Thursday, December 11, 2025
Homeमनोरन्जनदुर्गेश थापाले अमेरिकाका ११ शहरमा सांगीतिक प्रस्तुती दिने

दुर्गेश थापाले अमेरिकाका ११ शहरमा सांगीतिक प्रस्तुती दिने

काठमाडौँ — गायक दुर्गेश थापा अमेरिकाका विभिन्न सहरहरूमा सांगीतिक प्रस्तुति दिने भएका छन्। सोही उद्देश्यका लागि उनी मंगलबार अमेरिका प्रस्थान गरेका हुन्।

आयोजकका अनुसार थापाको अमेरिकाका ११ सहरमा कार्यक्रम तय भइसकेको छ। पहिलोपटक अमेरिका पुगेका थापाको टुर आगामी शुक्रबार अस्टिन, टेक्सासबाट सुरु भएर नोभेम्बर २२ मा डल्लास, टेक्सासमा सम्पन्न हुने छ।

यस टुरअन्तर्गत उनले न्यूयोर्क, बाल्टिमोर, कोलम्बस, कोलोराडो लगायतका सहरमा ११ वटा स्टेजमा प्रस्तुति दिनेछन्।

‘दुर्गेश टुर अमेरिका’ को आयोजना आरएनआर ग्रुप्स एलएलसीका रोशन पुरी, पाण्डे होम्स एलएलसीका गणेश पाण्डे र एकेबी कम्पनी एलएलसीका अशिष भडेलले गरेका हुन्। साथै, पिस एण्ड ब्युटी नामक गैरनाफामुखी संस्थाले साझेदारी गरेको छ।

आयोजकले अग्रिम टिकट किन्न अनुरोध गर्दै, दुर्गेशको यो पहिलो अमेरिका टुर भएकाले दर्शकको उल्लेखनीय उपस्थिति हुने अपेक्षा व्यक्त गरेका छन्।

आयोजकमध्येका एक, रोशन पुरीले भने, “पहिलोपटक अमेरिकामा रहेका नेपालीहरू माझ दुर्गेशलाई ल्याउन पाउँदा हामी अत्यन्त खुसी छौं। यस टुरले विभिन्न सहरका नेपालीहरूलाई एउटै मञ्चमा जोड्ने अवसर मिल्नेछ।”

यस्तै, नोभेम्बर १ मा भर्जिनियामा हुने कार्यक्रममा गायिका मेलिना राईको पनि प्रस्तुति रहने बताइएको छ। मेलिनाले भिडियो सन्देशमार्फत भनिन्, “नोभेम्बर १ मा भेटौं,” भन्दै कार्यक्रममा उपस्थित हुन आग्रह गरेकी छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका