Sunday, April 26, 2026
Homeशिक्षात्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत: दबाब थेग्न नसकेपछि बरालले राजीनामा दिएका थिए

त्रिविका उपकुलपति बरालको राजीनामा स्वीकृत: दबाब थेग्न नसकेपछि बरालले राजीनामा दिएका थिए

काठमाडौं: त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालको राजीनामा स्वीकृत भएको छ।

प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले उक्त राजीनामा स्वीकृत गरेको पुष्टि उनका सचिवालयले गरेको छ।

राजीनामा दिएका प्रा.डा. बरालले कुलपति ओलीको दबाब सहन नसकेको कारणले राजीनामा दिएको बताएका थिए।

कुलपति ओलीले राम्रा काममा सहयोग गर्ने सट्टा सर्वोच्च अदालतको फैसलाविपरीत करार र अस्थायी प्राध्यापक तथा कर्मचारीलाई स्थायी बनाउने दबाब दिँदा बरालले १५ चैतमा राजीनामा दिएका थिए।

बरालको राजीनामा दुई साता पछि आज स्वीकृत भएको हो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका