काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको विनिमयदर बढेर बिक्रीदर १५१ रुपैयाँ २२ पैसा पुगेको छ भने खरिददर १५० रुपैयाँ ६२ पैसा कायम गरिएको छ।
राष्ट्र बैंकका अनुसार, एक युरोको खरिददर १७२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३४ पैसा रहेको छ। यस्तै, बेलायती पाउण्ड स्ट्रलिङको खरिददर १९९ रुपैयाँ ३४ पैसा तथा बिक्रीदर २०० रुपैयाँ १३ पैसा निर्धारण गरिएको छ। स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपैयाँ ७६ पैसा र बिक्रीदर १८७ रुपैयाँ ५० पैसा तोकिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ०४ पैसा रहेको छ भने क्यानेडियन डलरको खरिददर १०६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०९ पैसा कायम गरिएको छ। सिङ्गापुर डलरको खरिददर ११६ रुपैयाँ ६५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० एकाइको खरिददर नौ रुपैयाँ ३४ पैसा र बिक्रीदर नौ रुपैयाँ ३८ पैसा रहेको छ। त्यस्तै, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २५ पैसा र बिक्रीदर २२ रुपैयाँ ३४ पैसा कायम गरिएको छ।
मध्यपूर्वी मुलुकका मुद्रातर्फ, साउदी रियालको खरिददर ४० रुपैयाँ १३ पैसा र बिक्रीदर ४० रुपैयाँ २९ पैसा रहेको छ। कतारी रियालको खरिददर ४१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५२ पैसा तथा युएई दिरामको खरिददर ४१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ४१ रुपैयाँ १७ पैसा निर्धारण गरिएको छ।
यसैगरी, थाई भाट एकको खरिददर चार रुपैयाँ ५८ पैसा र बिक्रीदर चार रुपैयाँ ६० पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ।


