Friday, July 10, 2026
Homeअन्तराष्ट्रियअमेरिकी कारबाहीप्रति जर्मनीस्थित इरानी कूटनीतिज्ञको चेतावनी, ‘मौनताले कसैको सुरक्षा सुनिश्चित गर्दैन’

अमेरिकी कारबाहीप्रति जर्मनीस्थित इरानी कूटनीतिज्ञको चेतावनी, ‘मौनताले कसैको सुरक्षा सुनिश्चित गर्दैन’

काठमाडौं। इरानविरुद्ध अमेरिकाले गरेको भनिएको सैन्य कारबाहीप्रति केही युरोपेली राष्ट्रहरूको मौनतामाथि जर्मनीस्थित इरानी कूटनीतिज्ञले प्रश्न उठाएका छन्। उनले यस्ता घटनाप्रति मौन समर्थन वा बेवास्ता गर्नु भविष्यमा अन्तर्राष्ट्रिय पूर्वाधार र व्यापारिक मार्गहरूको सुरक्षाका लागि जोखिमपूर्ण हुन सक्ने बताएका छन्।

इरानको सरकारी समाचार एजेन्सी इरनाका अनुसार जर्मनीमा कार्यरत इरानी कूटनीतिज्ञ माजिद निलीले बिहीबार जारी गरेको वक्तव्यमा अमेरिकाले चीन–तुर्कमेनिस्तान–इरान रेल करिडोर अन्तर्गत पर्ने आघ–तप्पेह–खान पुललाई निशाना बनाएको आरोप लगाएका छन्।

उनका अनुसार उक्त पुल केवल रेलमार्गको संरचना मात्र नभई अन्तर्राष्ट्रिय यातायात र व्यापारिक सञ्जालको महत्वपूर्ण हिस्सा हो।

माजिद निलीले केही युरोपेली नेताहरूलाई सम्बोधन गर्दै यस्तो घटनाको निष्पक्ष छानबिन र सार्वजनिक निन्दा आवश्यक रहेको बताएका छन्। उनका अनुसार यदि यस्ता कारबाहीप्रति आज जवाफदेहिता सुनिश्चित गरिएन भने भविष्यमा युरोपेली मुलुकहरूले प्रयोग गर्ने अन्य अन्तर्राष्ट्रिय यातायात करिडोरहरू पनि यस्तै जोखिममा पर्न सक्नेछन्।

उनले चेतावनी दिँदै भनेका छन्, “अपराधलाई सामान्य रूपमा स्वीकार गर्दैमा कसैको सुरक्षा सुनिश्चित हुँदैन।”

इरानले अमेरिकामाथि लगाएको यो आरोपबारे अमेरिकी पक्षबाट भने तत्काल कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका