Wednesday, June 3, 2026
Homeखेलकुदउरुग्वे विश्वकपमा छनोट

उरुग्वे विश्वकपमा छनोट

उरुग्वे कतार विश्वकप २०२२ को लागि छनोट भएको छ । शुक्रबार बिहान भएको विश्वकपको दक्षिण अमेरिकी छनोटमा पेरुलाई १–० गोल अन्तरले हराएसँगै उरुग्वेले कतार विश्वकपका लागि छनोट भएको हो ।

उरुग्वेलाई जित दिलाउन जिओर्जियन डी आरास्काइटाले निर्णायक गोल गरे । उनले खेलको ४२ औं मिनेटमा गोल गरेका थिए । जितसँगै उरुग्वेले १७ खेलमा २५ अंक जोडेको छ । चौथो स्थानमा रहेको उरुग्वे विश्वकपका लागि छनोट भयो ।

योसँगै दक्षिण अमेरिकी छनोटबाट चार टोलीको टुङ्गो गालेको छ । ब्राजिल, अर्जेन्टिना र इक्वेडर यसअघि नै विश्वकपका लागि छनोट भइसकेका छन् । पेरु २१ अंक जोडेर पाँचौं स्थानमा छ । यस्तै इक्वेडर पनि विश्वकपमा छनोट भएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका