काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ।
सोमबारदेखि सुरु भएको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न बैठक भोलि बिहान ९ बजे पुनः बस्नेछ। बैठकमा केन्द्रीय सदस्यहरूले प्रतिवेदनमाथि आफ्नो धारणा राख्ने बताइएको छ।