Wednesday, May 13, 2026
Home Blog Page 777

राष्ट्र समृद्ध बनाउन एकताबद्ध निर्णायक शक्ति आवश्यक छ : अध्यक्ष ओली

0

काभ्रेपलाञ्चोक: नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र समृद्ध बनाउन एकताबद्ध राष्ट्रिय शक्ति निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ । धुलिखेलमा आज आयोजित एमाले काभ्रेपलाञ्चोक जिल्ला कमिटीको ११औँ अधिवेशन उद्घाटन गर्दै उहाँले एकताबद्ध राष्ट्रिय शक्ति निर्माण नभएसम्म समृद्धिको अभियानमा व्यवधान गर्नेलाई परास्त गर्न नसकिने बताउनुभयो । उहाँले ‘मिसन ०८४’ मार्फत राष्ट्रिय शक्ति निर्माण गर्ने सङ्कल्पसहित एमालेले अभियान सुरुआत गरिसकेको बताउनुभयो । “राष्ट्रिय शक्ति निर्माण नभएसम्म सुशासनसहितको समृद्धि प्राप्त गर्न सकिँदैन, त्यसैले निर्णायक तहमा राष्ट्रिय शक्तिको आवश्यकता परेको हो”, अध्यक्ष ओलीले भन्नुभयो,“त्यसका लागि एमालेले मिसन ८४ लाई टर्निङ प्वाइन्टका रुपमा लिन्छ, सोहीअनुसार सम्पूर्ण पार्टीपङ्क्ति लाग्नु पर्छ ।” पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले ‘समृद्ध नेपाल–सुखी नेपाली’को अभियानलाई सार्थकता दिन आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउनुपर्ने बताउनुभयो । “एमाले सत्तामा जान मिसन ०८४ भनेको हैन, नागरिकलाई उत्पादनशील जनशक्ति बनाएर सबै नेपालीलाई सुखी बनाउनका लागि हो, अन्य पार्टीले पनि सोही सिको गरेका छन्”, उहाँले भन्नुभयो।

अध्यक्ष ओलीले पूर्वाधारलाई आधार बनाएर कृषि क्षेत्रलाई आधुनिकीकरण, औद्योगिकीकरण तथा उत्पादनमूलक बनाउनुपर्नेमा समेत जोड दिनुभयो । कृषि क्रान्तिलाई असाधारणरुपमा लैजानसके मात्र नागरिकलाई समृद्ध र सुखतर्फ डो¥याउन सकिने उहाँको भनाइ थियो । अध्यक्ष ओलीले देशैभर एमाले जिल्ला अधिवेशनको लहर चलिरहेकाले ‘प्यानल’ बनाएर हैन एकताका साथ नेतृत्व चयन गर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

कार्यक्रममा एमालेका स्थायी कमिटी सदस्य गुरु बरालले नवप्रवर्तनका कार्यक्रममार्फत विदेशिने जनसङ्ख्यालाई स्वदेशमै परिचालन गनुपर्ने बताउनुभयो । पार्टीका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले एमालेको समृद्धिको अभियानलाई अगाडि बढाउन पार्टी सङ्गठनलाई एकतावद्ध र बलियो बनाउन लाग्नुपर्ने बताउनुभयो । पोलिटब्युरो सदस्य कृष्ण राई र वाग्मती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलले एमालेको मिसनले हरेक क्षेत्रमा उत्साह पैदा भएकाले थप क्रियाशील भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष श्रेष्ठसहित नौजना पक्राउ

0

काठमाडौँ: केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले ठगी मुद्दामा अनुसन्धानका लागि सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित नौजनालाई पक्राउ गरेको छ । ठगी मुद्दामा अनुसन्धानका लागि तत्कालीन अध्यक्ष राजेश श्रेष्ठ, सुनिलकुमार न्यौपाने, प्राडा गीता प्रधान, रमेशकुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेशकुमार दली, उमाकुमारी श्रेष्ठ, शिवगोपाल रिसाल तथा अभिषेक बज्राचार्यलाई पक्राउ गरिएको सीआइबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बोटगीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ठगीको मुद्दामा अनुसन्धानका लागि सेञ्चुरी बैंकका नौजना पक्राउ परेका छन्, अभिषेक बज्राचार्यलाई सुनसरीबाट आज पक्राउ गरिएको हो ।”

यसअघि कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा गत फागुन १५ गते सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज न्यौपाने र तुलसी गौतमसहितका अन्य कर्मचारी पक्राउ परेका थिए । सेञ्चुरी बैंकमा रहँदा कमसल धितोमा रु दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार कर्जा प्रवाह गरेको सिआइबीको अनुसन्धानले देखाएको छ । उक्त ऋण धितोभन्दा रु ९७ करोड ४१ लाख ७० हजार ७७२ ले बढी पाइएको सीआइबीको दाबी छ । बयानपछि पक्राउ परेका सबै गत चैतमा हाजिर जमानीमा छुटेका थिए । हाल सेञ्चुरी बैंक प्रभु बैंकमा गाभिइसकेको छ ।

देउराली बहुउद्देशीय सहकारी संस्था लिमिटेडका अध्यक्ष रवीन्द्र चौलागाईंको योजना र मिलेमतोमा सेञ्चुरी बैंकका तत्कालीन चिफ क्रेडिट अफिसर राजेश भण्डारी, तत्कालीन सिइओ न्यौपाने, त्यसअघिका सिइओ गौतमलगायतका व्यक्तिले कमिसन लिई कम धितो राखेर बढी ऋण प्रवाह गरी बैंकलाई हानी नोक्सानी पु¥याएको आरोप छ । बचतकर्ताको रु सात अर्ब हिनामिनाको आरोप लागेका देउरालीका अध्यक्ष चौलागाईं अहिले प्रहरी हिरासतमा रहेका छन् । देउराली सहकारी र रवीन्द्र चौलागाईंका विभिन्न कम्पनीलाई कमसल धितोकै आधारमा बैंकबाट कर्जा प्रवाह गरी घोटाला गरेको उनीहरुमाथि आरोप लागेको छ ।

महिलामन्त्री चौधरी र चिनियाँ कूटनीतिज्ञ लिउ युहे नेतृत्वको टोलीबीच भेट

0

काठमाडौँ: महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीसँग चिनियाँ कूटनीतिज्ञ लिउ युहे नेतृत्वको टोलीले भेट गरेको छ । आज मन्त्रालयमा भएको भेटमा उहाँहरुबीच राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सञ्चालित महिला सशक्तीकरणसम्बन्धित विभिन्न कार्यक्रमबारे छलफल भएको थियो । मन्त्री चौधरीले महिलाविरुद्ध हुने कूरीति, सामाजिक भेदभाव, जोखिममा परेका महिलाको उद्धार तथा संरक्षण र रोजगारी सिर्जनालगायतका क्षेत्रमा सहयोग गर्न चिनियाँ टोलीसमक्ष आग्रह गर्नुभयो ।

एसिया–अफ्रिका क्षेत्रका लागि महिला सशक्तीकरण र विकास समाज (वेड्स)का तर्फबाट गरिएको भेटमा मन्त्री चौधरीले नेपाल सरकारका तर्फबाट आवश्यक सहयोग र सहकार्यको प्रतिबद्धता व्यक्त गर्दै शिक्षा, स्वास्थ्य, रोजगार सिर्जना र उत्पादनका क्षेत्रमा काम गर्न आह्वान गर्नुभयो । उहाँले बालसुधार गृहमा रहेका बालबालिकाहरु उपल्लो तहमा गइसकेपछि शिक्षाबाट बञ्चित हुने अवस्था रहेको भन्दै त्यस क्षेत्रमा पनि योगदान दिन आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

त्यस अवसरमा युहेले महिलाको प्रगति, डिजिटल सशक्तीकरण र हरित विकाससम्बन्धी कार्यक्रमबारे मन्त्री चौधरीलाई जानकारी गराउनुभएको थियो । साथै बेड्सको सल्लाहकारको भूमिका निर्वाह गरिदिनका लागि मन्त्री चौधरी समक्ष आग्रह गर्नुभएको थियो । भेटमा वेड्सका अध्यक्ष झाव मेइलिङले सन् २०२४ को नोभेम्बरबाट एसिया र अफ्रिकाका पाँच देशमा उक्त कार्यक्रम सुरु हुन लागेको जानकारी गराउनुभएको थियो ।

भारत भ्रमणबाट दुई देशबीच आपसी सद्भाव अभिवृद्धि भएको छ : प्रधानमन्त्री दाहाल

0

प्रधानमन्त्री दाहालसँग भारतीय सङ्घीयमन्त्री जयशङ्करको भेटवार्ता

0

राष्ट्रपति पौडेल जेनेभा जाँदै

0

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेल सोमबार स्विट्जरल्यान्डको जेनेभा जानुहुने भएको छ । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस्) को उद्घाटन मञ्चमा सहभागी हुन उहाँ त्यसतर्फ जान लाग्नुभएको हो ।

राष्ट्रपति पौडेलले यही जेठ ३१ गते सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन मञ्चलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँले यही जेठ ३० गते स्विस महासङ्घका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । नेपालका राष्ट्र प्रमुख र स्विस महासङ्घका राष्ट्रपतिबीच यसरी द्विपक्ष्ािय भेटवार्ता हुन लागेको यो पहिलोपटक भएको बताइएको छ । भ्रमणपछि राष्ट्रपति पौडेल आगामी असार १ गते जेनेभाबाट जर्मनीको बर्लिन प्रस्थान गर्नुहुने परराष्ट्र मन्त्रालयलका कार्यवाहक सचिव एवं प्रवक्ता अमृतबहादुर राईले जानकारी दिनुभयो ।

उहाँले सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैंक–वाल्टर स्टिनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लाग्नुभएको हो । राष्ट्रपति पौडेलले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक वार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । विश्व समुदायको साझा मञ्चमा नेपालका राष्ट्र प्रमुखले आफ्ना विचार राख्न पाउने अवसर देश र जनताका लागि महत्वपूर्ण अवसर भएको बताइएको छ ।

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले आइएलओको सम्मेलनमा मुख्य वक्ताका रुपमा राष्ट्रपतिलाई आमन्त्रण गरिनुले संयुक्त राष्ट्र सङ्घले सामाजिक न्यायको कार्यसूचीलाई हाम्रो संविधान र सङ्घीय लोकतन्त्रान्त्रिक गणतन्त्रले पूर्ण रुपले आत्मसात् गरेको विषयलाई अन्तर्राष्ट्रियजगत्मा स्थापित गरेको रुपमा बुभm्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “लामो समयपछि हाम्रो राष्ट्र प्रमुखको युरोपका महत्वपूर्ण मुलुकका राष्ट्र प्रमुखहरुसँग द्विपक्षीय भेटवार्ता हुँदैछ, यसले हाम्रो मुख्य सहयोगी साझेदार मुुलुकहरु जर्मनी र स्विट्जरल्यान्डको सम्बन्ध थप सुदृढ हुने अपेक्षा गर्न सकिन्छ ।” जर्मनी र स्विट्जरल्यान्डका राष्ट्र प्रमुखसँगको द्विपक्षीय भेटवार्ताले नेपालको आर्थिक विकासमा थप अभिवृद्धि गर्न अवसरको नयाँ बाटो खुल्ने प्रेस सल्लाहकार पोखरेल बताउनुहुन्छ ।

नेपालको संविधान र व्यवस्थाले आइएलओले सामाजिक न्यायका पक्षमा उठाउँदै आएका विषयलाई हाम्रो व्यवस्थाले आत्मसात् गरेको भनेर नै राष्ट्रपति पौडेललाई आफ्ना अनुभव आदानप्रदान गर्न मुख्य वक्ताका रुपमा आमन्त्रण गरिएको हो । सामाजिक न्याय र स्वतन्त्रताका लागि राष्ट्रपति पौडेलले लामो समय अनवरत रुपमा गर्नुभएको त्याग, सङ्घर्ष र समर्पणलाई आइएलओले कदर गरेर मुख्य वक्ताका रुपमा आमन्त्रण गरेको उहाँले उल्लेख गर्नुभयो ।

राष्ट्रपति पौडेलका साथ उहाँकी धर्मपत्नी सविता पौडेल रहनुहुनेछ । प्रतिनिधिमण्डलका अन्य सदस्यहरुमा राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरु, स्विट्जरल्यान्ड र जर्मनीका लागि नेपाली राजदूतहरु तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु रहुनुहुनेछ । राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्कनु हुनेछ ।

सातदोबाटोको पौडी पोखरीमा एक युवकको मृत्यु

0

काठमाडौँ । ललितपुरको सातदोबाटोस्थित नेपल पौडीसंघको पौडी पोखरीमा पौडी खेल्न गएका एक युवकको डुबेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीका अनुसार पौडी खेल्ने क्रममा अचेत भएका २३ वर्षीय उज्ज्वल श्रेष्ठको मृत्यु भएको हो।

पौडी पोखरीमा अचेत भएपछि उनलाई उपचारको लागी बी एण्ड बि अस्पतालमा लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको हो । श्रेष्ठ ललितपुर स्थित बाफलमा बस्दै आएका ललितपुर महांकाल गाउँपालिका–३ का स्थानीय बासिन्दा हुन् ।

 

सन्दीप पुगे वेस्ट इन्डिज: दर्शकले सन्दीपको खेल हेर्न पाउने

0

काठमाडौँ । अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी पुरुष टी-२० विश्वकपमा सन्दीप लामिछानेले खेल्ने भएका छन्। अमेरिकाले २ पल्ट लामिछानेको भिसा इन्कार गरेपछि अन्योलमा रहेको उनको विश्वकप यात्रा अन्योल रहे तापनि वेस्ट इन्डिजमा हुने खेलमा भाले लामिछाने सहभागी हुने क्यानले जनाएको हो।
सोमबार एक विज्ञप्ति जारी गर्दै क्यानले जानकारी दिएको थियो।

 

 

दुई देशमा गैरआवासीय राजदूत नियुक्त

0

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा स्विट्जरल्यान्डका लागि नेपालको आवासीय राजदूत रामप्रसाद सुवेदीलाई आज सान मारिनोका लागि समेत गैरआवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ ।

यसैगरी, राष्ट्रपति पौडेलले आजै संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका लागि स्थायी प्रतिनिधि लोकबहादुर थापालाई गणतन्त्र निकारागुवाका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले उहाँहरुलाई नेपालको संविधानको धारा, २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा गैरआवासीय राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विश्वकप टी-२०क्रिकेट : भारतद्वारा पाकिस्तान पराजित

0

काठमाडौँ: भारतले पाकिस्तानलाई ६ रनले पराजित गदै आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । पहिलो खेलमा भारतले आयरल्यान्डलाई पराजित गरेको थियो ।

अमेरिकाको न्युयोर्कमा गए राति सम्पन्न खेलमा भारतले दिएको एक सय सय २० रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय १३ रनमा समेटियो । पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ३१ रन बनाए । त्यस्तै इमाद वासिमले १५ रन रन बनाउँदा बाबर आजम, उस्मान खान र फखर जमानले समान १३/१३ रन बनाए । पाकिस्तानलाई एक सय १३ रनमा समेट्ने क्रममा भारतका जस्प्रित बुम्राहले तीन विकेट लिए भने हार्दिक पन्ड्याले २ विकेट झारे । त्यस्तै अश्रदिप सिंह र अक्षर पटेलले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले १९ ओभरमा सबै १० विकेट गुमाउँदै एक सय १९ रनको योगफल बनाएको थियो । भारतका लागि रिशभ पन्तले सर्वाधिक ४२ रनको योगदान दिए । उनले ३१ बलमा ६ चौकासहित ४२ रन बनाए हुन । यस्तै अक्षर पटेलले १८ बलमा २० तथा कप्तान रोहित शर्माले १२ बलमा १३ रन जोडे । पाकिस्तानका लागि नसिम शाह र हरिस रौफले समान तीन तीन विकेट लिए भने मोहम्मद आमिरले २ विकेट लिए । त्यस्तै शाहिन शाह अफ्रिदीले एक विकेट झारे । यसहारसँगै पाकिस्तानको अन्तिम आठमा पुग्ने सम्भावनामा न्यून भएको छ ।

पाकिस्तानको यो लगातार दोस्रो हार हो । यसअघि पाकिस्तान अमेरिकासँग पराजित भएको थियो । यस जितसँगै भारतले दुई खेलमा ४ अङ्क जोडेको छ । अमेरिकाको पनि दुई खेलमा समान ४ अङ्क नै छ । क्यानाडाको दुई खेलमा २ अङ्क रहेको छ । पाकिस्तानको दुई खेलमा र आयरल्याण्डको एक खेलमा अङ्कविहीन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?