Saturday, January 18, 2025
Homeशिक्षाचिसोका कारण विद्यायल बन्द

चिसोका कारण विद्यायल बन्द

चन्द्रपुर (रौतहट): केही दिनदेखि हुस्सु र चिसो सिरेटोले तराई-मधेसका जिल्लाहरूमा जाडो बढेपछि रौतहटका नागरिकको जनजीवन प्रभावित भएको छ। लगातार घाम नलाग्दा समस्या झन् गहिरिएको छ, जसको असर विशेषगरी विपन्न र गरिब परिवारहरूमा बढी परेको छ।

चिसो र शीतलहरका कारण रौतहटको मुख्य व्यापारिक केन्द्र चन्द्रनिगाहपुर, गौर, गरुडा, कटहरिया, र समनपुरमा दिउँसो पनि सामान्य चहलपहल देखिँदैन। नागरिकहरूलाई राहत दिन जिल्ला विपद् व्यवस्थापन समितिले चिसोबाट बच्नका लागि टोलटोलमा दाउरा वितरण गर्ने निर्णय गरेको छ।

प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले डिभिजन वन कार्यालय रौतहट र स्थानीय पालिकाहरूको सहकार्यमा दाउरा वितरण गरिने जानकारी दिए। साथै, चिसोबाट जोगाउन न्यानो कपडा वितरणमा सहकार्य गर्न सरकारी तथा गैरसरकारी संस्थाहरूलाई आग्रह गरिएको उनले बताए।

सशस्त्र प्रहरी फतुवा बेस क्याम्पले पनि आफ्नो क्षेत्रका मुख्य चोकहरूमा दाउरा बाल्ने व्यवस्था सुरु गरेको छ। राजपुर र फतुवा महेशपुरलगायत चोकहरूमा आगो बालेर चिसो कम गर्ने प्रयास भइरहेको छ।

यसैबीच, गौर नगरपालिकाले अत्यधिक चिसो बढेको भन्दै गौर नगर क्षेत्रका विद्यालय तीन दिनका लागि बन्द गर्न अनुरोध गरेको छ। नगरका प्रमुख प्रशासकीय अधिकृत सुवास ठाकुरका अनुसार चिसोले विद्यार्थीहरूको स्वास्थ्यमा नकारात्मक असर गर्न नदिन यस्तो निर्णय लिइएको हो।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका