Saturday, June 6, 2026
Homeखेलकुदएनपीएल: लुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकटले पराजित

एनपीएल: लुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकटले पराजित

काठमाडौं। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकटले पराजित गरेको छ।

चितवनले दिएको १४३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १८.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। लुम्बिनीका गुल्बादिन नैबले सर्वाधिक ४४ रन बनाएका थिए भने कप्तान रोहित पौडेलले ३९ र सन्दीप जोरा २८ रन जोडेका थिए। चितवनका रिजन ढकालले २ विकेट लिए।

पहिलो ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४२ रन बनाएको थियो। चितवनका लागि रवि बोपाराले ६६ रन बनाए भने कुशल मल्लले २१ रन जोडे।

लुम्बिनीका लागि रुबेन ट्रम्पलम्यानले ३ विकेट लिए भने अविशेष गौतम र गुल्बादिन नैबले समान दुई-दुई विकेट लिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका