काठमाडौं । त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन–२०८१ आइतबार सार्वजनिक गरिएको छ।
गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन कार्यान्वयनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाउने निर्णय गरेसँगै प्रतिवेदन सार्वजनिक गरिएको हो।
समितिले तयार पारेको प्रतिवेदन यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको भए पनि त्यसबेला सार्वजनिक गरिएको थिएन।
अन्तरिम सरकार गठनपछि शिक्षामन्त्रीमा नियुक्त महावीर पुनले पदभार ग्रहण गरेलगत्तै प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका थिए।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०८१ जेठमा पूर्व सचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा खोजबिन समिति गठन गरेको थियो।
समितिले करिब २ हजार ४ सय रोपनी त्रिविको जग्गा हिनामिना र अतिक्रमण भएको पत्ता लगाएको छ।
TU-jagga-report


