Tuesday, June 2, 2026
Homeकोरोना बिशेष१८ देखि ३० वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना खोप छिट्टै दिने :...

१८ देखि ३० वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना खोप छिट्टै दिने : स्वास्थ्य राज्यमन्त्री

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री उमेश श्रेष्ठले १८ देखि ३० वर्ष उमेर समूहका विद्यार्थीहरुलाई छिट्टै कोरोनाविरुद्धको खोप दिने बताएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा मन्त्री श्रेष्ठले त्यसका लागि खोपको व्यवस्था गरिसकेको बताए।

‘१८ देखि ३० वर्षका विद्यार्थीका लागि छिट्टै खोप दिने योजना छ,’ उनले भने, ‘हाल मौजुदामा रहेको कोभिसिल्ड खोप दिने योजना बनाइएको छ।’

उनले सातै प्रदेशमा खोप केन्द्रको संख्या बढाइने बताए। हरेक दिन डेढ लाखदेखि दुई लाख नागरिकले खोप लगाउने गरेको भन्दै उनले असोज मसान्तसम्म भुटानबाट प्राप्त खोपसहित १ करोड ८ लाख  प्राप्त हुने सुनिश्चित भएको बताए।

खोप सुनिश्चित भएअनुसार नेपालका ३३ प्रतिशत नागरिकलाई लगाउने सरकारको योजना रहेको उनले बताए। मन्त्री श्रेष्ठले वर्तमान सरकार आएपछि ७५ लाख जनताले कोरोना कोप लगाएको बताए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका