Wednesday, July 29, 2026
Homeखेलकुदएसीसी यू–१९ प्रिमियर कप सेमिफाइनल: आज नेपाल र मलेसिया आमनेसामने

एसीसी यू–१९ प्रिमियर कप सेमिफाइनल: आज नेपाल र मलेसिया आमनेसामने

काठमाडौँ – संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्न लागेको छ। खेल अजमान मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ।

नेपाल समूह ‘ए’ र मलेसिया समूह ‘डी’ का विजेताको रूपमा सेमिफाइनलमा पुगेका हुन्। समूह चरणमै उत्कृष्ट प्रदर्शन गर्दै नेपालले लगातार दुई खेल जितेर अन्तिम चारमा स्थान सुरक्षित गरेको थियो।
नेपालले पहिलो खेलमा साउदी अरेबियालाई आठ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा हङ्कङलाई एक सय १९ रनको ठूलो अन्तरले हराएको थियो।

चौध टोली सहभागी रहेको प्रतियोगिताबाट तीन टोली आगामी एसीसी यू–१९ एसिया कपमा छनोट हुनेछन्। फाइनलमा प्रवेश गर्ने दुवै टोली सिधै एसिया कपमा पुग्ने छन्।
यस्तै, सेमिफाइनलमा पराजित हुने दुई टोलीबीच तेस्रो स्थानका लागि हुने खेलको विजेताले पनि एसिया कपमा स्थान पाउनेछ। यू–१९ एसिया कप आगामी डिसेम्बरमा यूएईमै आयोजना हुने तय भएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका