायण स्पोर्ट्स क्लबले फाइनल यात्रा तय गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको नारायण क्लबले २० ओभरमा ६ विकेटको क्षतिमा २१४ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको वेष्ट्रन एकेडेमी १७.५ ओभरमै ११९ रनमै अल आउट हुँदै प्रतियोगिताबाट बाहिरियो।
त्यसैदिन सम्पन्न दोस्रो सेमिफाइनल खेलमा सायल गाउँपालिका, डोटीलाई पराजित गर्दै युथ टीकापुरले फाइनलमा स्थान सुरक्षित गरेको हो। सायलले दिएको १०६ रनको लक्ष्य युथ टीकापुरले १५.३ ओभरमै पूरा गर्दै सहज जित दर्ता गर्यो।
प्रतियोगिताको फाइनल खेल आज दिउँसो १ बजे हुने आयोजकले जनाएका छन्। विजेता टोलीले रु १ लाख ११ हजार १११ नगदसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीलाई रु ५५ हजार ५५५ नगदसहित ट्रफी प्रदान गरिनेछ।
गत चैत ३० गतेदेखि सुरु भएको प्रतियोगितामा १३ टिमको सहभागिता रहेको छ।