काठमाडौँ। भारतको उत्तराखण्ड राज्यको काशीपुरमा बन्धक बनाइएका ३५ जना नेपाली नागरिकको उद्धार गरिएको छ।
नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले उत्तराखण्ड प्रहरी र केआइन इन्डियाको सहयोगमा ती नेपालीहरूको उद्धार गरेको जनाएको छ।
उनीहरूलाई आकर्षक जागिरको प्रलोभनमा भारत लगेर बन्धक बनाई कुटपिट र यातना दिइएको थियो। साथै, विभिन्न शीर्षकमा रकम असुलिएको दूतावासले जनाएको छ।
उक्त घटनासँग सम्बन्धित केही व्यक्तिहरूलाई उत्तराखण्ड प्रहरीले पक्राउ गरेको दूतावासले जानकारी दिएको छ।



