Thursday, September 10, 2026
Homeराजनीतिकांग्रेस एकताका लागि अझै नरम हुन तयार छु : सभापति थापा

कांग्रेस एकताका लागि अझै नरम हुन तयार छु : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकताबद्ध बनाउन आफू अझै नरम हुन तयार रहेको बताएका छन् ।

कांग्रेस स्याङ्जाले वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ४५औँ पुण्यतिथिमा आयोजना गरेको शोकसभालाई सम्बोधन गर्दै थापाले पार्टीभित्रका कमजोरी सुधार्न आवश्यक परे निर्मम भएर अघि बढ्न पनि तयार रहेको बताए ।

उनले देशमा जटिल परिस्थिति उत्पन्न हुँदा कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे । नागरिकमा पार्टीप्रति विश्वास र भरोसा जगाउने गरी कांग्रेस अघि बढ्ने उनको भनाइ थियो ।

विपद्को समयमा सरकारको आलोचना गर्नु उपयुक्त समय नभएको बताउँदै थापाले यस्तो अवस्थामा जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका