Monday, May 11, 2026
Home Blog Page 833

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

0

काठमाडौँ: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा अहिले आंशिक बदली भएको तथा बाँकी क्षेत्रमा मौसम सफा रहेको जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै मुलुकका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी, मधेस र कोशी प्रदेशका तराईका केही स्थानमा हुरीबतासको सम्भावना छ ।

त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली हुने तथा भागमा मौसम सफा रहने छ । गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी, मधेश र कोशी प्रदेशका तराईका केही स्थानमा हुरीबतासको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै मुलुकका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । लुम्बिनी, मधेस र कोशी प्रदेशका तराईका केही स्थानमा हुरीबतासको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै

0

काठमाडौँ: आजदेखि यहाँ सुरु हुने तेस्रो लगानी सम्मेलनमा विभिन्न २० वटा आयोजनाका निम्ति लगानीकर्ताबाट आशयपत्र आह्वान गरिने भएको छ ।

आयोजना पहिचान भएर पूर्वसम्भाव्यता अध्ययन पूरा भएका तथा विकासका लागि प्रारम्भिक चरणका कामसमेत अघि बढिसकेका आयोजनाहरूमा लगानी सम्मेलनमार्फत स्वदेशी तथा विदेशी लगानीकर्ताबाट आशयपत्र आह्वान गर्न लागिएको हो । लगानीका निम्ति आशयपत्र आह्वान गरिने यी २० परियोजनाको विद्यमान अवस्था, लागतअनुमानसहितको विवरण यहाँ प्रस्तुत छ ।

धुलिखेल मेडिसिटी परियोजना

काभ्रेपलाञ्चोक जिल्ला धुलिखेल नगरपालिकामा धुलिखेल मेडिसिटी परियोजनालाई विशिष्टिकृत (सुपर स्पेशलिटी) अस्पतालका रूपमा परिकल्पना गरेर प्रस्ताव तयार गरिएको छ । यो परियोजनाको प्रस्तावित लागत रु ११ अर्ब छ । आधुनिक प्रविधिसँगै विशेषज्ञ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले यो परियोजना निर्माण गर्ने सरकारको योजना छ । विश्वस्तरीय मेडिकल सेन्टर स्थापना गर्ने र स्वास्थ्य सेवा लिन मेडिकल टुरिजमको हबका रूपमा विकास गर्ने परियोजनाको लक्ष्य छ । यो अस्पतालबाट मुटु, हाडजोर्नी, न्यूरोलोजी, क्यान्सरसम्बन्धी उपचार, कस्मेटिक सर्जरीलगायत विशेषज्ञ सेवा प्रदान गरिनेछ

सुदूरपश्चिम सार्वजनिक यातायात परियोजना

यो परियोजनाले सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलाली, कञ्चनपुर र डोटी जिल्लाको यातायात अवस्थालाई सुधार गर्नेछ । परियोजनामा एक सय ७२ बस (६८ डिजेल बस, एक सय चार विद्युतीय बस) तथा ४७ बसबिसौनी प्रस्ताव गरिएको छ । धनगढीबाट चिसापानीसम्म २१ वटा, टीकापुर–लम्कीसम्म चारवटा, गड्डाचौकीबाट अत्तरियासम्म १० वटा र अत्तरियाबाट डोटीसम्म १२ वटा स्टप राखिनेछ । बीच–बीचमा पेट्रोलपम्प र चार्जिङ स्टेशन पनि राखिने छन् । यसको प्रस्तावित लागत रु ३१ अर्ब १३ करोड छ । यो परियोजना निर्माण सुरु भएको तीन वर्षभित्र बनाइसक्ने लक्ष्य छ ।

सुदूरपश्चिम सार्वजनिक यातायात आयोजनाले यातायात पूर्वाधारमा जोड दिएको छ । यातायात व्यवस्था तथा ट्राफिक जामलाई कम गर्न तथा कमजोर सहरी पूर्वाधारजस्ता विद्यमान चुनौतीलाई सम्बोधन गर्न सुदूरपश्चिम प्रदेशमा यो परियोजना सुरु गर्ने आयोजना छ । सुदूरपश्चिममा विद्युतीय बस सञ्चालन र यातायात सुविधामा स्तरोन्नति गर्न सन् २०२३ मा पूर्वसम्भाव्यता अध्ययन गरिएको थियो ।

नौमुरे बहुउद्देश्यीय परियोजना

जलविद्युत् उत्पादन र सिँचाइका लागि नौमुरे बहुउद्देश्यीय आयोजना प्रस्ताव गरिएको छ । यो आयोजनाको लागत रु ९२ अर्ब अनुमान गरिएको छ । कुल दुई सय ८१ दशमलव ०४ मेगावाट उत्पादन क्षमताको यो परियोजनाले तीनवटा जलविद्युत् योजनालाई समेटेको छ । परियोजनामा नौमुरे (दुई सय १८ दशमलव ३४ मेगावाट), लामाताल (आठ मेगावाट) र सुरैनाका (५४ दशमलव सात मेगावाट) छन् ।

कपिलवस्तु सिँचाइ प्रणालीसँगै यसले देउखुरी उपत्यकाको विद्यमान सिँचाइ प्रणालीलाई पनि समेट्छ । यो परियोजनाबाट बाँके जिल्लामा ४२ हजार सात सय ६६ हेक्टर र कपिलवस्तुमा २९ हजार सात सय ३६ हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा पुग्नेछ ।

खिम्ती ठोसे शिवालय जलाशययुक्त जलविद्युत् आयोजना

एक हजार दुई सय १६ मेगावाट विद्युत् उत्पादन क्षमताको खिम्ती ठोसे शिवालय जलाशयुयुक्त आयोजना दोलखा र रामेछाप जिल्लाको सिमानामा पर्छ । यो नेपालका ठूला जलविद्युत् परियोजनामध्येको एक हो । यो आयोजनाको प्रस्तावित लागत अनुमान रु दुई खर्ब ८९ अर्ब ७७ करोड बराबर रहेको छ ।

हुम्ला कर्णाली जलविद्युत् आयोजना

हुम्ला कर्णाली जलविद्युत आयोजनाको विद्युत् उत्पादन क्षमता ६१ दशमलव दुई मेगावाट छ र यो परियोजनाले वार्षिक तीन सय ९० दशमलव २९ गिगावट आवर ऊर्जा उत्पादन गर्न सक्छ । यो परियोजना हुम्लाको नाम्खा गाउँपालिकामा पर्छ । यस गाउँपालिकामा हालसम्म नेपालतर्फबाट सवारीसाधनको पहुँच पुग्न सकेको छैन । यद्यपि हिल्सामा तिब्बत स्वायत्त क्षेत्र सीमा क्रसिङबाट निर्मित हिल्सा–सिमिकोट सडकखण्ड भने बनेको छ । यो आयोजनाको लागत अनुमान रु १४ अर्ब ७० करोड बराबर रहेको छ ।

माथिल्लो चमेलिया जलविद्युत् आयोजना

दार्चुला जिल्लाको अपीहिमाल गाउँपालिकामा रहेको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता ५३ दशमलव ८५ मेगावाट रहेको छ । वार्षिक तीन सय १९ दशमलव २१ गिगावाट आवर ऊर्जा उत्पादन हुने अनुमान गरिएको यो परियोजनाको लागत रु ११ अर्ब ९० करोड बराबर छ ।

पाँचखाल विशेष आर्थिक क्षेत्र

काभ्रेपलाञ्चोक जिल्लाअन्तगर्तको पाँचखाल नगरपालिकामा यो परियोजना आर्थिक विकास र प्रवर्द्धन गर्ने रणनीतिक पहल हो । पाँचखाल विशेष आर्थिक क्षेत्र (सेज) स्थापना गरेर पाँचखाल क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न, रोजगारीलाई प्रोत्साहन गर्नेे निर्यात क्षमता अभिवृद्धि गर्ने लक्ष्य यो परियोजनाको छ । यो परियोजनाको प्रस्तावित लगानी एक अर्ब ५७ करोड छ । २०६९ सालमा नै यसको सम्भाव्यता अध्ययन भइसकेको छ \

कवाडीखोला जलविद्युत् आयोजना

कुल ३० मेगावाट उत्पादन क्षमताको कवाडीखोला जलविद्युत् आयोजनाका लागि रु छ अर्ब ४१ करोड बराबर लागत अनुमान गरिएको छ । बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताँजाकोट गाउँपालिकामा पर्ने यस परियोजनाले १० वर्षमा लगानीको प्रतिफल दिने अपेक्षा गरिएको छ । सार्वजनिक निजी साझेदारीअन्तर्गतको निर्माण–सञ्चालन–हस्तान्तरण (बुट) मोडलमा यो परियोजना विकास गर्ने प्रस्ताव गरिएको छ । सन् २०२० मा सम्भाव्यता अध्ययन भएको यो परियोजनालाई विद्युत् विकास विभागले सोकेसका लागि प्रस्ताव गरेको हो । परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकिसकेको छ ।

कालीगण्डकी–२ जलाशययुक्त जलविद्युत् आयोजना

तनहुँ, पाल्पा, नवरपुर र स्याङ्जा जिल्लामा निर्माण प्रस्ताव गरिएको कालीगण्डकी–२ जलाशययुक्त जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता छ सय ५० मेगावाट रहने छ । कुल रु एक खर्ब ७४ अर्ब ७३ करोड बराबर लागत अनुमान गरिएको यो परियोजनाका लागि १० हजार नौ सय ३४ हेक्टर जमिन आवश्यक पर्नेछ । सत्तरी प्रतिशत ऋण तथा ३० प्रतिशत स्वपुँजी रहनेगरी यो आयोजनाको वित्तीय व्यवस्थापनको ढाँचा प्रस्ताव गरिएको छ । आयोजनाको पूर्वसम्भाव्यता अध्ययनको काम सकिसकेको छ भने सन् २०२५ सम्ममा वातावरणीय प्रभाव मूल्याङ्कनको काम सकिसक्ने लक्ष्य राखिएको छ ।

भारबुङ जलाशययुक्त जलविद्युत् आयोजना

तीन सय ७७ दशमलव एक मेगावाट उत्पादन क्षमताको रु ८० अर्ब १२ करोड लागत अनुमान गरिएको भारबुङ जलाशययुक्त जलविद्युत् आयोजनालाई पनि लगानी सम्मेलनमार्फत आशयपत्र माग गर्न ‘सोकेस’मा राखिएको छ । कुल सय हेक्टर जमिन आवश्यक पर्ने यो आयोजना डोल्पाको ठूलीभेरी नदीमा निर्माण गर्ने प्रस्ताव गरिएको छ । आयोजनाको पूर्वसम्भाव्यता अध्ययनको काम सकिसकेको छ भने सन् २०२४ भित्रै सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्याङ्कनको काम पनि सकिसक्ने गरी विद्युत् विकास विभागले यो परियोजना लगानी सम्मेलनमा सोकेसमा राखेको हो ।

तोम दोगर बुढीगण्डकी जलविद्युत् आयोजना

कुल ४० दशमलव ०२ मेगावाट विद्युत् उत्पादन क्षमताको नदी प्रवाहमा आधारित (आरओआर) आयोजनाका रूपमा तोम दोगर बुढीगण्डकी जलविद्युत् आयोजनाका लागि पनि लगानी सम्मेलनमार्फत आशयपत्र मागका लागि सोकेसमा राख्न लागिएको छ । यो जलविद्युत् आयोजनाका लागि कुल रु ८० अर्ब १२ करोड लागत अनुमान गरिएको छ । गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका बन्ने यो आयोजनाको पूर्वसम्भाव्यता अध्ययन विद्युत् विकास विभागले गरिसकेको छ ।

सुपर बुढीगण्डकी जलविद्युत् आयोजना

गोरखा जिल्लामा निर्माण प्रस्ताव गरिएको सुपर बुढीगण्डकी जलविद्युत् आयोजनामा आशयपत्र आह्वानका लागि विद्युत् विकास विभागमार्फत लगानी सम्मेलनमा सोकेसमा राख्न प्रस्ताव भएको हो । कुल ३४ दशमलव ९३ मेगावाट उत्पादन क्षमता रहेको यो जलविद्युत् आयोजनाको लागत रु सात अर्ब ३४ करोड अनुमान गरिएको छ ।

पोखरा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा प्रदर्शनी केन्द्र

लगानी बोर्डका अनुसार पोखरा अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्र परियोजनाको अनुमानित लागत रु तीन अर्ब ७२ करोड रहेको छ । लगानी सम्मेलनमार्फत लगानी जुटाउने लक्ष्यका साथ यो परियोजना सोकेसमा राख्न लागिएको छ । प्रस्तावित यस परियोजनाले पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्र निर्माण गर्ने लक्ष्य राखेको छ । यो परियोजनामा पाँचतारे होटल, रेष्टुरेन्ट, म्युजियम र बाल उद्यान सञ्चालन गर्ने लक्ष्य राखिएको छ । जुन परियोजनमा पाँच सय जना अटाउन सक्ने एम्फीथिएटर, दुईवटा प्रदर्शनी हल, पाँचतारे होटल (दुई सय कोठा), रेस्टुराँ र फुडकोर्ट, सङ्ग्रहालय र स्मारिका कोठा, बाल उद्यान, तीन हजार मानिस अटाउने सम्मेलन हल, वनभोज क्षेत्र रहने प्रस्ताव गरिने छ ।

पोखराको प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको र पर्यटकीय अकर्षणको केन्द्रबिन्दु बन्दै गइरहेको सन्दर्भमा पर्यटक बढाउन यस्ता परियोजना सञ्चालन गर्न आवश्यक छ । बोर्डका अनुसार अत्याधुनिक सेवा सुविधा दिन सकिने, सङ्ग्रहालय र सांस्कृतिक आकर्षण, मनोरञ्जनका क्षेत्र, अन्तर्राष्ट्रिय विमानस्थलबाट १८ किलोमिटरको दूरीमा रहेको, पर्यावरण अनुकूल डिजाइन र सञ्चालन नै परियोजनाका मुख्य विशेषता रहेका छन् ।

दैजी औद्योगिक क्षेत्र

सम्मेलनमा ‘दैजी औद्योगिक क्षेत्र’ परियोजनाका लागि पनि लगानीकर्ताबाट आशयपत्र माग गर्न लागिएको छ । यो औद्योगिक क्षेत्रको अनुमानित लागत रु आठ अर्ब ६० करोड रहेको छ । औद्यौगिक क्षेत्र व्यवस्थापन लिमिटडेटले यो परियोजनाको लागत र उद्देश्यको खाकासहित सम्मेलनमा सोकेसका लागि छनोट गरेको हो । सुदूरपश्चिम प्रदेशमा औद्योगिकीकरणका लागि दैजी औद्योगिक क्षेत्र निर्माण प्रस्ताव गरिएको छ । यस औद्योगिक क्षेत्रले औद्योगिक उत्पादन र उत्पादकत्वमा सुधार गर्ने र स्थानीय विशेषज्ञता, उपलब्ध स्रोतसाधनको उपयोग गर्ने र निर्यात प्रवर्द्धन गर्ने लक्ष्य छ । लगानी बोर्डका अनुसार एक सय औद्योगिक प्लट, ठूला सवारीसाधन पार्किङ क्षेत्र, प्रशासनिक ब्लक, हेलिप्याड, पेट्रोलपम्प, तौल स्टेशन, पानी आपूर्ति र फायर फाइटिङ सिस्टम, विद्युतीय प्रणाली जडान गर्ने कार्य यो परियोजनाका लागि प्रस्ताव गरिएको छ ।

बबरमहल प्रशासनिक प्लाजा

विभिन्न सरकारी कार्यालय राख्ने लक्ष्यका साथ बबरमहल प्रशासनिक प्लाजा निर्माणका लागि लगानी सम्मेलनमार्फत आशयपत्र माग गर्न लागिएको छ । कुल ३० हजार २१ वर्गमिटरमा फैलिएको यो परियोजना विकासका लागि सहरी विकास मन्त्रालयले प्रस्ताव गरेको हो । यो परियोजनाको अनुमानित लागत रु १० अर्ब २० करोड रहेको छ ।

महादेव खोला जलाशय निर्माण

खानेपानी मन्त्रालयले अध्ययन गरेको यो परियोजनको अनुमानित लागत रु दुई अर्ब ४५ करोड छ । जलवायु परिवर्तनको बढ्दो प्रभाव न्यूनीकरण गर्न यो परियोजना सञ्चालन गर्न आवश्यक रहेको अध्ययनमा उल्लेख छ । मुख्यतया खानेपानी र अन्य घरेलु प्रयोजनका लागि पानीको नियमित उपलब्धता सुनिश्चित गर्न सहयोग गर्नेगरी परियोजना सञ्चालन गर्ने लक्ष्य राखिएको छ । महादेव खोला जलाधारलाई संरक्षण गर्दै भक्तपुरस्थित चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाका बासिन्दालाई खानेपानीको दिगो उपलब्धता सुनिश्चित गर्ने परियोजनाको लक्ष्य छ । जलाशयको वरिपरि मनोरञ्जनका लागि पूर्वाधार (नगरकोट फल्स) निर्माण गर्ने लक्ष्य राखिएको छ ।

कर्णाली चिसापानी वायुऊर्जा परियोजना

दश मेगावाट बराबरको ‘कर्णाली चिसापानी वायु ऊर्जा’ परियोजनाका लागि पनि लगानी सम्मेलनमार्फत लगानीका लागि आशयपत्र माग गर्न लागिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले अध्ययन गरेको उक्त परियजनाको लागत भने रु १४ अर्ब ७३ करोड छ । नेपालको नवीकरणीय ऊर्जा सम्भाव्यता प्राप्त भएको र यसमा वायु ऊर्जाको हिस्सा न्यून रहेको भन्दै ऊर्जा सुरक्षाको दृष्टिले राष्ट्रिय विद्युत् प्रणालीमा उपयुक्त ऊर्जा मिश्रण अवलम्बन गर्न परियोजना सञ्चालन गर्न उपयुक्त रहेको अध्ययनमा उल्लेख छ ।

चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन द्रूतमार्ग 

लगानी बोर्डद्वारा अध्ययन भएको यस परियोजनाको अनुमानित लागत रु दुई खर्ब २१ अर्ब रहेको छ । प्रस्तावित यस दु्रतमार्गले चितवनबाट काठमाडौँ उपत्यका जोड्ने यातायात सञ्जाललाई छिटो र भरपर्दो बनाउने लक्ष्य राखेको छ । सडक पूर्वाधारका क्षेत्रमा लगानीका लागि प्रस्ताव गरिएको ठूलामध्येको यो पनि एक आयोजना हो ।

जानकी हेरिटेज होटल एण्ड कल्चरल भिलेज

लगानी बोर्डद्वारा अध्ययन गरिएको यस परियोजनाको अनुमानित लागत रु दुई अर्ब ३५ करोड रहेको छ । जनकपुरधामलाई मुख्य पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न तथा त्यस क्षेत्रलाई पर्यापर्यटनका रूपमा विस्तार गर्न यो परियोजना निर्माणको प्रस्ताव गरिएको छ । यसमा सुविधासम्पन्न होटल, सांस्कृतिक गाउँको विकास र सङ्ग्रहालय निर्माण गर्ने लक्ष्य छ । जसबाट यस क्षेत्रको सम्पदा, संस्कृति र परम्परा प्रदर्शन हुनुका साथै पर्यटकीय विकासको माध्यम बन्न सकिने अपेक्षा गरिएको छ । परियोजनाको मुख्य लक्ष्य भारतीयलाई आकर्षित गर्नु हो । नेपाल र भारतबीचको धार्मिक सम्बन्धको फाइदा उठाउँदै पर्यटक भित्र्याउने लक्ष्य छ ।

धौवादी फलाम खानी उत्खनन आयोजना

नवलपुर जिल्लाको हुप्सेकोट गाउँपालिका–५ मा रहेको धौवादी खानी उत्खनन गर्ने र वार्षिक करिब पाँच लाख मेट्रिक टन स्टिल बिलेट (फलामको कच्चा पदार्थ) निकाल्ने उद्देश्यका साथ सरकारले यो आयोजना विकासको योजना अघि सारेको छ । यो योजनाका लागि रु ५१ अर्ब २५ करोड लागत अनुमान गरिएको छ । धौवादी फलाम खानी उत्खननका लागि सन् २०२३ मा सम्भाव्यता अध्ययन भइसकेको छ ।

सम्मेलनमा विभिन्न क्षेत्रका एक सय ५१ वटा परियोजना प्रस्तुत हुँदैछन् ।तीमध्ये सबैभन्दा धेरै ऊर्जा क्षेत्रका ३१ वटा आयोजना छन् । यसैगरी यातायात क्षेत्रका १९, खानी तथा खनिजजन्य क्षेत्रका १३, पर्यटन क्षेत्रका १३, कृषि क्षेत्रका १४, उत्पादन क्षेत्रका पाँच, औद्योगिक पूर्वाधार तथा व्यापार ‘लजिस्टिक’ क्षेत्रका सात, स्वास्थ्य तथा शिक्षा क्षेत्रका तीन, सञ्चार तथा सूचना प्रविधि क्षेत्रका दुई, पानी आपूर्तिका चार र सहरी विकाससम्बन्धी छवटा परियोजना छन् । निजी क्षेत्रबाट प्रस्तावित ३१ परियोजना पनि समावेश गरिएको छ ।

धेरै फोहर सङ्कलन गर्नेलाई नगद पुरस्कार

0

दमौली (तनहुँ): व्यास नगरपालिकास्थित बुल्दीखोला र भानु नगरपालिका तथा बन्दीपुर गाउँपालिकाको सिमानास्थित चुँदीखोलामा बृहत सरसफाइ अभियानअन्तर्गत धेरै फोहर सङ्कलन गर्नेलाई नगद पुरस्कारको प्रदान गरिने भएको छ ।

व्यास नगरपालिका–४ दमौलीका अभियान्ता सुदीप गफ्फारको सक्रियतामा बुल्दी–चुँदीखोलामा बृहत् सरसफाई अभियान गर्न लागिएको हो । उहाँका अनुसार धेरै फोहर सङ्कलन गरी प्रहिलो हुनेलाई रु १० हजार र दोस्रो हुनेलाई रु पाँच हजार पुरस्कार प्रदान गरिनेछ ।

बुल्दी र चुँदीखोला दिनप्रतिदिन प्रदूषित बन्दै गएकाले खोला स्वच्छ र सफा राख्ने उद्देश्यले वृहत् सरसफाइ अभियान सञ्चालन गर्न लागिएको गफ्फारले बताउनुभयो । उहाँले भन्नुभयो, “भावी पुस्ताका लागि दुवै खोला संरक्षण गर्नुपर्ने अवस्था आएको छ । दुवै खोलाको अवस्था देखेर सरसफाइ अभियान सञ्चालन गर्ने जमर्को गरेको छु ।”

बुल्दीखोलामा वैशाख २९ गते र चुँदीखोलामा आगामी जेठ ५ गते सरसफाइ अभियान सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यसलाई बचाउन सकिए भने भविष्यमा बुल्दीखोला र चुँदीखोलाको अस्तित्व सङ्कटमा पर्नेछ ।”

अभियानका लागि हरेक टोल र क्लबसँग समन्वय गरिएको बताउँदै उहाँले एउटा टोलीमा १५ जना सहभागी हुनसक्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सरसफाइ अभियानमा टोल, विद्यालय, क्याम्पस, युवा क्लबसँग सहकार्य गर्नेछु । सरसफाइ अभियानलाई मनोरञ्जनात्मक र प्रतिस्पर्धात्मक बनाउने प्रयास गरिएको छ ।”

बुल्दी र चुँदीखोला सरसफाइ अभियानलाई निरन्तरता दिने उहाँको भनाइ छ । प्रतियोगितात्मक रुपमा वर्षको एकपटक मात्रै अभियान सञ्चालन गरिने र त्यसपछिका हरेक महिनाको अन्तिम शनिबार नियमित रुपमा सरसफाइ अभियान हुने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जबसम्म बुल्दी र चुँदीखोला कञ्चन हुँदैन, तबसम्म सरसफाइ अभियान जारी रहनेछ ।”

बुल्दीखोला धार्मिक महत्वसँग जोडिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “महर्षि वेदव्यासले बुल्दीखोलामा हात धोएको धार्मिक महत्व छ । त्यसकारण पनि यसको संरक्षण गर्नुपर्छ । यहाँका ढुङ्गाढुङ्गामा देवताको बास छ ।”

चितवनमा लागूऔषध दुर्व्यसन नियन्त्रणका लागि तीन महिने अभियान

0

भरतपुर: चितवनमा लागूऔषध दुर्व्यसन नियन्त्रणका लागि तीन महिने अभियान सुरूगरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आज अभियाको शुभारम्भ गर्दै सभ्य, सुन्दर र सुसंस्कृत महानगर निर्माणका लागि लागूऔषध नियन्त्रण गर्न जरूरी रहेको र त्यसका लागि उहाँले सडक मानवमुक्त पहिलो महानगर बनाइएजस्तै लागूऔषध नियन्त्रणमा पनि देशमै उदाहरणीय महानगर बनाउने गरी आफूले कार्य गरिरहेको समेत बताउनुभयो ।

महानगर उपप्रमुख चित्रसेन अधिकारीले पनि विकृति विसङ्गतिरहित समाजको निर्माणका लागि युवावर्गलाई लागूऔषधको दलदलबाट बाहिर ल्याउन अभियान उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले सातवटै स्थानीय तहमा अभियान सञ्चालनका लागि सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालको संयोजकत्वमा समिति गठन गरिएको बताउनुभयो । अभियानका क्रममा सबै स्थानीय तहका टोलटोलमा सरोकारवालासँगको समन्वयमा सचेतनामूलक कार्यक्रम गरिने उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भावेश रिमालले अपराधमुक्त समाज निर्माणका लागि लागूऔषध नियन्त्रणमा सबैको सहयोग अपरिहार्य रहेको धारणा राख्नुभयो।

हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान

0

काठमाडौँ : विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरे ‘हिट ५३ प्रोफेसनल किक बक्सिङ’को उपाधिमाथि चौथो पटक आफ्नो वर्चश्व कायम गर्न सफल भएका छन् ।

‘हिट प्रोफेसनल किक बक्सिङ’को १४ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा अपराजित हुने उनी विश्वको पहिलो खेलाडी हुन् भने चौथोपटकसम्म लगातार आफ्नो बेल्ट रक्षा गर्ने पनि उनी पहिलो अन्तर्राष्ट्रिय खेलाडी हुन्।

जापानका प्रतिस्पर्धी हिरायामा जिनलाई नकआउट गर्दै उनले आफ्नो उपाधि रक्षा गर्न सफल हुनुभएको हो । जापानको नागोया सहरमा सिमराडोजोद्वारा आज आयोजित प्रतिस्पर्धामा २४ वर्षीय व्यवसायिक किक बक्सर घिमिरेले प्रतिस्पर्धीलाई चौथो राउण्डमा नकआउट गर्दै नयाँ कीर्तिमान कायम गरेका हुन् । ‘हिमालय चितुवा’का रूपमा परिचित घिमिरेले जापानको विश्वप्रसिद्ध क्लब सिमुरा डोजोबाट खेल्दै आएका छन् ।

प्रतियोगिताको मुख्य आकर्षण रूपमा रहेको अन्तिम खेल (मेन इभेन्ट म्याच)मा युवा बक्सर घिमिरेले तीन मिनेटको पाँच राउण्डको प्रतियोगितामा चौथो राउण्डको एक मिनेट ४० सेकेण्ड अर्थात् १० मिनेट ४० सेकण्डमा प्रतिस्पर्धी बक्सर जिनलाई रिङमा ढालेर ‘प्रोफेसनल किक बक्सिङ हिट ५३ च्याम्पियनसिप’मा टाइटल बेल्टको उपाधि रक्षा गरेका हुन् ।

अहिलेसम्म व्यावसायिक किक बक्सिङ हिट प्रतियोगिताको १४ खेलमा अपराजित यात्रा कायम गर्दै जित हासिल गर्ने क्रममा हिमचितुवाले चार पटक टाइटल म्याचको उपाधि (बेल्ट) रक्षा गर्दै ‘मिडल वेट’को रेकर्डसमेत कायम राख्न सफल भएका छन् ।

उनले विश्वप्रसिद्ध के वान व्यावसायिक किक बक्सिङ प्रतियोगितामा समेत खेल्दै दुईवटा इभेन्ट आफ्नो पक्षमा पारी प्रतिस्पर्धीलाई नकआउट गर्न सफल भएका थिए । हालसम्म जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्याण्ड, थाइल्याण्डलगायतका विश्वप्रसिद्ध किक बक्सरलाई पराजित गरिसकेका युवा पुस्ताका चर्चित खेलाडी घिमिरेले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको झण्डा फहराउँदै छुट्टै पहिचान बनाउन सफल भएका छन् ।

जापानको नागोयामा सहरमा लगातार आफ्ना पिता पूर्वअन्तर्राष्ट्रिय किक बक्सर तथा फुलकन्ट्याक कराते खेलाडी देव घिमिरेको विशेष प्रशिक्षणमा रहँदै आएका हिमचितुवा सिमुरा डोजोबाट प्रशिक्षण लिँदै आफ्नो खेल जीवनलाई अगाडि बढाउँदै आएका छन्।

कराते खेलाडी देव सन् २००४ मा दक्षिण कोरियाको सोलमा सम्पन्न ‘के वान प्राफेसलन किक बक्सिङ प्रतियोगिता’मा सहभागी हुने पहिलो दक्षिण एसियाली खेलाडी हुन् । चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा बलम्बूका बासिन्दा उनको परिवार हाल जापानको नागोया सहरमा बसोबास गर्दै आएको छ।

कोरोनाबाट मृत्यु भएका तीन जनाको शव १ हजार दिनपछि दाहसंस्कार गरियो

0

काठमाडौं । भारतको छत्तीसगढको राजधानी रायपुरमा सन् २०२० मा कोरोनाबाट मृत्यु भएका तीन जनाको शवको एक हजार दिनपछि दाह संस्कार गरिएको छ ।

राजधानीको बाबा साहेब भीमराव अम्बेडकर अस्पतालमा बेवारिसे अवस्थामा यी तीनै शव कंकालमा परिणत भएका थिए ।

प्रशासनिक अधिकारीहरूका अनुसार गत महिना रायपुरको एउटा अखबारले राज्यको सबैभन्दा ठूलो सरकारी अस्पतालमा हजार दिनभन्दा बढी समयदेखि पीपीई किटमा दावी नगरिएका तीन जनाको शव राखेको समाचार प्रकाशित गरेको थियो।

ती शव महिला वा पुरुषका हुन् भन्ने पनि थाहा हुन सकेको छैन । यो खबरपछि अस्पताल व्यवस्थापनले पनि यस विषयमा ध्यानाकर्षण गरायो ।

कोरोनाका कारण मृत्यु भएकाले यी शवको अन्तिम संस्कारका लागि म्याजिस्ट्रेटको अनुमति लिनुपर्ने खुलासा भएको छ । यसका लागि अस्पताल व्यवस्थापनले म्याजिस्ट्रेटलाई पत्र पनि लेखेको थियो तर अनुमति पाएको थिएन ।

त्यसपछि यी शवहरू पीपीई किटहरूमा राखिएका थिए र अहिले यहाँ सडिरहेका थिए। समाचार बाहिर आएपछि पीपीई किट खोल्दा त्यसभित्र पर्चामा मृतकको जानकारी लेखिएको थियो ।

उक्त पर्चाबाट मृत्यु हुनेमा एक महिला रहेको खुलेको छ । यसपछि परिवारका सदस्यहरुको जानकारी संकलन गरी उनीहरुलाई जानकारी गराइएको थियो ।

बिहीबार परिवारको सहमतिमा तीनै जनाको शवलाई कोरोनासँग सम्बन्धित प्रोटोकल अनुसार स्थानीय शवदाह स्थलमा दाहसंस्कार गरिएको थियो ।

 

महिलाको शरीरमा सुँगुरको मृगौला प्रत्यारोपणपछि राम्रोसँग काम गरिरहेको डाक्टरको भनाइ

0

न्यू जर्सी, अमेरिका: अमेरिकामा एउटा शल्यक्रियाको सफलतापछि चिकित्सा क्षेत्रमा कोसेढुङ्गा साबित हुन सक्ने अनुमान गरिएको छ। अमेरिकाको न्यू जर्सीमा सर्जनहरूले एक महिलाको शरीरमा पहिलो पटक कम्बाइन्ड मुटुको पम्प र सुँगुरको मृगौला प्रत्यारोपण गरेका छन्।

यो शल्यक्रिया एनवाइयु लेङ्गोन न्यू जर्सीमा गरिएको थियो। न्यू जर्सी निवासी ५४ वर्षीया लिसा पिसानो हृदयघात र अन्तिम चरणको मृगौला रोगबाट पीडित थिइन्। उनलाई नियमित डायलासिस गर्नुपर्ने थियो । लामो समयदेखि लिसाले मुटु र मृगौला प्रत्यारोपणको प्रयास गरिरहेकी थिइन् तर अमेरिकामा अंग दाताको अभावका कारण उनले अंग पाउन सकेकी थिइनन् ।

शल्यक्रियापछि लिसाले भनिन्, ‘जब मसँग पहिलो पटक यो शल्यक्रियाको बारेमा कुरा भएको थियो, तब मैले पक्कै पनि यो शल्यक्रिया गर्न चाहन्छु भनेकी थिएँ । शल्यक्रियापछि लिसाले आईसीयूमा रहेको आफ्नो ओछ्यानबाट मिडियासँग कुरा गरेकी हुन् ।’

लिसाले सबै प्रकारको उपचारपछि आफू थकित र हारेको बताइन् । त्यसैले जब डाक्टरहरूले उनलाई सुँगुरको मृगौला प्रत्यारोपणको बारेमा भने उनले खुसीसाथ स्वीकार गरिन् । लिसाले थप भनिन्, ‘आशा छ अब मैले आफ्ना नातिनातिनाहरूसँग समय बिताउने र उनीहरूसँग खेल्ने मौका पाउनेछु।’

अमेरिकामा अंग दाताको संख्या भन्दा अंग प्राप्त गर्नेहरूको संख्या धेरै छ। अनुसार अमेरिकामा हरेक दिन १७ जनाको मृत्यु अंगको पर्खाइमा हुने गरेको छ । यहाँ मिर्गौलाको माग सबैभन्दा बढी र आपूर्ति सबैभन्दा कम छ । अंग खरिद तथा प्रत्यारोपण सञ्जालका अनुसार सन् २०२३ मा करिब २७ हजार मिर्गौला प्रत्यारोपण भए पनि ती अंगका लागि ८९ हजार व्यक्ति पर्खाइमा थिए ।

जानकारीका अनुसार गत अप्रिल ४ मा लिसाको शरीरमा मुटुको पम्प प्रत्यारोपण गरिएको थियो भने अप्रिल १२ मा सुँगुरको थाइमस ग्रन्थीसहित जीन एडिट गरिएको सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो । संसारमा पहिलो पटक मार्च महिनामा म्यासाचुसेट्स जनरल अस्पतालमा ६२ वर्षीय रिक स्लेम्यानलाई जीवित व्यक्तिमा सुँगुरको मृगौला प्रत्यारोपण गरिएको थियो। जो यसै महिना अस्पतालबाट डिस्चार्ज भएर घर पुगेका छन् । तर, अन्य दुई जनालाई सुँगुरको मृगौला दिइँदा केही हप्तामै तिनीहरूको मृत्यु भयो।

 

समुद्रमा बिछाइएको अप्टिक फाइबरमा समस्या, इन्टरनेट स्लो हुन सक्ने

0

काठमाडौं। केही समय मात्र इन्टरनेट चलेन भने कस्तो हुन्छ ? इन्टरनेट मानिसको जीवनको निम्ति अपरिहार्य बनिसकेको छ। एकछिन मात्र पनि इन्टरनेट चलेन वा स्पीड स्लो भयो भने हाम्रो धैर्यताको बाँध टुट्न थाल्छ।

इन्टरनेट किन र कसरी स्लो हुन्छ भन्ने हामी धेरैलाई थाहा नहुन सक्छ। इन्टरनेट स्लो हुनुमा धेरै कारणहरू छन्। कहिले लोकल टावरका कारण कनेक्टिभिटी नहुँदा त कहिले फोन वा लोकल केबलमा गडबडीका कारण ढिलो इन्टरनेटको सामना गर्नुपर्ने हुन्छ।

पछिल्ला केही दिनदेखि धेरैले इन्टरनेट ढिलो भएको गुनासो गरिरहेका छन् र यो समस्या भविष्यमा पनि रहिरहने सम्भावना छ। समुन्द्र मुनि बिछ्याइएको फाइबर अप्टिकल केबलमा अवोरोध भएको समाचार आएको छ।

समुन्द्र मुनि धेरै ठाउँमा फाइबर अप्टिकल केबल बिग्रिएकाले नेपालसहित भारत, पाकिस्तान, सिंगापुर लगायत एसियाका धेरै देशहरुमा सुस्त इन्टरनेटको समस्या हुन सक्ने प्रतिवेदनमा उल्लेख छ। युरोपेली देशहरू पनि यसबाट प्रभावित हुन सक्छन्।

प्राप्त जानकारी अनुसार सिंगापुरलाई पाकिस्तान र युरोप जोड्ने फाइबर अप्टिक केबल इन्डोनेसिया नजिकका धेरै क्षेत्रमा बिग्रिएर दक्षिणपूर्वी एसिया, मध्यपूर्व र युरोपका इन्टरनेट सेवा प्रभावित भएको छ। यी तार मर्मत गर्न महिनौं लाग्ने बताइएको छ।

यस क्षतिका कारण पाकिस्तान टेलिकम कर्पोरेशन लिमिटेड र ट्रान्सवर्ल्डको सेवा ठूलो मात्रामा अवरुद्ध भएको छ। पाकिस्तानका इन्टरनेट प्रयोगकर्ताहरूले यसबारे लगातार गुनासो गरिरहेका छन्।

 

कांग्रेस र एमाले मिलेर तत्कालै सरकार बन्ने अवस्था छैन : एनपी साउद

0

पर्सा। पूर्वपरराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेर तत्काल सरकार बन्ने अवस्था नरहेको बताएका छन्।

नेपाल प्रेस युनियन पर्साद्वारा आज वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा नेता साउदले प्रमुख राजनीतिक दलहरुबीच प्रशासनिक सत्तासाझेदारी र सजिलोपनकै लागि सरकार गठन गर्न नहुने धारणा व्यक्त गर्दै कांग्रेस र एमाले मिलेर सरकार बन्न सक्ने अवस्था नरहेको बताएका हुन्।

