Saturday, January 18, 2025
Homeशिक्षाचिसोका कारण उदयपुरका विद्यालयमा विद्यार्थी घटे

चिसोका कारण उदयपुरका विद्यालयमा विद्यार्थी घटे

गाईघाट (उदयपुर): उदयपुरमा चार दिनदेखि व्यापक चिसो बढेसँगै शीतलहर सुरू भएकोले जनजीवन प्रभावित बनेको छ। चिसोको प्रभावले विशेषगरी आधारभूत तहका विद्यालयका विद्यार्थीको उपस्थिति घट्दै गएको शिक्षकहरूले जनाएका छन्।

त्रियुगा, चौदण्डीगढी नगरपालिकालगायतका सरकारी तथा निजी विद्यालयमा साना कक्षाका विद्यार्थी चिसोका कारण विद्यालयमा न्यून उपस्थित हुन थालेका छन्। त्रियुगा–१ जोगीदह जनता माविका शिक्षक देवन राईका अनुसार चिसोले गर्दा विद्यार्थीको उपस्थिति कम हुँदै गएको छ। त्रियुगा–११ पिसजोन स्कुलका शिक्षक भूपेन्द्र थापाले कक्षा ४ भन्दा तल्ला तहका विद्यार्थीमध्ये केवल २५ प्रतिशत मात्र विद्यालय आउन थालेको जानकारी दिनुभयो।

चौदण्डीगढी–९ हँडियास्थित जनता माविका शिक्षक बाबुनारायण चौधरीले शीतलहर र चिसोले साना कक्षाका विद्यार्थीलाई नकारात्मक प्रभाव पार्दै न्यून उपस्थिति भएको बताउनुभयो।

त्रियुगा नगरपालिका–१३ पोर्ताहका रामदेव चौधरीका अनुसार शीतलहर र हुस्सुले घरका बालबालिका विद्यालय जान नसक्ने अवस्था सिर्जना गरेको छ। बालबालिकाले दिनभर घरमै न्यानो लुगा ओढेर बस्न थालेको र चिसोका कारण अभिभावकहरूले उनीहरूलाई विद्यालय पठाउन छाडेका छन्।

चार दिनदेखि उदयपुरका त्रियुगा, बेलका, चौदण्डीगढी र कटारी नगरपालिकाका तराई क्षेत्रहरूमा शीतलहरले जनजीवन प्रभावित बनाएको छ। अत्यधिक चिसोका कारण नगर क्षेत्रका वृद्धवृद्धासमेत घरभित्र आगो तापेर बस्न बाध्य छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका