Friday, June 12, 2026
Homeशिक्षाएसईई नतिजा प्रकाशनको अन्तिम तयारीमा राष्ट्रिय परीक्षा बोर्ड

एसईई नतिजा प्रकाशनको अन्तिम तयारीमा राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ। बोर्डका अनुसार नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको भए पनि सार्वजनिक गर्ने मिति भने अझै तय गरिएको छैन।

नतिजा सम्बन्धी निर्णय गर्न आज बोर्डको बैठक बस्ने तयारी गरिएको छ। यद्यपि बैठक बस्ने समय भने तोकिएको छैन।

यस वर्षको एसईई परीक्षा चैत ७ गतेदेखि सञ्चालन भएको थियो। परीक्षा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ जना र ग्रेडवृद्धि (पुरक परीक्षा) तर्फ ६७ हजार ७१५ जना गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका