Saturday, June 6, 2026
Homeखेलकुदओमानमा हुने टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा, सन्दीप पनि समावेश

ओमानमा हुने टी-२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा, सन्दीप पनि समावेश

काठमाडौं। ओमानमा हुने टी-२० विश्वकप छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान) ले १५ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ। धेरैको चासोको विषय बनेका सन्दीप लामिछाने पनि टोलीमा परेका छन्।

शुक्रबार कप्तान रोहित पौडेलको नेतृत्वमा टोली घोषणा गरिएको हो। प्रशिक्षक स्टुआर्ट लले वेस्ट इन्डिजविरुद्धको सिरिजमा रहेका साहब आलमलाई बाहिर राख्दै अन्तिम १५ सदस्यीय टोली तय गरेका हुन्।

यूएईमा वेस्ट इन्डिजसँगको तीन खेलको टी-२० सिरिजमा अनुशासनात्मक कारबाही खेपेका सन्दीप लामिछाने पनि यसपटक टोलीमा फर्किएका छन्।

नेपाल छनोट खेलका लागि ओमान पुगिसकेको छ। प्रतियोगिता अक्टोबर ८ बाट सुरु हुँदैछ।

नेपाली टोली यसप्रकार छ:

रोहित पौडेल (कप्तान)

दीपेन्द्रसिंह ऐरी (उपकप्तान)

सन्दीप लामिछाने

आशिफ शेख

कुशल भुर्तेल

सोमपाल कामी

करण केसी

कुशल मल्ल

नन्दन यादव

मोहम्मद आदिल आलम

सन्दीप जोरा

आरिफ शेख

ललित राजवंशी

गुल्सन झा

लोकेश बम

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका