Tuesday, May 20, 2025
Homeशिक्षाकेआइआइटीमा विद्यार्थी नपठाउन माग

केआइआइटीमा विद्यार्थी नपठाउन माग

काठमाडौं: राष्ट्रियसभाका सदस्यहरूले भारतको उडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा नेपाली विद्यार्थी पठाउन रोक लगाउनुपर्ने बताएका छन्। उनीहरूले उक्त संस्थामा जान चाहने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर (एनओसी)’ नदिन सरकारलाई आग्रह गरेका छन्।

आजको राष्ट्रियसभा बैठकको आकस्मिक समयमा बोल्दै सदस्यहरूले केआइआइटीमा नेपाली विद्यार्थी असुरक्षित भएको, र एकपछि अर्को गरी छात्राको शृङ्खलाबद्ध मृत्यु भएको घटनाले सुरक्षा प्रत्याभूति नपाइएको भन्दै सरकारको ध्यानाकर्षण गराए।

राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले सरकारले केआइआइटीका लागि एनओसी दिने प्रक्रिया तत्काल रोक्नुपर्ने बताए।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सांसद मदनकुमारी साहले एनओसी रोक्न माग गर्दै अभिभावकहरूलाई पनि सतर्क रहन अनुरोध गरिन्।

जनता समाजवादी पार्टी नेपालका मोहम्मद खालिद, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका शेखरकुमार सिंह र नेपाली कांग्रेसका कृष्णबहादुर रोकायले केआइआइटीमा भएका मृत्युका घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारलाई निरन्तर पहल गर्न आग्रह गरे।

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की गङ्गाकुमारी बेल्वासे र नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सुमित्रा विसीले पनि घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरे।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका