Tuesday, May 20, 2025
Homeअन्तराष्ट्रियअफ्रिकाको साहेल क्षेत्रमा मानवीय संकट

अफ्रिकाको साहेल क्षेत्रमा मानवीय संकट

१५ वैशाख, काठमाडौं । संयुक्त राष्ट्रसंघले अफ्रिकाको साहेल क्षेत्रमा मानवीय संकट आइपरेको जनाएको छ ।

सहारा मरुभूमि वरिपरिका ६ देशको समूह (बुर्किना फासो, उत्तरी क्यामरुन, चाड, माली, नाइजर र उत्तरपूर्वी नाइजेरिया) लाई साहेल क्षेत्र भनिन्छ ।

ती देशका २ करोड ८० लाख मानिसहरु असुरक्षा र भोकमरीको चपेटामा परेकाले तत्काल सहयोग आवश्यक रहेको राष्ट्रसंघको भनाइ छ ।

संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सी (युएनएचसिआर) का साहेल संयोजक एवम् पश्चिम तथा मध्य अफ्रिकाका उपनिर्देशक जेभियर क्राइचले भनेका छन्, ‘साहेलमा द्वन्द्व व्यापक रुपमा बढ्दै गइरहेको छ । नागरिकहरुले धेरैपटक घातक आक्रमण, चन्दा आतंक र धम्कीको सामना गर्नुपर्दछ या त्यहाँबाट भाग्नुपर्दछ ।’

बुर्किना फासो, उत्तरी क्यामरुन, चाड, माली, नाइजर र उत्तरपूर्वी नाइजेरियामा हिंसा बढ्दै गएको छ । ती देशहरुमा सशस्त्र समूहको आक्रमण, लैंगिक हिंसा, विस्थापन र भोकमरीको समस्या छ । हिंसाका कारण सो क्षेत्रबाट ५३ लाख मानिस विस्थापित भइसकेको अलजजिराले जनाएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका