Monday, May 4, 2026
Homeमनोरन्जन४६ वर्षअघि अफगानिस्तानमा सुटिङ भएको पहिलो हिन्दी फिल्म

४६ वर्षअघि अफगानिस्तानमा सुटिङ भएको पहिलो हिन्दी फिल्म

तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेपछि विश्वभर त्यहाँको राजनीतिक घटनाक्रमको बारेमा चर्चा भइरहेको छ । अफगानी सरकारले तालिबानको अगाडि घुँडा टेकेपछि त्यहाँका जनताको लागि विश्वभरका मानिसहरुले प्रार्थना गरेका छन् ।

अफगानिस्तान पर्यटकीय देश हो । कुनै समय त्यहाँ पर्यटकको संख्या धेरै हुने गथ्र्यो । अफगानिस्तानमा बलिउड फिल्महरु पनि सुटिङ भएका छन् ।

अफगानिस्तानमा सुटिङ भएको पहिलो हिन्दी फिल्म ‘धर्मात्मा’ हो । यो फिल्म ४६ वर्षअगाडि सन् १९७५ मा रिलिज भएको थियो । फिल्म अभिनेता तथा निर्देशक फिरोज खानले बनाएका थिए । फिल्ममा अफगानिस्तानका सुन्दर शहरहरु देख्न सकिन्छ । यो फिल्मको गीत ‘क्या खुब लगती हो बडी सुन्दर दिखती हो’ अफगानिस्तानको ‘बामिया बुद्धाज’ मा शुट गरिएको हो । उक्त बुद्धको प्रतिमा तालिबानले अमेरिकी सेनासँगको भिडन्तमा ध्वस्त पारिदियो ।

यसैगरी, ‘एजेन्ट विनोद’ पनि अफगानिस्तानमा सुटिङ गरिएको हो । यो फिल्ममा सैफ अली खान र करीना कपूर रहेका छन् ।  फिल्मको शुरुवाती सीनहरु अफगानिस्तानको रहेको छ ।

यस्तै, ‘जानशीं’, ‘तोरबाज’, ‘काबुल एक्सप्रेस’ र ‘खुदा गवाह’ जस्ता फिल्महरु अफगानिस्तानका विभिन्न स्थानमा सुटिङ भएका थिए ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका