काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबल अन्तर्गत नापोली र टोरिनो बीच भएको खेलमा दुवै टोलीले अंक बाँडेका छन् । गए राति भएको खेलमा दुवै टिमले एक एक गोलको बराबरी खेल्दै तालिकमा अंक बाँडेका हुन् ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नापोलीले ६१ औं मिनेट गोल गरेको थियो । नापोलीका कविचा क्वारात्सखेलियालले गोल गर्दै खेललाई अग्रता दिलाएका हुन् । तर, त्यसको ३ मिनेटमै टोरिनोले बराबरी गोल फर्काएको थियो । ६४ औं मिनेटमा टोरिनोको लागि अर्नाल्डो सानाब्रियाले गोल गरेपछि खेल एक एकको बराबरीमा आएको थियो ।
त्यसपछि बाँकी समयमा थप गोल नहुँदा दुबै टोलीले एक एक अंक बाँडे । बराबरीसँगै जारी सिजन ८ खेलमा बराबरी गरेको नापोली २८ खेलबाट ४४ अंकसति तालिकाको सातौँ स्थानमा रहेको छ । उसले १२ खेलमा जित र ८ खेलमा पराजय ब्यहोरेको छ । यता, समाना खेलबाट ३८ अंक जोडेको टोरिनो १०औँ स्थानमा रहेको छ ।


