Sunday, April 12, 2026
Homeखेलकुदगण्डकी प्रदेश महिला टी२०: कास्की फाइनल नजिक, पर्वत र स्याङ्जा बीच अंक...

गण्डकी प्रदेश महिला टी२०: कास्की फाइनल नजिक, पर्वत र स्याङ्जा बीच अंक बाँडफाँट

पोखरा: पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी–२० क्रिकेट प्रतियोगितामा कास्कीले नवलपुरलाई पराजित गर्दै फाइनल यात्रा तय गर्ने पहिलो टिम बन्न सफल भएको छ, भने पर्वत र स्याङ्जाले वर्षाका कारण खेल अधुरो रहँदा अंक बाँडेका छन्।

पहिलो खेल: कास्की ३९ रनले विजयी
गण्डकी प्रदेश क्रिकेट संघको आयोजनामा भएको प्रतियोगिताको दोश्रो दिनको पहिलो खेलमा कास्कीले नवलपुरलाई ३९ रनले हराउँदै लगातार दोस्रो जित दर्ता गर्‍यो।

पहिले ब्याटिङ गर्दै कास्कीले २० ओभरमा ४ विकेट गुमाएर ११७ रन बनायो।

कप्तान सिर्जना पौडेलले ३१ बलमा १ चौका सहित २७ रन बनाइन्।

रचना चौधरीले २५ रन र

चन्द्रमाया बरालले १५ रनको अविजित इनिङ खेलिन्।
अन्य खेलाडीहरूमा श्रद्धा गुरुङ (८), शिखा दवाडी (१५) र रेखा तामाङ (२) रनमा आउट भए।

नवलपुरका लागि यमुना पंगेनीले २ विकेट, श्रेया शर्मा र आयुषा चापागाईंले समान १/१ विकेट लिइन्।

जवाफमा नवलपुर २० ओभरमा ७ विकेट गुमाएर मात्र ७८ रनमै समेटियो।

मोनिका लामिछानेले सर्वाधिक २२ रन बनाइन्,

धनकुमारी क्षेत्रीले ८,

पुर्णिमा सुनारले ७ रन बनाइन्।
अन्य ब्याटरहरू दोहोरो अंकमा पुग्न सकेनन्।

कास्कीका लागि चन्द्रमाया बरालले २ विकेट, श्रद्धा गुरुङ, रेखा तामाङ र रिया तामाङले १/१ विकेट लिइन्।

दोस्रो खेल: वर्षाले खेल रोकिन्, अंक बाँडफाँट
दोस्रो खेलमा पर्वत र स्याङ्जाबीचको खेल वर्षाका कारण अवरुद्ध हुँदा दुवै टिमले १–१ अंक बाँडे।

पहिले ब्याटिङ गरेको स्याङ्जाले २० ओभरमा ४ विकेट गुमाएर १४५ रनको बलियो स्कोर खडा गर्‍यो।

सिमाना केसीले ३८ बलमा २ चौका प्रहार गर्दै ३३ रन,

श्रिया शाह १९,

सलिना सेन १३ रन,

ज्योत्स्निका मरासिनी २४ रनमा रिटायर्ड आउट भइन्।
कुशुम गोदार (४) र निरु जिटी (४) रनमा नटआउट रहिन्।
पर्वतका लागि दीपिका सापकोटा २ विकेट, प्रतिभा खड्काले १ विकेट लिइन्।

जवाफमा पर्वतले १.१ ओभरमा २ विकेट गुमाएर ३ रन बनाउँदासम्म वर्षा सुरु भयो।

ओपनर शुसिला भट्टराई ३ रनमा अविजित,

योगिता केसी क्याच आउट र

जिविका क्षेत्री शून्यमा रनआउट भइन्।
स्याङ्जाका लागि निरु जिटीले १ विकेट लिइन्।

लगातार वर्षाले खेल पुनः सुरु हुन नसकेपछि दुवै टिमले बराबरी अंक बाँड्नुपर्‍यो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका