काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव देखिएको छैन। यसका कारण कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली भू–भागमा आंशिक बदली रहे पनि बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहेको छ।
महाशाखाले आज दिउँसो देशभर मौसम प्रायः सफा रहने जनाएको छ। त्यसैगरी आज राति पनि देशभरको मौसम मुख्यतया सफा नै रहने पूर्वानुमान गरिएको छ।


