Monday, May 11, 2026
Home Blog Page 799

बृहत् राष्ट्रिय एकताका निम्ति अग्रसर हुन आह्वान

0

काठमाडौँ: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विश्व शान्तिका अग्रदूत गौतमबुद्धको २५६८ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।

यस अवसरमा आज जारी शुभकामना सन्देशमा उहाँले समकालीन विश्वमा गौतमबुद्धद्वारा प्रतिपादित शान्ति र अहिंसासम्बन्धी दर्शनको सान्दर्भिकता अझ बढेको बताउनुभएको छ । साथै उहाँले बृहत् राष्ट्रिय एकताका निम्ति अग्रसर हुन आह्वान पनि गर्नुभएको छ ।

“गौतमबुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण भएको अत्यन्त दुर्लभ त्रिसंयोगको रूपमा रहेको वैशाख पूर्णिमालाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूद्वारा गौतमबुद्धप्रति श्रद्धा एवं भक्तिभाव प्रकट गर्ने पवित्र दिवसका रूपमा बुद्ध जयन्ती मनाउने गरिन्छ, ” शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ ।

नेपालका विभूति गौतम बुद्धले मैत्री, करुणा र अहिंसाको बारेमा दिनुभएको शिक्षा र प्रतिपादन गर्नुभएको सिद्धान्त र दर्शनलाई मान्यता प्रदान गर्दै संयुक्त राष्ट्रसङ्घले समेत सन् १९९९ देखि बुद्ध जयन्तीलाई ‘वैशाख दिवस’को नाममा अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको उहाँले सन्देशमा स्मरण गर्नुभएको छ ।

विश्वका विभिन्न भू–भागमा मानव जातिले हिंसा, वैमनश्य र युद्धको सामना गरिरहनुपरेको वर्तमान परिप्रेक्ष्यमा अहिंसा, करुणा, पारस्परिक सम्मान र सद्भावका साथै शान्तिपूर्ण विश्वका लागि बुद्धले दिनुभएका सन्देशहरू आज पनि उत्तिकै मननीय र उपयोगी द्धन् भन्दै पूर्वराष्ट्रपति भण्डारीले बुद्धका उपदेशहरूको पालना एवं अनुशरण गर्न सकेमा हरेक व्यक्ति, समाज र विश्व समुदायका बीचमा शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान थप सुदृढ हुने विचार सन्देशमा व्यक्त गर्नुभएको छ ।

साथै उहाँले गौतमबुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गराई बृहत् राष्ट्रिय एकता निर्माण गर्ने बाटोमा सदैव अग्रसर रहन आह्वान गर्नुभएको छ ।

वीर अस्पतालको अनुगमनमा यस्तो देखियो…

0

काठमाडाैँ: चर्कँदाे गर्मी र थामिनसक्नुको भीड । औषधिको पूर्जी लिएर वीर अस्पतालको फार्मेसी अगाडि लामबद्ध शर्मिला गौतम घरीघरी पछ्यौरी अनुहारको पसिना पुछ्दैहुनुहुन्थ्यो । “लाइनमा बसेको एकघण्टा भयो होला, खोइ पालो आउँदैन”, उहाँले भन्नुभयो, “स्वास्थ्य बीमाबाट सुविधा पनि यहाँ नपाएर बाहिर किन्नुपर्ने अवस्था आउँछ ।” एक घण्टा जति लाइनमा बसेपनि उहाँले औषधि पाउनुभएन । उहाँ मन खिन्न बनाउँदै बाहिरको निजी फार्मेसीतर्फ लाग्नुभयो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले आज वीर अस्पतालमा अनुगमन गर्दाको दृश्य हो यो ।

अनुगमनका क्रममा सर्वसाधारणका गुनासा सुन्न उहाँ त्यहाँ पुग्नुभएको थियो । सर्वसाधारणले फार्मेसीमा पसलमा औषधि नभएको पीडा पोख्दै हुनुहुन्थ्यो । मन्त्री यादवसामू धेरै सर्वसाधारणले स्वास्थ्य बीमा व्यवस्थित हुन नसकेको गुनासो गर्नुभएको थियो । स्याङ्जाका चिन्तानारायण खनालले पनि मन्त्री सामू बीमाको भुक्तानी पाउन पाँच दिन लगातार धाएको सुनाउनुभयो । घन्टौँ लाइन बस्दा पनि अन्तिममा ‘सिस्टम’ बिग्रेको भन्दै घर पठाउने गरेको उहाँले गुनासो गर्नुभयो । उहाँले भन्नभयो, “प्रशासनमा गएर कराएपछि तुरुन्तै सिस्टम बन्यो र आज औषधि पाइयो, यो त हामीमाथि गरिएको ज्याजति भएन र ?” खनालले भन्नुभयो । अस्पतालमा स्वास्थ्य बीमासम्बन्धी कुनै पनि छुट्टै डेस्क छैन ।

त्यसले गर्दा बिरामीले सहजै प्रक्रियामा आउन कठिन भएको सेवाग्राहीको भनाइ थियो । चिन्ता नारायणले ८४ वर्षको आमालाई उपचार गर्न अस्पताल ल्याउनुभएको थियो । स्वास्थ्य बीमाको भुक्तानी सहजै नहुँदा उहाँले वृद्ध आमा बोक्दै भौतारिनु परेको सुनाउनुभयो । अछामबाट उपचारका लागि वीर अस्पताल उपचार गर्न आउनुभएका भुवन सिंहले आफूले विहान आठ बजे टिकट लिए पनि दिउँसो २ बजेसम्म पालो नआएको गुनासो गर्नुभयो । पालो कुर्दाकुर्दै दिन अस्पतालमै दिन बितेको उहाँले गुनासो गर्नुभयो । मन्त्री यादवसँग उहाँले प्रत्यक्ष गुनासो राख्नुभयो ।

मन्त्री यादवसँग कुरा राखेपछि उहाँले आठ घण्टापछि डाक्टरलाई भेट्न पाउनुभयो । मन्त्री यादवसँगै सेवाग्राहीको गुनासो सुनिरहनुभएका अस्पतालका उपकुलपति डा भुपेन्द्र बस्नेतले सेवाग्राहीका गुनासो सम्बोधनका लागि आफूहरु लागिपरेको बताउँदै आगामी दिनमा अझ सुधार गर्ने प्रतिबद्धता जनाउनुभयो । “विदेशमा डाक्टर भेट्न महिनौ कुर्नुपर्छ, यहाँ आठ घन्टामै पाउनुभयो”, उहाँले भन्नुभयो । उपकुलपतिको जवाफ सुनेपछि मन्त्री यादवले सेवालाई छिटो छरितो र प्रभावकारी बनाउन निर्देशन दिनुभयो । त्यसपछि अनुगमन टोली आकस्मिक कक्ष पुग्यो ।

त्यहाँ एउटै शय्यामा दुई जना विरामीले उपचार लिइरहेको अवस्था थियो । सर्लाहीकी शोभा बुढाथोकीले रुँदै मन्त्री यादवसमक्ष गुनासो लिएर आउनुभयो । श्ययामा प्यारलाइसिस भएकी बिरामी दिदीलाई तुरुन्तै सघन उपचार कक्षको आवश्यकता परेकोले समस्या समाधान गरिन उहाँले अनुरोध गर्नुभयो । “आर्थिक स्थिति बलियो छैन, सर्लाहीबाट काठमाडौँ उपचार गर्न आएको आइसियु खाली छैन”, उहाँले भन्नभयो, “महँगो अस्पतालमा जाने अवस्था छैन ।” अस्पतालको सघन उपचार कक्ष, अकस्मिक कक्ष, ओपिडीलगायत सबै क्षेत्रमा मन्त्रीले अनुगमन गर्दा स्थिति नाजुक देखियो । बिरामीको चाप बढ्दै गएपछि एउटा कक्षा सञ्चालन गर्ने कोठा खाली गराएर ओपिडी सञ्चालन गर्न लागिएको उपकुलपति डा बस्नेतले बताउनुभयो । आकस्मिक कक्षमा चार वटा सघन उपचार कक्ष छन् ।

नर्सिङ जनशक्ति नहुँदा सबै सञ्चालनमा आएका छैनन् । स्वास्थ्य निमयअनुसार एउटा श्ययामा एक नर्स हुनुपर्ने हो । तर जनशक्तिको अभावले आकस्मिक कक्षभर दुई जना नर्सको भरमा धानिनुपरेको आकस्मिक कक्ष प्रमुख डा सुरेश नेपालले बताउनुभयो । उहाँका अनुसार वीर अस्पतालमा कम्तीमा १२ जना चिकित्सक हुनुपर्छ । यद्यपि हाल चार जना चिकित्सकले मात्रै सेवा दिइरहनुभएको छ । चार जना चिकित्सकले अस्पतालको आठ वटा विभाग हेर्नुपर्ने अर्को बाध्यता छ । त्यस्तै अस्पतालमा बिरामीको चाप बढेर दैनिक दुईदेखि तीन हजार पुगेको छ ।

जनशक्ति नहुँदा सेवाग्राहीले छिटोछरितो सेवा पाउन सम्भव नभएको डा नेपालले बताउनुभयो । वीर अस्पतालको औषधि पसलमा सेवाग्राहीले घन्टौँ लाइन लागेर बस्नुपर्ने, स्वास्थ्य बीमामा तोकिएको औषधि नपाइनेजस्ता समस्या भोग्नुभएको बताउनुभयो । अनुगमनपछि भने उपकुलपतिले स्वास्थ्य बीमाको औषधि व्यवस्थापन छिट्टै हुने बताउनभुयो । अस्पतालका उपकुलपति बस्नेतले भने स्वास्थ्य बीमासम्बन्धी औषधि अभाव भएको स्वीकार गर्दै अबको दुई साताभित्र औषधिको पूर्ति गर्ने बताउनुभएको छ ।

नेपालका सामुदायिक वन र रेडियोले दक्षिण एसियामै उत्कृष्ट काम गरेका छन्ः मन्त्री जोशी

0

पाटन (ललितपुर): सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले नेपालको सामुदायिक वन र रेडियोले दक्षिण एसियामै उत्कृष्ट काम गरेको भन्दै यसलाई अझै व्यवस्थित र प्रभावकारी बनाउँदै जानुपर्ने बताउनुभयो । नेपाल वातावरण पत्रकार समूहद्वारा सञ्चालित रेडियो सगरमाथाको २८औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित ‘डिजिटल युगमा समृद्ध समाज तथा राष्ट्र निर्माणका लागि सामुदायिक रेडियोको भूमिका’ विषयक कार्यक्रममा उहाँले सामुदायिक रेडियोले सबैको आशा, भरोसालाई जीवित राख्दै समृद्ध समाज र समृद्ध राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका निभाएको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । “नमूनायोग्य काम गरेर सञ्चार सेवा प्रवाह गर्ने देशभरका चार सय वटा रेडियोका संस्थापकलाई म हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु ।

निकै अप्ठ्यारोकाबीच पनि समुदायमा जसरी स्थापित हुनुभएको छ, समाजमा भएका हाम्रा सभ्यता, संस्कृतिहरु र चालचलनलाई जगेर्ना गर्दै सबै जनतालाई सचेत पारेर समृद्ध राष्ट्र निर्माणमा पुर्याउनुभएको योगदान अतुलनीय छ”, मन्त्री जोशीले भन्नुभयो । बागमती प्रदेश सञ्चार रजिष्ट्रार कार्यालयका रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले सूचना प्रविधिको विकाससँगै रेडियो र यसबाट उत्पादित सामग्रीलाई पनि विश्वव्यापीकरण गरेको बताउनुभयो । उहाँले मिडियाको संरक्षणसँगै पत्रकारको संरक्षणका लागि पनि सहज हुने गरी सञ्चार संस्था सञ्चालकलाई समेत रजिष्ट्रार कार्यालयले सहयोग गर्दै आएको बताउनुभयो । उहाँले स्थानीय विषयवस्तु र सन्दर्भ सामग्रीलाई विश्वव्यापी रुपमा प्रचारप्रसार गरेर प्रभावकारिता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सञ्चार माध्यम सञ्चालनका लागि अनुमति लिन सेवाग्राहीले दुःख पाउने अवस्था सृजना गरिनुनहुने धारणा राख्नुभयो । नेपाल वातावरण पत्रकार समूहकी अध्यक्ष रोशनी अधिकारीले लामो आरोहअवरोह पार गर्दै आगामी दिनहरुमा पनि सबैको साथ सहयोग सहकार्य रहने विश्वास व्यक्त गर्नुभयो । सामुदायिक रेडियो प्रशारक सङ्घका अध्यक्ष अर्जुन गिरीले देशभर तीन सय ७५ वटा सामुदायिक रेडियोले द्वन्द्वकालका साथै महामारीको समयमा पनि जनविश्वास जितेर काम गरेको बताउनुहुँदै अब बन्ने सञ्चारसम्बन्धी कानुन समुदायिक रेडियोमैत्री हुने धारणा राख्नुभयो । उहाँले नेपालको राजनीतिक, सामाजिक परिवर्तन र रुपान्तरणमा सामुदायिक रेडियोले खेलेको भूमिका अतुलनीय रहेको भन्दै अझै पनि सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो ।

अमार्क एसिया प्यासिफिकका उपाध्यक्ष सुवास खतिवडाले रेडियोको औचित्यता अहिले पनि समाजमा रहेको भन्दै सूचनाको माध्यममध्ये यो विश्वासनीय र समुदायको रुचि र चाहनालाई प्रकट गर्ने उपयुक्त माध्यम भएको बताउनुभयो । उहाँले रेडियोमार्फत समुदायको सहभागिता र सक्रियतालाई ध्यान दिइनुपर्ने बताउनुहुँदै रेडियोले इन्टरनेटको पहुँच नपुगेको ठाउँमा सूचना तथा सन्देश प्रवाहमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

रेडियो सगरमाथा सञ्चालक समितिका अध्यक्ष घमराज लुइँटेलले रेडियोले विभिन्न समयमा सङ्घर्षका चरण पार गर्दै लोकतान्त्रिक परिवेश निर्माणका लागि रेडियोले अनवरतरुपमा सशक्त भूमिका निर्वाह गरेको बताउनुभयो । सामाजिक सञ्चारमा फैलिने गलत सूचनाको कारण मानिसलाई गुमराहमा राख्ने अवस्था आएको भन्दै स्वतन्त्र सामुदायिक रेडियोको आवश्यकता रहेको बतनउनुभयो । सञ्चारिका समूहकी पूर्वअध्यक्ष नितु पण्डितले रेडियो सगरमाथाले समाजलाई पु¥याएको योगदानको स्मरण गर्दै महिलाहरुको आवाजलाई बुलन्द पार्न र उनीहरुलाई नेतृत्वमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

रेडियो सगरमाथाका स्टेसन म्यानेजर उर्वशी बस्नेत न्यौपानेले सामुदायिक रेडियो सगरमाथाले राष्ट्रिय तथा समुदायस्तरमा सञ्चार सेवा पुर्याउँदै आएको बताउँदै जनता र नीति निर्माताको बीचमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । नेपाल वातावरण पत्रकार समूहद्वारा सञ्चालित दक्षिण एसियाको पहिलो स्वतन्त्र सामुदायिक प्रसारण सेवा रेडियो सगरमाथाको सुरुआत विसं २०५४ जेठ ९ गते भएको थियो ।

किम यो जोङले दाबी, “हामीले रुसलाई हतियार दिएका छैनौं, हाम्रो हतियार बेच्नको लागि होइन’

0

काठमाडौं । उत्तर कोरियाका शासक किम जोङ उनकी बहिनी किम यो जोङले रूसलाई उत्तर कोरियाले हतियार दिएको भन्ने अमेरिका र दक्षिण कोरियाको दाबीलाई अस्वीकार गरेकी छन् ।

उत्तर कोरियाको सरकारी समाचार च्यानल केसीएनएका अनुसार किम यो जोङले रुसलाई हतियार दिने कुरा मनगढन्ते र आधारहीन भएको बताउँदै ‘उत्तर कोरियाले देशको सुरक्षाका लागि हतियार बनाएको हो, अरु कुनै देशलाई बेच्न होइन’ भनिन्।

किमकी बहिनीको यो भनाइ यस्तो बेला आएको हो जब अमेरिकाले ३ रुसी कम्पनीमाथि प्रतिबन्ध लगाएको छ । ती कम्पनीलाई उत्तर कोरिया र रुसबीच हतियार सम्झौता गरेको आरोप लागेको थियो ।

वास्तवमा, संयुक्त राष्ट्र (संयुक्त राष्ट्र) ले उत्तर कोरियाको हतियार खरिद बिक्रीमा प्रतिबन्ध लगाएको छ। अमेरिका र पश्चिमी देशहरूले लगातार रुसले उत्तर कोरियाबाट सैन्य प्रविधि र आर्थिक सहायताको बदलामा युक्रेन युद्धका लागि तोपखाना, क्षेप्यास्त्र र अन्य हतियारहरू खरिद गरेको आरोप लगाउँदै आएका छन्।

दक्षिण कोरियाले मार्च २०२३ देखि मार्च २०२४ सम्म उत्तर कोरियाले रुसलाई ७ हजार कन्टेनर हतियार पठाएको दाबी गरेको थियो । बदलामा ९ हजार रुसी कन्टेनर उत्तर कोरिया आएका थिए । यी खाद्यान्न अभावबाट पीडित उत्तर कोरियालाई सहयोग गर्ने वस्तु भएको दाबी गरिएको थियो।

यसैबीच वाशिङटनमा बसेका विज्ञहरूले उत्तर कोरियाले हतियार पठाएको बदलामा स्याटेलाइट प्रविधि प्राप्त गरेको दाबी गरेका छन् । उत्तर कोरियाले हालै आफ्नो सेनाका लागि २४० एमएमको रकेट लन्चर बनाउने बताएको थियो, जसले आफ्नो युद्ध लड्ने क्षमता बढाउनेछ ।

अमेरिकासँगै युक्रेनले पनि रुसले उत्तर कोरियाबाट हतियार खरिद गरेको दाबी गरेको छ । जनवरीमा रुसको खार्किभ सहरमा प्रहार गरिएको क्षेप्यास्त्रको भग्नावशेषबाट यसको पुष्टि भएको दाबी गरिएको थियो । हतियार मात्र नभई रुसले उत्तर कोरियालाई संयुक्त राष्ट्र सुरक्षा परिषद्को सीमाभन्दा बढी परिष्कृत पेट्रोल दिएको अमेरिकाको दाबी छ ।

 

रुसले युक्रेनी क्षेत्रमा आणविक हतियार परीक्षण सुरु गर्‍यो

0

काठमाडौं । युक्रेन युद्धको बीचमा रुसी सेनाले इस्कान्डर र किन्जल मिसाइलको प्रयोग गरी रणनीतिक आणविक परीक्षण सुरु गरेको छ ।

रुसी रक्षा मन्त्रालयले मंगलबार (मे २१) यी परीक्षणहरू युक्रेनको दक्षिणी सैन्य क्षेत्रमा भइरहेको बताएको छ। यो क्षेत्र एकदम ठूलो छ। रुसले परीक्षणहरू कहाँ भइरहेको छ भन्ने ठ्याक्कै बताएको छैन।

अल जजीराका अनुसार रुसले यो क्षेत्र युद्धको सुरुवाती दिनमा कब्जा गरेको थियो । बेलारुस पनि यस परीक्षणमा सहभागी हुने अपेक्षा गरिएको छ। गत वर्ष रुसले बेलारुसमा सामरिक आणविक हतियार तैनाथ गर्ने घोषणा गरेको थियो ।

रुसले यो परीक्षणबाट पश्चिमी देशहरूको धम्कीको जवाफ दिने प्रयास गरिरहेको छ । गत महिना मात्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनालाई आणविक हतियार अभ्यास गर्न आदेश दिएका थिए । यसमा उनले युक्रेनी सीमा नजिक तैनाथ नौसेना र सैनिकलाई पनि सहभागी हुन आग्रह गरेका छन् ।

रुसले यस्तो समयमा परीक्षण गरिरहेको छ जब केही दिनअघि नेटो र पश्चिमी देशहरूले युक्रेनलाई सहयोग गर्न सेना पठाउन आग्रह गरेका थिए । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले गत महिना युक्रेनले सहयोग मागेमा त्यहाँ आफ्ना सेना पठाउन सक्ने बताएका थिए।

बेलायती विदेशमन्त्री डेभिड क्यामरुनले पनि युक्रेनले चाहेमा रुसमाथि आक्रमण गर्न बेलायती हतियार प्रयोग गर्न सक्ने बताएका थिए ।

अमेरिकाले अप्रिलमा युक्रेनलाई १२ एटीएसीएमएस मिसाइल दिएको थियो । यसको दायरा ३०० किलोमिटर छ, जसको मतलब यदि यसलाई युद्धमा प्रयोग गरियो भने, यसले रूस भित्र ३०० किलोमिटरसम्म आक्रमण गर्न सक्छ।

यसपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गत हप्ता मात्रै युक्रेनको भ्रमण गरेका थिए । ब्लिन्केनले भनेका थिए कि आज धेरैजसो संसार स्वतन्त्र संसारको लागि लडिरहेको छ।

रुस र युक्रेनबीचको युद्ध फेब्रुअरीमा तेस्रो वर्षमा पुग्यो । युक्रेनको हतियार र सैनिक दिनप्रतिदिन घट्दै गएका छन् । युक्रेन र रुस युद्धमा हालसम्म ५० हजारभन्दा बढी रुसी सैनिकको मृत्यु भइसकेको बीबीसीले जनाएको छ ।

युद्धको दोस्रो वर्षमा रूसले २७ हजार ३०० सैनिक गुमाएको थियो । प्रतिवेदनमा मृत्यु हुनेको संख्या अनुमानभन्दा बढी हुन सक्ने पनि बताइएको छ ।

यसअघि फेब्रुअरीमा राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पनि युक्रेनी सैनिकको मृत्यु भएको जानकारी दिएका थिए । जेलेन्स्कीका अनुसार युद्धमा अहिलेसम्म ३१ हजार युक्रेनी सैनिकले मात्रै ज्यान गुमाएका छन् । तर, अमेरिकी गुप्तचरका अनुसार ७० हजारभन्दा बढी युक्रेनी सैनिकको मृत्यु भइसकेको छ ।

कांग्रेसले गृहमन्त्रीमाथि छानबिनको माग गर्दै प्रदर्शन गर्ने

0
फाइल तस्बिर

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग गर्दै सदनका साथै सडक संघर्ष निर्णय गरेको छ।

बुधबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनका साथै पीडितहरुको बचत फिर्ता गर्न दबाब दिनका लागि सदनका साथै सडकबाट संघर्ष गर्ने निर्णय गरेको हो।

पहिलो चरणमा काठमाडौं उपत्यकामा व्यापक प्रदर्शन गर्ने र त्यसपछि क्रमशः प्रदेशमा प्रदर्शन गर्ने कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाले जानकारी दिइन्।

प्रदर्शनका लागि नेविसंघ, तरुण दल, महिला संघलगायतका संगठनलाई सडकमा उतार्ने तयारी कांग्रेसले गरेको छ। संग्रौलाले वर्तमान सरकार अलोकतान्त्रिक र असंवैधानिक बाटोमा हिडिरहेको आरोप लगाइन्।

त्यस्तै बैठकले संसदमा गृहमन्त्रीको अभिव्यक्ति अमर्यादित र बदनियतपूर्ण भएको भन्दै आपत्ति जनाएको संग्रौलाले जानकारी दिइन्। त्यस्तै कैलाश सिरोहियालाई पक्राउ गर्ने कदम लोकतन्त्रमाथिको हमला भएको भन्दै भत्र्सना गरिएको उनले बताइन्। त्यस्तै कांग्रेसले गिरिबन्धुको जग्गा प्रकरणको विषयलाई पनि शसक्त रुपमा अघि उठाउने संग्रौलाले बताइन्।

 

गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

0

काठमाडौं। सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलविरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ। न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्ध पेश भएको रिट निवेदन दर्ता गर्न आदेश दिएको हो।

अधिवक्ता अनुपम भट्टराईले महान्यायाधिवक्ता कार्यालयबाट उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सहकारीको प्रकरणमा कुनै उजुरी नपरेको भन्ने आशयको पत्रको वैधतामाथि प्रश्न उठाई रिट पेश गरेका थिए। उनले पेश गरेको रिट निवेदन दर्ता गर्न सर्वोच्च प्रशासनले अस्वीकार गरेपछि भट्टराईले अर्को रिट लिएका थिए। सोहि रिटमाथि सुनुवाई गर्दै बुधबार सर्वोच्चले दरपीठ आदेश खारेज गरेको हो ।
सर्वोच्च अदालतको यो आदेशपछि अधिवक्ता भट्टराईले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन दर्ता हुने भएको छ।

 

सन्दीपले अमेरिकाको भिसा पाएनन्

0

काठमाडौं। अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ।

सन्दीपले सामाजिक संजालमा पोस्ट गर्दै अमेरिकाले आफुलाई भिसा दिन अस्वीकार गरेको जानकारी दिएका छन्। उनलाई यस अघि २०१९ मा पनि अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो। सन्दीप आइसीसी टी–२० विश्वकपका लागि नेपाली टिममा सामेल हुन अमेरिका जाने तयारीमा थिए।

पाटन उच्च अदालतले सफाई दिएपछि क्यानले उनलाई टिममा सामेल गर्ने प्रक्रिया शुरु गरेको थियो।

 

कैलाश सिरोरियाको पक्राउः दुई धारमा विचार विभाजित

0

जेष्ठ ८ गते मंगलबार आफ्नै कार्यकक्ष कान्तिपुर मिडिया हाउसबाट कान्तिपुर मिडिया हाउसका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेपछि संचार क्षेत्र मात्र नभई राजनीतिक क्षेत्रसमेत तरंगित भएको छ ।

सिरोहिया किर्ते नागरिकता काण्डमा पक्राउ परेका हुन् । उनलाई पक्राउ गरेलगत्तै मंगलबार साँझ नै उनलाई सडकमार्ग हुँदै धनुषा जनकपुर लगिएको र बुधबार अदालतमा उपस्थित गराइएकोमा तीन दिन हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत धनुषाले अनुमति दिएको छ ।

कान्तिपुर मिडिया हाउस परिसरमा पक्राउपुर्जी लिएर सिरोहियालाई हिरासतमा लिन पुगेका प्रहरीलाई सिरोहियाले आपूmलाई गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीका घटनाहरु क्रमश मिडियामा ल्याएको रिसइबी साँध्न पक्राउ गरेको आरोप लगाउँदै आपूm विरुद्ध नागरिकतासम्बन्धी जाहेरी परेकामा कानुनलाई सघाउन तयार रहेको बताउँदा बताउँदै पनि राज्यले यसरी धरपकड गरेकामा यस घटनालाई उनले समग्र पत्रकारिता र मिडियामाथिको प्रहार र लोकतन्त्रको उपहास बताए ।

आज बुधबार राजधानीबाट प्रकाशन हुने सम्पूर्ण प्रायः राष्ट्रिय दैनिकहरुले सिरोहियाको पक्राउको विरोध गर्दै कान्तिपुर मिडिया हाउसको समर्थनमा राज्य, विशेष गरी गृह मन्त्री रवि लामिछानेको विरोधमा हेडलाइन समाचार प्रकाशित गरेका छन् ।

नेपालका वरिष्ठ पत्रकार कहलिएकाहरुले समेत सिरोहियाको समर्थनमा सामाजिक संजाललगायत विभिन्न संचारमाध्यममा मन्तव्य दिइरहेका छन् । यसै सन्दर्भमा जनता जान्न चाहन्छन् कार्यक्रमका संचालक ऋषि धमला सिरोहियाको समर्थनमा खरो रुपमा उत्रिएका छन् । उनले भने, “कैलाश सिरोहियालाई पक्राउ गर्नु भनेको मिडियामाथिको ठाडो हस्तक्षेप हो ।”
त्यस्तै सिधा कुरा जनतासँगका प्रस्तोता युवराज कँडेलले सामाजिक संजालमा पोस्ट गर्दै भनेका छन्, “तीन ओटा नागरिकता, अंगीकृतका छोरासँग वंशजको नागरिकता, त्यही आरोपमा अनुसन्धान गर्न पक्राउ गर्दा प्रेस स्वतन्त्रता हनन? कि कान्तिपुरका साहुले जे अपराध गर्न पनि छुट हुने हो ? कि उनीमाथि अनुसन्धान गर्नै नहुने हो ? जसलाई आफ्नै (असली) नागरिकता कुन हो भन्ने समेत थाहा छैन, उनलाई मिडियाको साहु भएकै कारण जोगाइदिनुपर्ने अचम्म छ ।”

कैलाश सिरोहियाको पक्राउमा नेपाली काँग्रेसका नेताहरु सिरोहियाको पक्षमा खडा भई राज्य विरुद्ध उभिएका छन् यसबाट विशेष गरी कान्तिपुर मिडियाको राजनीतिक पहुँचो सहजै अनुमान गर्न सकिन्छ ।

स्मरण रहोस्, कैलाश सिरोहिया मिडियासम्बन्धित कसुरमा नभई किर्ते नागरिकतासम्बन्धमा धनुषा जिल्ला अदालतमा परेको जाहेरीको आधारमा जिल्ला अदालत धनुषाले अनुसन्धान गर्न पक्राउ आदेश दिएको आधारमा पक्राउ परेका हुन् न कि गृह मन्त्रीको आदेशमा पक्राउ परेका हुन् ।

राम कुमार घले