कञ्चनपुर : भूमिसम्बन्धी समस्या समाधान आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको जग्गा नाप जाँच कार्य सुरु गरेको छ।
यही असार १४ गतेदेखि बेलडाँडी गाउँपालिका–३ बाट जिपिएस प्वाइन्ट राख्नका लागि जग्गाको नाप जाँचको कार्य सुरु गर्न लागिएको भूमिसम्बन्धी समस्या समाधान आयोगका जिल्ला अध्यक्ष कमला बोहराले बताइन्।
स्थानीय तहसँग भएको सम्झौताबमोजिम भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत लिने कार्य पूरा भइसकेको छ। अधुरा कामको अनुसूची २ आयोगको जिल्लास्थित कार्यालयबाट, भूमिहीन दलित भूमिहीन सुकुम्बासीका लागि अनुसूची ३ र अव्यवस्थित बसोबासीका लागि अनुसूची ४ फाराम स्थानीय तहबाट भर्ने गरिएको बोहराले बताइन्।


