प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दै एक वर्षभित्र तीनवटै तहको निर्वाचन गर्ने लक्ष्य राखेकाले तयारी थाल्न सबै निकायलाई आग्रह गरेका छन् । उनले स्वास्थ्यकर्मीलाई धन्यवाद दिँदै वर्तमान महामारीलाई प्रभावकारी ढंगले सामना गर्ने आश्वासन पनि दिए । उनले यसै वर्ष मेलम्चीको पानी ल्याउने आश्वासन पनि दिएका छन् ।
२०७४ सालमा स्थानीय निर्वाचन चरणमा भएकाले पाँच वर्षे पदावधि कहिले पुग्छ भन्ने स्पष्ट नभएको बैठकपछि कार्कीले सञ्चारकर्मीसँग भने।

संविधान र ऐनमा स्थानीय निर्वाचनबारे फरक–फरक व्यवस्था भएको दाबी गर्दै कार्कीले त्यसलाई कसरी ‘मिलाउने’ भन्ने विषयमा पनि छलफल बताए।
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) स्थानीय चुनावमा जान तयार नभएपछि सत्ता गठबन्धनले मंसीरपछि गर्दा हुने चुनावको पनि अहिले गर्ने विषयमा छलफल गरेको हो।


