Wednesday, May 27, 2026
Homeसूचना प्रविधिअन्तरिक्षमा शक्तिशाली टेलिस्कोप तैनाथ, आकाशगङ्गाको उत्पत्तिका बारेमा अध्ययन गरिने

अन्तरिक्षमा शक्तिशाली टेलिस्कोप तैनाथ, आकाशगङ्गाको उत्पत्तिका बारेमा अध्ययन गरिने

जेम्स वेब टेलिस्कोपले दुई हप्ता लामो तैनाथ गर्ने चरण पूरा गर्दै यसको विशाल, सुनौलो रंग र फूल आकारको ऐनालाई उजागर गरेको छ । वैज्ञानिकहरूले यस टेलिस्कोपको मद्दतले ब्रह्माण्डको इतिहासलाई अध्ययन गर्ने तयारी गरेका छन् ।

टेलिस्कोपमा ६.४ मिटरको ऐनाको अन्तिम भाग तैनाथ भएको जानकारी नासाले दिएसँगै मेरिल्याण्डको बाल्टिमोरमा रहेको स्पेस टेलिस्कोप साइन्स इन्सिटिच्युटका इन्जिनियरहरूले खुसीयाली मनाएका थिए । ‘म निकै भावुक भइरहेको छ, यो अद्भुत कोशेढुंगा हो,’ नासाका वरिष्ठ इन्जिनियर थोमस जुरबुचेनले भने ।

१० अर्ब डलरमा तयार गरिएको वेब टेलिस्कोप हबल स्पेस टेलिस्कोपभन्दा पनि शक्तिशाली रहेको छ । यसले १३.७ अर्ब वर्ष पहिले बनेका पहिलो तारा र आकाशगङ्गाहरूको बारेमा अध्ययन गर्न त्यतिबेला उत्सर्जित प्रकाशको स्क्यानिङ गर्नेछ । यसलाई हासिल गर्न नासाले वेबमा ठुलो र संवेदनशील ऐना राखिएको छ । यसलाई वैज्ञानिकहरूले यसको नाम ‘गोल्डन आई (सुनौलो आँखा)’ राखेका छन् ।

ऐनालाई रकेटमा अटाउन नसकिने हुँदा यसलाई फोल्ड गरेर अन्तरिक्षमा पुर्‍याइएको थियो । अन्तरिक्षमा पुगेपछि त्यसलाई पुनः खोलिएको थियो । नासाले यो प्रक्रिया निकै जटिल र अहिलेसम्मकै चुनौतीपूर्ण काम भएको बताएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका