Saturday, June 6, 2026
Homeखेलकुदएनपीएलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स आमनेसामने

एनपीएलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स आमनेसामने

काठमाडौं — नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणअन्तर्गत २२औँ खेलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो ४ बजे खेल सुरु हुनेछ। दुवै टोलीका लागि यो छैटौँ खेल हो।

विराटनगर किंग्सले पाँचमध्ये चार खेल जितेर उत्कृष्ट प्रदर्शन गरेको छ भने एक खेलमा मात्र पराजित भएको छ। ८ अंकसहित विराटनगर हाल अंक तालिकाको तेस्रो स्थानमा छ।

लुम्बिनी लायन्सले भने पाँच खेलमा २ जित निकाल्दै ४ अंक जोडेको छ। वर्तमान अवस्थामा लुम्बिनी अंक तालिकाको छैटौँ स्थानमा रहेको छ।
आजको खेल लुम्बिनीका लागि ‘must win’ मानिएको छ, किनकि जीतले प्ले अफ प्रवेशको सम्भावनालाई ज्यूँदै राख्नेछ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका