काठमाडौं । गृहमन्त्री सुधन गुरुङ शनिबार मध्यरातमा चितवनको भरतपुर पुगेका छन् । भरतपुर पुगेलगत्तै उनलाई नेपाल प्रहरी शिक्षालयमा औपचारिक स्वागत गरिएको थियो ।
गुरुङलाई स्वागत गर्न बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक रेग्मी, नेपाल प्रहरी शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापा तथा प्रहरी उपरीक्षक एक नारायण कोइरालालगायतको उपस्थिति रहेको थियो ।


