काठमाडौं, १४ चैत । नेपाल थ्री नेशन्स कपको फाइनलमा पुगेको पुगेको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा बंगलादेश सँग गोलरहित बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको हो । यो सँगै किर्गिस्तान भने प्रतियोगिताबाट बाहिरिएको छ ।
बंगलादेशसँगको आजको खेलमा नेपालले गोल गर्ने धेरै अवसरहरु पाएपनि गोल गर्न नसक्दा बराबरीमा चित्त बुझाउनु परेको हो । खेलको तेस्रो मिनेटमै अनन्त तामाङले अञ्जन विष्टलाई सुन्दर पास गरेका थिए । तर अन्जनको फितलो प्रहारका कारण गोलमा परिणत हुन सकेको थिएन ।
त्यसपछि २१ औं मिनेटमा पनि अञ्जन विष्टले फ्रि पोजिसनमा पाएको बललाई हेड गर्दा पोष्टमाथिबाट बाहिरीएको थियो । त्ययसयता पनि नेपालले २४ औं मिनेट, ५८, ६५ र ७३ औं मिनेटमा गोल गर्ने सुवर्ण अवसर पाएको थियो । तर नेपाली स्ट्राइकरहरुको फितलो प्रहारका कारण गोल हुन सफल भएको थिएन । तथापि नेपाल सुुखद यात्राका साथ फाइनल फाइनल भने पुुगेको छ ।
सम्भवत नेपाली अन्तर्राष्ट्रिय खेलको दौरानमा एक गोल पनि नगरि फाइनल पुगेको पहिलो इतिहास हो । सोमबार पुन: नेपालले बंगलादेशसँगै फाइनल खेल खेल्नेछ । थ्री नेशन्स कपमा नेपाल, बंगलादेश र किर्गिस्थान गरि ३ देशको सहभागीता थियो ।
न्युज२४नेपाल बाट साभार