Saturday, November 7, 2026
Homeसामाचारदेशभर सामान्य मौसमी अवस्था, हिमाली भूभागमा हल्का हिमपात

देशभर सामान्य मौसमी अवस्था, हिमाली भूभागमा हल्का हिमपात

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। गण्डकी र लुम्बिनी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात भइरहेको जनाइएको छ।

आज दिउँसो पनि देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले बताएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।

राती कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने र अन्य भूभागमा मौसम सफा रहने महाशाखाले जानकारी दिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका