Monday, May 11, 2026
Home Blog Page 815

चिहानबाट लाशको हड्डीहरू चोरी गर्ने क्रम अत्यधिक बढेपछि संकटकाल लगाइयो

0

काठमाडौं । अफ्रिकी देश सियारा लियोनमा कुलतमा फसेका मानिसहरूले चिहानबाट हड्डीहरू चोर्न थालेपछि त्यस देशका राष्ट्रपतिले देशमा संकटकाल नै लगाएका छन्।

सियरा लियोनमा मानव हड्डीबाट तयार हुने साइकोएक्टिभ औषधि ठूलो समस्या बनेको छ। जोम्बी ड्रगको नशाका लागि मानिसहरूले चिहानबाट हड्डी निकाल्न थालेका हुन्।

बीबीसीका अनुसार यो डरलाग्दो खतराले सियरा लियोनलाई यस्तो अवस्थामा पुर्याएको छ कि देशमा संकटकाल लागू गर्नुपर्ने अवस्था छ ।

चिहानहरू खन्दा र हड्डीहरू चोरी भएकोले समस्यामा परेका पुलिस अधिकारीहरूले फ्रीटाउनमा चिहानहरूको सुरक्षा गरिरहेका छन्। जोम्बी ड्रग्स वा कुश भनिने यी औषधिहरू विभिन्न प्रकारका विषाक्त पदार्थहरूबाट बनाइन्छ, जसमध्ये एउटा मुख्य पदार्थ मानव हड्डी हो।

यो औषधि पहिलो पटक पश्चिम अफ्रिकी देशमा करिब छ वर्ष पहिले देखा पर्‍यो। आउटलेटका अनुसार, यो एक नशा हो जुन धेरै घण्टा सम्म रहन सक्छ। यो औषधि एउटा ठूलो समस्या बनेको छ र यसका व्यापारीहरू हजारौं चिहानहरू तोडेर र कंकालहरू चोरेर चिहान लुटेरामा परिणत भएका छन्।

आउटलेटका अनुसार, सियरा लियोनका राष्ट्रपति जुलियस माडा बायोले भने, “हाम्रो देशले हाल लागूपदार्थको दुरुपयोग, विशेष गरी विनाशकारी सिंथेटिक ड्रग कुशको प्रभावका कारण अस्तित्वको खतराको सामना गरिरहेको छ।”

बायोले भनेअनुसार यो औषधि सेवन गर्नेहरूमा मृत्यु दर बढेको छ। उनले यो विशेष लागूऔषध उन्मूलन गर्न कार्यदल बनाएको पनि बताए । यसको मतलब प्रत्येक जिल्लामा लागुऔषध दुर्व्यसनीबाट पीडित व्यक्तिहरूलाई हेरचाह र समर्थन प्रदान गर्न तालिमप्राप्त पेशेवरहरूद्वारा कर्मचारीहरू रहने यस्ता केन्द्रहरू हुनेछन्। हाल, फ्रीटाउन देशको एक मात्र सक्रिय लागुऔषध पुनर्वास केन्द्र हो।

सिएरा लियोन मनोचिकित्सा अस्पतालका प्रमुख डा. अब्दुल जालोले राष्ट्रपतिको आपतकालीन घोषणा सही कदम भएको र औषधिको प्रयोगलाई सम्बोधन गर्न महत्त्वपूर्ण हुने बताए। कुश दुरुपयोगबाट मृत्यु हुनेको आधिकारिक संख्या भने छैन, तर फ्रिटाउनका एक डाक्टरले बीबीसीलाई हालैका महिनाहरूमा अंग विफलताका कारण सयौं युवाको मृत्यु भएको बताए। २०२० र २०२३ को बीचमा, कुश-सम्बन्धित रोगहरू भएका सियरा लियोन मनोचिकित्सा अस्पतालहरूमा बिरामीहरूको भर्ना ४ हजार प्रतिशतले बढेको छ।

 

रविले गगनलाई चुनौती दिदैं भने- ‘ऋण लिएको प्रमाण दिए राजनीति छोडिदिन्छु’

0

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफुले कुनै ऋण मागेको प्रमाण गगन थापाले दिए आफुले राजनीति नै छोडिदिने बताएका छन्।

शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानले आफुमाथि गगन थापाले लगाएको आरोपको प्रमाण दिए आफूले राजनीति नै छोडिदिने र प्रमाणित गर्न नसके गगन थापाले राजनीति छाड्न चूनौति दिए। आफूमाथिको आरोप प्रमाणित भए राजनीति छाड्न तयार रहेको अवस्थामा संसदीय समिति गठन सामान्य कुरा भएको उनले बताए।

उनले मिडिया ट्रायलमा भरमा आफूमाथि कांग्रेसले एकोहोरो खेदो गरेको बताए। लामिछानेले आफूले एक पटक सदनमा बोल्न पाउनुपर्ने र सबै कुरा जनताले थाहा पाउनुपर्ने धारणा राखे।

यता नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सहकारी ठगि प्रकरणमा लामिछानेको संलग्नता रहेको दाबी कांग्रेसको रहेको बताए। संसदीय समितिमार्फत कांग्रेसको दाबी झुटो भए आफू राजनीति छाड्न तयार रहेको उनले बताए। थापाले संसदीय छानबिन समितिबाट सरकार भागेको आरोप लगाए।

उनले राज्यको निकाय परिचालन गरेर कांग्रेसले लगाएको आरोपको ढाकछोप गर्ने काम भएको धारणा राखे। संसदमा कांग्रेसले गृहमन्त्रीलाई बोल्न दिने तयारी गरेको भए पनि त्यसपछि कांग्रेसका कसैले पनि बोल्न नपाउने भनेकाले विरोध जनाएको उनको भनाइ छ। महामन्त्री थापाले गृहमन्त्रालयले सबै प्रमाण लुकाउने काम गरिसकेको अरोप पनि लगाए।

 

न्यून रकमले धान्दै विद्यालयमा दिवा खाजा

0

टीकापुर: कैलालीको एक विद्यालयमा कक्षा ५ मा अध्ययनरत छात्रा सम्झना परियार बिहान ७ बजे घरमा रोटी खाएर विद्यालय आउनुहुन्छ । सम्झनाको आमा हुनुहुन्न, बुवा रोजगारीका लागि भारत गएकाले घरमा दुई दिदीबहिनी मात्र छन् । उहाँका लागि विद्यालयमा दिउँसो दिइने खाजा खाना सरह हो ।

“घरमा दुई दिदीबहिनी छौँ, दिदीले बिहान रोटी पकाउनुहुन्छ, त्यही रोटी खाएर विद्यालय आउँछौँ”, उहाँले भन्नुभयो, “दिउँसो स्कुलमा कतिखेर खाजा पाइएलाजस्तो हुन्छ, भोक लागेको खाजाले राहत मिल्छ ।”

अर्का छात्रा सिमरन चौधरी पनि बिहान बाबाआमासँगै खाना खाएर विद्यालय आउने गर्नुहुन्छ । “बुबाआमा काममा जानुअघि सँगै खाना खान्छौँ, बिहानै खाना खाने हुँदा दिउँसोसम्म भोक लागेको हुन्छ”, चौधरीले भन्नुभयो, “दिउँसो विद्यालयमा खाजा नपाइने भए भोक मेटाउन गाह्रो हुने थियो । जे मिल्छ त्यही खान्छौँ ।”

छात्रा मार्थुन डगौराका बुवाआमा पनि ज्यालादारीको काम गर्नुहुन्छ । बुवाआमा काममा जाँदा बिहान ८ बजे नै खाना खाएर विद्यालय हिँड्नुपर्छ । डगौरालाई पनि दिउँसोको खाजाले भोक मेट्न सहयोग मिलेको छ ।

सामुदायिक विद्यालयमा बाल विकासदेखि कक्षा पाँच सम्म अध्ययनरत अधिकांश बालबालिकाको अवस्था सम्झना, सिमरन र मार्थुनको जस्तै छ । शक्तिदेवी आधारभूत विद्यालयका छात्र युवराज चौधरी विगतमा खाजा नपाउँदा चाउचाउ, बिस्कुट खाजाका रूपमा ल्याउने गर्नुहुन्थ्यो । “विद्यालयमा चना, सर्वोत्तम लिटो, हलुवा, फलफूल, जाउलो, कुखुराको अण्डालगायतका खानेकुरा खान दिइन्छ”, चौधरीले भन्नुभयो , “थोरै भए पनि खान पाइएको छ ।”

शक्तिदेवी आधारभूत विद्यालयका शिक्षक कल्पना खड्का खाजा कार्यक्रमले बालबालिकालाई विद्यालयमा नियमित उपस्थिति हुन र बालबालिकालाई हुने भोकमा कमी ल्याउन सहयोग मिलेको बताउनुभयो । “यहाँ आउने बालबालिका विपन्न परिवारका छन्, अधिकांशका अभिभावक ज्यालादारी गर्ने, घरमा नभएका छन्”, उहाँले भन्नुभयो, “विद्यालयको खाजाले भोक मेट्न सहयोग पुगेको छ । भोको पेटले पढाइमा रुचि हुँदैन । खाजा खाएपछि उनीहरूको पढाइमा रुचि बढ्छ ।”

खाजा कार्यक्रमले विद्यालयमा बालबालिकाको भोक मेट्न र विद्यालय आधा पढेर छोड्ने दर घटाउन सहयोग भएको कर्णाली मावि टीकापुरका प्रधानाध्यापक धर्मराज शर्माले बताउनुभयो । “हाम्रो विद्यालयमा चार सय विद्यार्थी छन्, विगतमा भोकाएका विद्यार्थी कक्षा छोडेर भाग्थे, कक्षा छोड्ने दर घटेको छ”, उहाँले भन्नुभयो, “तर प्रतिविद्यार्थी रु १५ मात्र सरकारले दिने भएकाले खाजा व्यवस्थापन गर्न विद्यालयलाई निकै गाह्रो छ । यसले पोषणका दृष्टिले पर्याप्त खाजा खुवाउन कठिनाइ भइरहेको छ ।”

नेपाल सरकारले आव २०७७÷०७८ देखि विद्यालयमा बालविकास देखि कक्षा पाँच सम्मका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम सुरु गरेको हो । बालबालिकाको वृत्ति विकासमा सहयोग गर्ने र विद्यालय शिक्षामा भर्नादर अभिवृद्धि हुने, विद्यालय छाड्ने दर घट्ने, र सिकाइ उपलब्धि बढ्ने विश्वास गरी सुरु गरिएको खाजा कार्यक्रम प्रभावकारी भए पनि पोषणका दृष्टिले पर्याप्त हुन सकेको छैन ।

सरकारले विद्यालयलाई पोषण मापदण्ड तथा स्थानीय परिवेश, संस्कृति र प्रचलनलाई आधार बनाएर स्थानीयस्तरमा उत्पादन हुने खाद्य सामग्री प्रयोग गरी दैनिक परिकारको सूची बनाएर विद्यालय दिवा खाजामा समावेश गरेको छ ।

टीकापुर नगरपालिकामा मात्र दिवा खाजा खाने विद्यार्थी पाँच हजार एक सय ३७ छन् । कतिपय विद्यालयमा पाँच सय बढी बालबालिकालाई एकैपटक खाजा पकाउनुपर्ने हुन्छ । दिवा खाजा एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको महत्वपुर्ण पाटो हो तर न्यून मूल्यमा बालबालिकालाई आवश्यक पोषणयुक्त खाना खुवाउन समस्या रहेको टीकापुरका शिक्षा अधिकृत नरेश अवस्थीले बताउनुभयो ।

“रकम थोरै छ । खाजा खुवाउन अधिकांश विद्यालयमा भान्सा छैन, पकाउने जनशक्तिको समस्या छ”, उहाँले भन्नुभयो, “सामूहिक रूपमा खुवाउने भएकाले व्यवस्थापन भइरहेको छ । हामीले गुणस्तर सुधारका लागि अनुगमन गरिरहेका छौँ । रकम वृद्धिका लागि माग गर्दै आएका छौँ ।”

दिवा खाजाका लागि सरकारले दिने रु १५ मात्रले पोषणयुक्त खाजा खुवाउन नपुगेको भन्दै पालिकाले रु १५ थप गर्ने गरी छलफल भइरहेको टीकापुर नगरपालिका-४का वडाध्यक्ष लालविर चौधरीले बताउनुभयो ।

“आगामी नगरसभाबाट स्वीकृत गर्ने तयारी थालेका छौँ, रु १५ सङ्घीय सरकार र रु १५ स्थानीय सरकारले थपेर पोषणयुक्त खाजा खुवाउनुपर्छ भनेका छौँ”, उहाँले भन्नुभयो, “बालबालिकाको पोषण र स्वास्थ्यका कुरामा सबै जिम्मेवार छौँ ।”

संसदीय छानबिन समिति नबनेसम्म सदन अगाडि बढ्दैनः महामन्त्री थापा

0

काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय छानबिन समिति नबनेसम्म संसदको काम कारबाही अगाडि नबढ्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठक सुरु भए लगत्तै नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद उठेर विरोध जनाउनुभएको थियो । त्यसपछि सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका महामन्त्री थापालाई भनाइ राख्न समय दिनुभयो ।

थापाले संसदीय छानबिन समिति नबनेसम्म सदनको कुनैपनि कारबाही अगाडि बढाउने कुरामा कांग्रेसको साथ नहरने स्पष्ट पार्नुभयो । “सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म सदनका कुनै पनि काम कारबाहीमा कांग्रेसको साथ रहदैन । यसको जिम्मेवार कांग्रेस होइन, सत्तापक्ष हो”, उहाँले भन्नुभयो । संसदभित्र प्रमुख प्रतिपक्षी दलले गम्भीरतापूर्वक विषय उठाइसकेपछि सुनुवाइ हुनुपर्ने उहाँको भनाइ थियो ।

सांसद थापाले भनाइ राख्नु भएपछि सभामुखले बैठक सञ्चालन गर्दै राष्ट्रपतिको कार्यालयबाट प्राप्त विभिन्न पत्र पढेर सुनाउने क्रममा नेपाली कांग्रेसका सांसदहरु ‘रोष्ट्रम’ घेराउ गर्न पुग्नुभएको थियो। त्यसपछि सभामुख घिमिरेले आजको बैठक १५ मिनेटका लागि स्थगन गरेको घोषणा गर्नुभयो ।

कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको दोस्रो बैठक पनि स्थगन

0

काठमाडौँ: प्रतिनिधिसभाको आजको दोस्रो बैठक पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण अवरुद्ध भएको छ ।

पहिलो बैठकमा कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदले विरोध र नाराबाजी गरेपछि १५ मिनेटका लागि स्थगन भएको थियो । सभामुख देवराज घिमिरेले दोस्रो बैठकको कारबाही आरम्भ गर्नासाथ प्रतिपक्षीका सांसदले रोष्ट्रम घेराउसहित नाराबाजी गर्नुभएको थियो ।यसपछि सभामुख घिमिरेले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिन खोज्दा विपक्षीदलका सांसदले अवरोध पु¥याउनुभएको थियो ।सभामुख घिमिरेले आसनग्रहण गरी उपप्रधानमन्त्री लामिछानेका कुरा सुनेर आफ्ना कुरा राख्न आग्रह गर्दा पनि विपक्षी दलका सांसदले नमानेपछि आजको कार्यसूचीमा रहेका कार्यक्रम बैठक स्थगनको घोषणा गर्नुभयो । सभाको अर्को बैठक आगामीजेठ १ गते मङ्गलबार साँझ ६ बजेका लागि तोकिएको छ ।

सरकारले विश्व वन्यजन्तु कोषमार्फत प्राप्त करिब रु एक अर्ब २० करोड अनुदान सहायता स्वीकार गर्ने

0

काठमाडौ: सरकारले विश्व वातावरण सुविधाबाट विश्व वन्यजन्तु कोषमार्फत प्राप्त हुने अमेरिकी डलर ९०,२४,३१२ (करिब रु एक अर्ब २० करोड) बराबरको अनुदान सहायता स्वीकार गर्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री रेखा शर्माले इजरायल घटनामा परी निधन भएका ६ नेपालीको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्बन्धित ठेगानासम्म पु¥याउँदा लागेको कूल खर्च रु २८ लाख ३६ हजार आठ सय ३४ सम्बन्धित पक्षलाई भुक्तानी गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

यही वैशाख २९ देखि जेठ ४ गतेसम्म बङ्गलादेशमा आयोजना हुने सिकाइ आदान–प्रदान कार्यक्रममा सहभागिताका लागि राष्ट्रिय योजना आयोगका सदस्य प्राडा शिवराज अधिकारीलाई स्वीकृति दिने र दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा सुमित्रा श्रेष्ठ अमात्यलाई मलेसियामा आयोजना हुने तालिम कार्यक्रमको अनुगमन गर्न तथा उक्त कार्यक्रमको समापन समारोहमा भाग लिन आगामी जेठ १४ देखि १८ गतेसम्म मलेसिया भ्रमण गर्न स्वीकृति दिने पनि सरकारले निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले इन्डोनेसियाको बालीमा आयोजना हुने दसौँ वल्र्ड वाटर फोरमअन्तर्गत यही जेठ ७ देखि ८ गतेसम्म आयोजना हुने मन्त्रिस्तरीय बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई सहभागी हुन स्वीकृति दिनेसमेत निर्णय गरेको सरकारका प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

“कोहलपपुर–सुर्खेत–दैलेख एक सय ३२ केभी प्रसारण लाइन आयोजनाको टावर निर्माण गर्न सुर्खेत जिल्ला र दैलेख जिल्लामा करिब ५० रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने र प्रहरी अतिरिक्त महानिरीक्षकहरु टेकप्रसाद राईलाई प्रशासन विभागमा सुदीप गिरीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गर्ने निर्णय भएको छ”, प्रवक्ता शर्माले भन्नुभयो । त्यसैगरी, मन्त्रिपरिषद्ले प्रहरी नायब महानिरीक्षकहरु उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्त गरी पदस्थापन गर्ने निर्णय गरेको छ । ट्रामाडोल (र टपेन्टडोल औषधिहरुका एकल वा सम्मिश्रण औषधिहरुलाई लागू औषध नियन्त्रण) ऐन, २०३३ को दफा ३ को खण्ड (क) को उपखण्ड ७ बमोजिम मनोदीपक औषधीको सूचीमा समावेश गर्ने सरकारको निर्णय छ ।

औद्योगिक व्यापार मेला : मौलिक उत्पादनमा अवलोकनकर्ताको आकर्षण

0

काठमाडौँ: राजधानीको भृकुटीमण्डपमा जारी नेपाल १७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवमा महका परिकार, प्राकृतिक रेशाजन्य उत्पादन, स्थानीयका खाना परिकार तथा मौलिक उत्पादनमा अवलोकनकर्ता तथा उपभोक्ताको आकर्षण देखिएको छ ।

स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासङ्घले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी यसपटक वैशाख २६ देखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा जारी रहेको छ । प्रदर्शनीमा विभिन्न प्रकारका अचार, मह, अल्लो, सिस्नो, केरा, गाँजा, बाँस, केतुकी, भुँइकटहरलगायतका प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन र यसका प्रकार, माहुरीसम्बन्धी जानकारी, कर्णाली तथा हिमाली क्षेत्रका मौलिक परिकार तथा अन्य उत्पादन उपभोक्ताहरुले निकै मन पराएको पाइएको छ ।

काठ/ढुङ्गा/धातु कला, सेरामिक्स, भाँडाकुँडा बाँस, वेतबास आदिबाट निर्मित सजावटका सामान, गलैँचा, राडीपाखी पश्मिनाका वस्तुहरु तथा अन्य ऊनी कपडा, अल्लो, लोक्ता, जुट र अन्य परम्परागत तरिकाबाट प्रशोधित प्राकृतिक रेशाद्वारा उत्पादित वस्तुहरु, नवीनतम प्रविधिहरु, नेपाली हाते कागजका वस्तुहरु, परम्परागत हस्तकलाका सामान, अर्गानिक मह, कृषि तथा वनमा आधारित उत्पादनहरु, शिक्षा, पर्यटन लगायतका सेवा प्रदायक सङ्घसंस्था, वैकल्पिक/नवीकरणीय ऊर्जा, सूचना प्रविधिमा आधारित प्रविधि तथा उपकरण र अन्य औद्योगिक वस्तु प्रदर्शन गरिएको छ ।

यसैगरी, चन्द्रागिरि नगरपालिकाद्वारा प्रवर्द्धन गरिएका उद्यमीद्वारा तयार पारिएका अचार, लाखामरी,काष्टकला, नेपाली कागज, छालाजुत्ता, प्राङ्गारिक मल, हस्तकलाका सामग्री, तेह्रथुमको ढाका, सङ्खुवासभाको करुवा, भोजपुरको खुकुरी, जैविक स्रोतबाट बनेका श्रृङ्गारको सामग्री तथा महबाट बनेका सौन्दर्य प्रशोधनका सामग्री, जैविक तथा आयुर्वेद उपचार प्रक्रियामा उपयोग गरिने प्राकृतिक औषधीय सामग्री, मसला, छोप, हस्तकलाका उत्पादनलगायतका सामग्रीमा पनि उपभोक्ताको आकर्षण देखिएको छ ।

लघु, घरेलु, साना तथा महिला उद्यमीद्वारा उत्पादित स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासङ्घले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनीको १७औँ शृंखला “नेपाल १७औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०८१” आइतबारसम्म चल्नेछ ।

मुलुकभरका झण्डै छ लाखभन्दा बढी लघु, घरेलु तथा साना उद्योग र कृषि तथा मह व्यवसायमा संलग्न उद्यमीलाई प्रतिविम्बित गर्ने प्रदर्शनीको मुख्य नारा “खोजौँ नेपाली, रोजौँ नेपाली” र “नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौँ” भन्ने रहेको छ ।

महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले हाम्रा तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगको उत्पादनको प्रदर्शनी र व्यापार प्रवर्द्धन गरिने यस मेलाले मुलुकका लघु, घरेलु तथा साना उद्योगका उत्पादनको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योगलगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी, बीटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि कार्यक्रम प्रदर्शनीका थप आकर्षणको रुपमा रहेको बताउनुभयो ।

चीनबाट अनुदानस्वरूप उपलब्ध हुने सातवटा सवारी साधन स्वीकार गरिने

0

काठमाडौं: मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले चीन सरकारले परराष्ट्र मन्त्रालयलाई अनुदानस्वरूप उपलब्ध गराउन प्रस्ताव गरेका सात वटा सवारी साधन स्वीकार गर्नेलगायत विभिन्न निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री रेखा शर्माले त्यस्तो जानकारी दिनुभएको हो ।

बैठकले चितवन जिल्लामा निर्माणाधीन पुलको पहुँचमार्ग निर्माण गर्न करिब २०२६ वर्ग मिटर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने र सैनिक गट्टाघर, भक्तपुरका लागि मध्यपुर ठिमी नगरपालिकामा करिब सात सय ६९ वर्गमिटर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिनुभयो ।

त्यस्तै, सेती राजमार्गअन्तर्गत डोटी जिल्लास्थित ठुलीगाड–सेती–बुढीगङ्गा दोभान सडकखण्ड निर्माणका लागि राष्ट्रिय वनको ८० हेक्टर जग्गा प्रयोग गर्न दिन र सो जग्गामा रहेका विभिन्न प्रजातीका रुखट्टपाल हटाउन स्वीकृति दिने निर्णय सरकारले गरेको छ । मन्त्रिपरिषद्ले सङ्कटापन्न वन्यजन्य तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ को दफा ३० बमोजिम विभिन्न स्थानमा घाटगद्दीमा रहेको जम्मा १,७३,०७१.७९२ केजी रक्तचन्दन काठ उत्पत्ति मुलुकमा फिर्ता लैजान स्वीकृति प्रदान गर्ने र अमरगढी नगरपालिकाको बसपार्क निर्माणको लागि राष्ट्रिय वनको ०.९६ हेक्टर जग्गा प्रयोग गर्न तथा सो वन क्षेत्रमा रहेका विभिन्न प्रजातिका रुख बिरुवा हटाउन स्वीकृति दिनेसमेत निर्णय गरेको छ ।

यस्तै, लालझाडी गाउँपालिका कञ्चनपुर, सिद्धिचरण नगरपालिका ओखलढुङ्गा, गुजरा नगरपालिका रौतहट, मालिका गाउँपालिका म्याग्दी, कलैया उपमहानगरपालिका बारा, जन्तेढुङ्गा गाउँपालिका खोटाङ, दिपायल सिलगढी नगरपालिका डोटी र तुम्बेवा गाउँपालिका, पाँचथरलाई विभिन्न प्रयोजनको लागि जग्गा प्राप्त गर्न स्वीकृति गर्ने मन्त्रिपरिषद्को निर्णय छ ।

त्यसैगरी दूरसञ्चार सेवालाई नियमित गर्ने प्रयोजनको लागि दूरसञ्चार ऐन, २०५३ को दफा २० को अधिकार प्रयोग गरी नेपाल दूरसञ्चार कम्पनी लिमिटेडलाई सोही ऐनको दफा ३३ को उपदफा (४) बमोजिम पुनःअनुमतिपत्र जारी गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने भएको मन्त्री शर्माले जानकारी दिनुभयो ।

बिहीबारकै बैठकले समाज कल्याण परिषद्को रिक्त उपाध्यक्ष पदमा समाज कल्याण ऐन, २०४९ को दफा ५ को उपदफा (२) बमोजिम नन्दलाल माझि (सुनसरी) र भाषा आयोगको रिक्त सदस्य पदमा सुरेश मानन्धर (काठमाडौँ) लाई नियुक्त गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री शर्माले अन्तर्राष्ट्रियस्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबडी प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी जम्मा ४२ जनालाई पुरस्कार तथा सम्मान गर्न स्वीकृति दिने पनि निर्णय गरेको छ ।

प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१ स्वीकृत गर्ने, राष्ट्रिय व्यापार सहजीकरण समिति गठनगरी काम, कर्तव्य र अधिकार तोक्ने, जलस्रोतसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० सङ्घीय संसद्मा प्रस्तुत गर्न स्वीकृति दिने, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा व्यवस्था गर्न बनेको, २०८० सङ्घीय संसद्मा प्रस्तुत गर्न स्वीकृति दिने र राष्ट्रपतिसमक्ष नेपालको संविधानको धारा ९५ बमोजिम सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकलाई यही जेठ १ गते दिनको १ बजे सम्बोधन हुन र त्यका लागि सदस्यको उपस्थिति आह्वान गर्न अनुरोध गर्ने सरकारको निर्णय छ ।

महिलासँग सम्बन्धित अपूर्ण कानुन संशोधन गर्नुपर्छ : मन्त्री चौधरी

0

काठमाडौँ: महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिलासँग सम्बन्धी अपूर्ण कानुनलाई संशोधन गर्न आवश्यक रहेका बताउनुभएको छ ।

महिला सुरक्षा दबाब समूहले आज काठमाडौँमा आयोजना गरेको “लैङ्गिक हिंसा न्यूनीकरणका लागि बनेका कानुनमा भएका कमीकमजोरी र समाधानबारे सरोकारवालाहरूसँग राष्ट्रिय संवाद” कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।“महिलासँग सम्बन्धित कानुन अपूर्ण नै छन् । अन्य ऐन, कानुनमा पनि त्यस्तै समस्या छन् । त्यसैले कानुनमा भएका कमीकमजोरीलाई सच्याउँदै अगाडि बढ्न जरुरी छ”, मन्त्री चौधरीले भन्नुभयो ।

महिलाका समस्या समाधानका लागि एकीकृत कानुन बनाउन आवश्यक रहेको र त्यसका लागि मन्त्रालयले एकीकृतरूपमा ऐन बनाउने तयारी गरेको उहाँले जानकारी दिनुभयो। “सबै विभागको एकीकृत गरेर ल्याउँछौँ । त्यसमा पनि महिला हिंसासँग सम्बन्धित कानुनहरूमा के–के बुँदाहरू थप गर्ने यहाँहरू जस्तो कानुनविद् र अधिकारकर्मीहरूको राय, सल्लाह र सुझावमा हामीले कानुन ल्याउनेछौं”, उहाँले भन्नुभयो ।

विशेषगरी आमाको नामबाट नागरिकताप्राप्त गर्ने कुरामा धेरै समस्या भएका र त्यसमा राज्यले सहजीकरण गर्न आवश्यक रहेकामा जोड दिँदै उहाँले सम्बन्ध विच्छेदको मुद्दामा पनि सम्पत्ति लिइसकेपछि फेरि फिर्ता गर्नुपर्ने विषय संशोधनको आवश्यकता औँल्याउनुभयो ।

त्यस्तै, गैरकानुनी ढङ्गबाट खाडी मुलुकमा गएका महिला पीडित हुने अवस्था रोक्न श्रम ऐन संशोधन गर्नुपर्नेमा पनि उहाँको जोड थियो । “अहिले ट्रान्जिट भिसामा विशेषगरी खाडी मुलुकमा जाने हाम्रा दिदीबहिनीहरू फर्कदाखेरि धेरै समस्या देखिने गरेको छ”, मन्त्री चौधरीले भन्नुभयो, “यौनहिंसामा पर्ने, गर्भवती भएर आउने, विभिन्न प्रकारका घरेलु हिंसामा पर्ने गरेको पाइएको छ । यही समस्याका कारण महिलालाई विदेश जान बन्देज गर्नुहुँदैन तर त्यसलाई कसरी सुरक्षित बनाउन सकिन्छ भन्ने कुरा श्रम ऐनमा समावेश गरेर जानुपर्छ ।”

उहाँले बालविवाहको विषयमा पनि अब गम्भीर भएर सोच्ने पर्ने समय आइसकेको बताउनुभयो । “अहिले पनि गाउँमा प्रत्येक महिना पाँच/छ वटा बालविवाहका मुद्दा आइरहने अवस्था छ। सानै उमेरमा प्रेम र विवाह हुने त्यसपछि विभिन्न कुरा नमिल्दा बालकालिका समस्यामा पर्ने गरेका छन् । यस विषयमा पनि गम्भीर भएर समस्याको पहिचान र सम्बोधनको प्रयास गर्न जरूरी छ”, उहाँले भन्नुभयो ।

बागमती प्रदेशस्तरीय युवा सम्मेलन आजदेखि

0

बागमती: बागमती प्रदेशस्तरीय युवा सम्मेलन आजदेखि हेटौँडामा सुरु हुँदैछ । तीन दिनसम्म जारी रहने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँले जानकारी दिनुभयो ।

बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गतको प्रदेश युवा परिषद्को वार्षिक कार्यक्रमअन्तर्गत आयोजना हुन लागेको सम्मेलनमा प्रदेशका १३ वटै जिल्लाबाट १६ देखि ३० वर्ष उमेर समूहका दुई सयभन्दा बढी सहभागिता हुने उपाध्यक्ष चौलागाईँले बताउनुभयो ।

प्रदेशका युवाको ज्ञान, सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना हुने सम्मेलनमा सहभागी युवाबीच आपसी सञ्जाल निर्माण, नेतृत्व तथा व्यक्तित्व विकाससँग सम्बन्धित क्रियाकलापलगायत कार्यक्रम हुनेछ । विश्वविद्यालय शिक्षामा विद्यार्थीको आकर्षण घट्दै गएको तथा उच्च शिक्षाका लागि विदेशिने प्रवृत्ति बढेको विषयमा पनि केन्द्रित छलफल हुनेछ ।