“प्रशासनिक सत्ता साझेदारी वा सहजताका लागि मात्रै प्रमुख राजनीतिक दल मिलेर सरकार बन्न सक्दैन,” उनले भने, “कुनै प्रमुख राजनीतिक दल मिलेर बन्ने सरकारले राष्ट्रिय मुद्दालाई सम्बोधन गर्नुपर्ने हुन्छ । नेपालको सन्दर्भमा पनि संवैधानिक मुद्दाबारे जसलाई दुई वटै प्रमुख पार्टीको सरकार बनिसकेपछि संविधान संशोधनको प्रक्रियाबाट टुङ्ग्याउनुपर्ने मुद्दा छन् भने ती मुद्दा सम्बोधन गर्र्ने सन्दर्भमा दुवै पार्टीबीच पारदर्शी सहमति भयो भने मात्रै सत्तासाझेदारी गर्न सकिन्छ ।

उनले अगाडि थपे, “त्योभन्दा बाहेक प्रशासनिक सजिलोपनका लागि र सत्ता साझेदारी जनाउने कुराका लागि मात्रै प्रमुख राजनीतिक पार्टी नै सरकारमा जाने क्रम मुलुकमा चल्यो भने जनताको नजरमा लोकतन्त्रको मूल्य घट्न सक्छ।”

नेता साउदले हिजोसम्म आउँदा परम्पर विरोधी भएर चुनावमा प्रतिस्पर्धा गर्नेले कुर्सी वा सत्ताको स्वाद लिनकै लागि आफ्नो आस्था, विश्वास र फरक दृष्टिकोणलाई एकातिर थाती राखेर सरकार गठन गर्नेतर्फ मात्रै अघि बढ्नु लोकतन्त्रका लागि राम्रो नहुने बताए।

“हामीले मुलुकभित्र रहेका अस्थिरता मच्चाउन खोज्ने शक्तिलाई पनि लोकतन्त्रको परिधिभित्र ल्याउने जुन प्रयास गरिरहेका छौँ। यदि प्रमुख राजनीतिक पार्टीबीच नै सत्ता र शक्तिका लागि गठबन्धन भयो भने यसको फाइदा लिएर अस्थिरतामा खेल्न खोज्नेले राजनीतिक लाभ वा फाइदा उठाउन सक्नेछन्,” उनले भने।

“नेपाली कांग्रेसले एमालेसँग गठबन्धन गरेर सरकारमा जानै परेको खण्डमा पार्टीको केन्द्रीय समितिमा पर्याप्त छलफल गरेर मात्रै अघि बढ्नेछ। जहाँसम्म विभिन्न समीकरणका कुराहरु छन्। नेपाली कांग्रेसले कसैलाई निषेध गर्ने उद्देश्यले कुनै पनि समीकरण गर्ने छैन । हामी जुनसुकै कुरा पनि परिपक्व भएपछि मात्रै त्यसको बाटोमा अघि बढ्नेछौँ ।”

कांग्रेसले जनस्तर र संसदीय मोर्चा दुवैमा प्रभावकारी ढङ्गले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने नेता साउदको भनाइ थियो। कांग्रेसका केही कमीकमजोरी भए त्यसलाई सच्याएर अगाडि बढ्न सकिने उनले बताए।

“वर्तमान परिप्रेक्ष्यमा कांग्रेसले प्रतिपक्षको भूमिका सशक्त र प्रभावकारी ढङ्गले निभाउछ,” उनले भने, “रचनात्मक प्रतिपक्षका रुपमा रचनात्मक काम गर्न हामी चाहान्छौँ।”

पूर्वमन्त्री साउदले कांग्रेसले संसद्भित्रबाट सरकारमा भएको विरोधाभाष, विसङ्गति र सरकारले दायित्व निर्वाह गर्नेमा चुकेको विषयमा संवेदनशील भएर कांग्रेसले संसद् र जनस्तर दुवैमा आवाज उठाउँदै आएको बताए।

कांग्रेस एउटा जिम्मेवार लोकतान्त्रिक पार्टी भएकाले लोकतन्त्रलाई जोगाउनका लागि अविछिन्न रुपमा कटिबद्ध हुँदै अघि बढ्ने उनले प्रतिबद्धता समेत व्यक्त गरे।

 

वेस्ट इन्डिज ‘ए’ माथि नेपालको शानदार जित

0

काठमाडौं। नेपालले वेस्ट इन्डिज ‘ए’ माथि शानदार जित हासिल गरेको छ । वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरी नेपालले शानदार जित हात पारेको हो ।

वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पच्छ्याएको नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

नेपालको जितमा कप्तान रोहित पौडेलले शानदार ११२ रनको शतकीय पारी खेलेका थिए । उनले ५४ बलमा १० चौका र ६ छक्का प्रहार गरेका थिए ।

यसअघि टस हरेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ‘ए’ ले २० ओभरमा ५ विकेट गुमाउदै २०४ रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि कप्तान रोस्टन चेजले सर्बाधिक ७४ रन बनाए भने एलिक अथानाजेले ४७ रन बनाए । त्यस्तै किची कार्टीले ३८, आन्द्रे फ्लेचरले १३ र काडिम आलेयनेले १४ रन बनाएका थिए ।

त्यसैगरी नेपालका बलरकमल सिंह ऐरी, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र अविनाश बोहोराले एक एक विकेट लिएका थिए ।

यो जितपछि नेपाल ५ खेलको सिरिजमा १-० ले अगाडी भएको छ । अब सिरिजको दोस्रो खेल आइतबार हुने छ भने तेस्रो खेल मे १ मा चौथो खेल मे २ मा र पाचौं खेल मे ४ मा हुने छ ।