Tuesday, October 13, 2026
Homeसामाचारदेशभर मौसम मुख्यतया सफा, तराईका केही स्थानमा हुस्सुको सम्भावना

देशभर मौसम मुख्यतया सफा, तराईका केही स्थानमा हुस्सुको सम्भावना

काठमाडौँ, २ माघ — हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु लाग्नेछ।

आज कोशी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक रूपमा बादल लाग्ने सम्भावना रहेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

त्यसैगरी, आज राति पनि तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने महाशाखाले जनाएको छ। रातिको समयमा कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने तथा अन्य भू–भागमा मौसम प्रायः सफा रहनेछ।

महाशाखाले हुस्सुका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई र सडक यातायातमा आंशिक प्रभाव पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका