वीरगन्ज : काठमाडौँबाट इन्धन लिन भारत जान लागेको ट्यांकरबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाजा बरामद गरेको छ।
काठमाडौँबाट इन्धन लिन भारतको बरौनी जान हिँडेको ना ४ ख २९७९ नम्बरको खाली ट्यांकरबाट १९ वटा पोकामा रहेको २ क्विन्टल १८ केजी गाजा प्रहरीले बरामद गरेको हो।
गोप्य सूचनाका आधारमा बुधबार दिउँसो खटिएको प्रहरी टोलीले बाराको पथलैयास्थित महमद आलम साहको रामरहिम ग्यारेजमा रोकेर राखिएको उक्त ट्यांकरको च्याम्बर भित्र लुकाएर राखिएको २ क्विन्टल १८ केजी गाजा बरामद गरेको हो।
प्रहरीले गाजासहित ट्यांकरका चालक महोत्तरीको बर्दिवास नगरपालिका ८ का ३३ वर्षीय घनश्याम गिरी र सहचालक चितवनको खैरहनी नगरपालिका २ का राजकुमार दवाडीलाई पथलैयास्थित ग्यारेजबाट पक्राउ गरेको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।