Friday, May 1, 2026
Homeविचित्र संसार२२९ वर्षदेखिको अनौठो प्रथा, जहाँ सारी लगाएर पूजा गर्छन् पुरुषहरू

२२९ वर्षदेखिको अनौठो प्रथा, जहाँ सारी लगाएर पूजा गर्छन् पुरुषहरू

हिन्दु धर्ममा ईश्वर पुजाका विषयमा विभिन्न परम्परा तथा पद्धतिहरू प्रचलित छन् । कतिपय परम्पराहरु निकै अनौठा लाग्दछन् । त्यस्तै एउटा परम्परा भारतको पश्चिम बंगालको हुगली जिल्लामा प्रचलित छ ।

हुगलीको चन्दन नगरमा प्रचलित उक्त परम्परा अनुसार पुरुषहरूले सारी लगाएर देवीको पूजा गर्दछन् ।

चन्दननगरमा पछिल्लो २२९ वर्षदेखि यो परम्परा चल्दै आएको छ । हरेक वर्षजस्तै यो वर्ष पनि चन्दन नगरमा त्यो परम्परा निभाइएको छ । त्यस क्रममा पुरुषहरूले सारी लगाएर सिन्दूर र पानले जगधात्री माताको पूजा गर्दछन् । तर घरकी महिलाहरूले भने पूजा गर्दैनन् ।

बांग्ला संस्कृतिमा सदियौँ देखि देवीको पूजा महिलाहरूले गर्दछन् । तर गजधात्रीको पुजाका बेला भने अनौठो दृश्य देखिन्छ । १३ जना पुरुषले एकसाथ सारी लगाएर तथा शिरमा फेटा लगाएर जगधात्रीको पूजा अर्चना गर्दछन् ।

स्थानीयहरूका अनुसार अंग्रेज शासनका बेला २२९ वर्षअघि यो चलन चलेको हो । अंग्रेज अंग्रेज शासनका बेला बेलुकी अँध्यारो भएसँगै महिलाहरू घर बाहिर निस्किन डराउँथे । त्यसैले बेलुकी महिलाले गर्नुपर्ने पूजाहरू पुरुषले सारी लगाएर गर्न थाले । तत् पश्चात् यो परम्पराकै रुपमा कायम भयो र अद्यापि चल्दै आएको छ ।

एजेन्सी

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका