Thursday, September 10, 2026
Homeराजनीतिउद्योगमन्त्री गौरी कुमारी यादवद्वारा राजीनामा

उद्योगमन्त्री गौरी कुमारी यादवद्वारा राजीनामा

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले पदबाट राजीनामा दिएकी छन् ।

यादवले बिहीबार प्रधानमन्त्री बालेन शाहलाई भेटेर राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ ।

बिहीबार नै यादवले ग्यास उद्योगीलाई ‘पाता कस्नुपर्ने’ भन्दै विवादित अभिव्यक्ति दिएकी थिइन् ।

यादवले चैत २७ गते मन्त्री पदको शपथ लिएकी थिइन् । उनी महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन् ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका