Tuesday, May 20, 2025
Homeशिक्षाछोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन निर्देशन

छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन निर्देशन

काभ्रेपलाञ्चोक: मण्डनदेउपुर नगरपालिकाले स्थानीय जनप्रतिनिधिदेखि कर्मचारीसम्मका छोराछोरीलाई सामुदायिक विद्यालयमै पढाउन अनिवार्य निर्देशन दिएको छ।

नगरपालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै नगरभित्र कार्यरत जनप्रतिनिधि, शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक सङ्घका पदाधिकारीहरूलाई यही वैशाख मसान्तसम्ममा आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गरिसकेको प्रमाण पेश गर्न निर्देशन दिएको हो।

यो निर्देशन सामुदायिक विद्यालय शैक्षिक सुधार योजना अन्तर्गत जारी गरिएको हो। नगर प्रमुख टोकबहादुर वाइबाका अनुसार, २०८१ चैत २६ गते बसेको नगर शिक्षा समितिको बैठकको निर्णय कार्यान्वयन नभएको पाइएपछि सार्वजनिक सूचनामार्फत निर्देशन जारी गर्नुपरेको हो।

नगर प्रमुख वाइबाले भन्नुभयो, “एक महिना अघि नै निर्णय भएको थियो, तर सबैले पालना नगरेपछि अब नगरपालिकाले यसको कार्यान्वयनमा कडाइ गर्नेछ। निर्णय कार्यान्वयन गराउन नगर दत्तचित्त रहनेछ।”

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका