कोरोनाभाइरसका कारण थुप्रै मानिसहरुले आफन्त गुमाइरहेका छन् । हालै गायक लकी अलीको निधन सोसल मिडियामा मंगलबार बेलुकी अचानक आउन थाल्यो । प्रशंसकले लगातार लकी अलीका लागि ट्वीट गरिरहका थिए । ती सबैले गायकको कोभिड–१९ का कारण निधन भएको बताइरहेका छन् तर यसमा अलिकति पनि वास्तविकता छैन । लकी अलीको निधनको अफवाह उड्ने बित्तिकै गायककी साथी नफिसा अलीले ट्वीटरमा यसबारे वास्तविकता बताउँदै ट्वीट गरिन्
।लाइमलाइटबाट टाढा छन् लकी अलीः
स्मरण रहोस्, गायक पछिल्लो केही समयदेखि लाइमलाइटबाट टाढा छन् । लकी अलीको निधनको खबर जब सोसल मिडियामा तीब्र हुन थाल्यो तब नफिसा अलीले ट्वीट गर्दै लेखिन्, ‘लकी पूर्ण रुपमा ठिक छन् र हामीले आजै अपरान्ह कुरा गरेका छौं । उनी आफ्नो फार्ममा छन्, परिवारसँग । कोभिड पनि लागेको छैन, पूर्ण रुपमा स्वस्थ छन् ।’
नफिसा अलीले टाइम्स अफ इन्डियासँगको कुराकानीमा आफूले लकीसँग दिनमा कम्तीमा २–३ पटक कुरा गरेको र उनी पूर्ण रुपमा स्वस्थ भएको बताएकी छिन् । उनले भनिन्, ‘उनलाई कोभिड भएको छैन । उनीसँग एन्टीबडीज छ । उनी आफ्नो सङ्गीत र कन्सर्टको योजनामा व्यस्त छन् । हामी दुईले भर्चुअल कन्सर्टबारे कुरा पनि गरिरहेका थियौं, जुन आजकाल भइरहेका छन् । उनी बेंगलुरुमा आफ्नो फार्ममा छन् र परिवार पनि उनको साथमा छन् । मैले भर्खरै उनीसँग कुरा गरेकी छु र सबैजना स्वस्थ छन् ।’
रातोपातीबाट साभार