Saturday, August 1, 2026
Homeखेलकुदएसियन कप छनोटबाट फर्कियो नेपाली टोली, क्याप्टेन सावित्राको प्रदर्शनप्रति सन्तोष

एसियन कप छनोटबाट फर्कियो नेपाली टोली, क्याप्टेन सावित्राको प्रदर्शनप्रति सन्तोष

काठमाडौं: एएफसी एसियन कप २०२६ छनोटका लागि अस्ट्रेलिया खेल्न उज्बेकिस्तान पुगेको नेपाली महिला राष्ट्रिय फुटबल टोली स्वदेश फर्किएको छ। शनिबार सम्पन्न अन्तिम खेलमा घरेलु टोली उज्बेकिस्तानसँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएपछि टोली सोमबार नेपाल फर्किएको हो।

प्रतियोगितापछि राष्ट्रिय टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) ले समग्र नतिजालाई सकारात्मक रूपमा लिने प्रतिक्रिया दिएकी छन्। उनले नेपाली टोलीले माथिल्लो स्तरको टोलीविरुद्ध राम्रो प्रदर्शन गरेको उल्लेख गर्दै त्यसले धेरैलाई सकारात्मक सन्देश दिएको बताइन्।

“समग्रमा नतिजा हेर्ने हो भने हामीभन्दा माथिल्लो तहको टिमसँग राम्रो नै खेलेको देखिन्छ,” सावित्राले भनिन्, “हामीले खेलेको देखेर सबैले सकारात्मक नै प्रतिक्रिया दिनुभयो, यसले हामीलाई अझै प्रोत्साहन दिएको छ।”

उनले यो प्रतियोगिता नेपाली महिला फुटबलका लागि ठूलो अवसर भएको बताउँदै, राम्रो प्रदर्शन हुँदाहुँदै पनि अपेक्षित परिणाम दिन नसकिएको कुराले सधैं पछ्याइरहने पनि उल्लेख गरिन्। “यो खेल एकदम ठूलो अवसर थियो। राम्रो खेलेका थियौं जस्तो लागेको थियो, तर परिणाम आउन सकेन। यो कुराले पक्कै पनि सताइरहन्छ,” उनले भनिन्।

२६ वर्षपछि महिला एसियन कपमा स्थान बनाउने लक्ष्यसहित उज्बेकिस्तान पुगेको नेपाली टोलीले लाओसलाई ९–० र श्रीलंकालाई ८–० ले पराजित गरे पनि अन्तिम खेलमा पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको हो।

यससँगै उज्बेकिस्तानले अपराजित रहँदै २२ वर्षपछि महिला एसियन कपमा स्थान बनाएको छ। नेपालले भने एसियन कपसँगै ओलम्पिक र विश्वकपको अवसर पनि गुमाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका