काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सवारी जाँचका क्रममा ५२३ जना चालकलाई कारबाही गरेको छ।
बिहीबार बिहानसम्म गरिएको जाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने ६३ जना, सिसिटिभी निगरानीबाट ५४ जना र रातोबत्ती उल्लङ्घन गर्ने ३० जना चालक कारबाहीमा परेका छन्।
त्यस्तै, तीव्र गतिमा सवारी चलाउने ३९ जना, हर्न निषेध उल्लङ्घन गर्ने ६ जना, लेन क्रस गर्ने २५ जना, सवारीको अवस्था ठिक नभएका एक जना र एकतर्फी सडक नियम उल्लङ्घन गर्ने ६ जना चालकलाई पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने २९९ जना चालकसमेत गरी कुल ५२३ जनालाई कारबाही गरिएको प्रहरीले जनाएको छ।


