Facebook
Sign in
  • News
  • Fashion
  • Gadgets
  • Lifestyle
  • Video
Sign in
Welcome!Log into your account
Forgot your password?
Password recovery
Recover your password
Search
Logo
Wednesday, May 13, 2026
Facebook
Logo
  • होमपेज
  • सामाचार
  • टृब्युन स्पेसल
  • राजनीति
  • देश र प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • प्रवास
    • अमेरिका
    • क्यानाडा
    • यूरोप
    • मध्य पूर्वी
    • अस्ट्रेलिया
    • जापान
    • कोरिया
  • अर्थ र ब्यापार
  • मनोरन्जन
  • अन्य
    • अन्तरवार्ता
    • खेलकुद
    • विचित्र संसार
    • बालसंसार
    • कला/साहित्य
    • सुन्दर नेपाल
    • सुन्दर नेपाल
    • सूचना प्रविधि
    • स्वास्थ्य र जीवनशैली
  • भिडियो
  • English
Homeराजनीतिप्रधानमन्त्री दाहालसँग भारतीय सङ्घीयमन्त्री जयशङ्करको भेटवार्ता

प्रधानमन्त्री दाहालसँग भारतीय सङ्घीयमन्त्री जयशङ्करको भेटवार्ता

Himalayan Tribune
By Himalayan Tribune
June 10, 2024
0
141
Share
Facebook
Twitter
Pinterest
WhatsApp
    काठमाडौँ: छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भारतका नवनियुक्त सङ्घीयमन्त्री एस जयशङ्करले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री दाहाल बस्नुभएको होटल ताजमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र विगतमा भएका सम्झौता एवं समझदारी कार्यान्वयनका विषयमा छलफल भएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
    सो अवसरमा प्रधानमन्त्री दाहालले भारतको मन्त्री पदमा नियुक्त हुनुभएकोमा जयशङ्करलाई हार्दिक बधाई एवं कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा दुई देशबीच रहीआएको आपसी एवं जनस्तरको सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी मन्त्री जयशङ्करले प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुनुभएकोमा प्रधानमन्त्री दाहाल र नेपाल सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो ।
    उहाँले दुई देशबीच भएका सम्झौता एवं समझदारीको कार्यान्वयनमा भारत सरकार गम्भीरतापूर्वक लागेको र सन्तोषजनक प्रगति भइरहेको जानकारी गराउनुभएको थियो । भेटमा प्रधानमन्त्रीका सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत भारतस्थित नेपाली राजदूतावासका उच्च अधिकारी तथा भारतको विदेश मन्त्रालयका उच्चअधिकारीहरू सहभागी हुनुहुन्थ्यो । –––
    Share
    Facebook
    Twitter
    Pinterest
    WhatsApp
      सम्बन्धित समाचार
      राजनीति

      कांग्रेस उपसभापति शर्मासहितका नेता ओली निवास गुण्डुमा

      May 12, 2026
      राजनीति

      नेतृत्व फेरिए पनि कांग्रेसमा शक्ति संघर्ष जारी, १५औँ महाधिवेशनको तयारी तीव्र

      May 12, 2026
      राजनीति

      रास्वपा सरकारलाई प्रचण्डका ७ सुझाव, ‘दुई तिहाइलाई अहंकारको मलखाद नबनाउनू’

      May 12, 2026
      - Advertisment -spot_img

      ताजा समाचार

      कांग्रेस उपसभापति शर्मासहितका नेता ओली निवास गुण्डुमा

      May 12, 2026

      अध्यागमनसम्बन्धी कानुन संशोधन विधेयकको मस्यौदा तयार, ७ दिनभित्र सुझाव माग

      May 12, 2026

      अमेरिकाद्वारा इरानको १४ बुँदे प्रस्ताव अस्वीकार, तनाव थप बढ्ने संकेत

      May 12, 2026

      नेतृत्व फेरिए पनि कांग्रेसमा शक्ति संघर्ष जारी, १५औँ महाधिवेशनको तयारी तीव्र

      May 12, 2026

      स्मार्ट सेल विवादः लाइसेन्स खारेजीदेखि अर्बौं बक्यौता र सम्पत्ति स्वामित्वसम्म

      May 12, 2026
      Load more

      धेरै कमेन्ट गरिएका

      कांग्रेस उपसभापति शर्मासहितका नेता ओली निवास गुण्डुमा

      May 12, 2026

      प्रधानमन्त्री ओली गृहजिल्ला झापा जाँदै, औद्योगिक पार्क शिलान्यास गर्ने

      February 28, 2021

      सुवास नेम्वाङको टिप्पणी : अविश्वास प्रस्तावको हरिबिजोग भयो

      February 28, 2021

      खेलबिहीन नेपाली क्रिकेट, अन्यौलमा क्यान

      February 28, 2021

      नयाँ सरकार गठनको रस्साकस्सी : ओली रोज्ने कि प्रचण्ड–नेपाल भन्नेमा जसपामा दुई धार

      February 28, 2021

      हिमालयन ट्रिब्युनको लागि

      • सौरपानी मिडिया प्रा.लि. अन्तरगत
      • प्रकाशक: साहित्यसागर श्रोत केन्द्र
      • सम्पादक: गजे घले
      • व्यवस्थापक: आशिष पोखरेल
      • CONTACT
      • Balaju 16 Kathmandu Metropolitan City, Bagmati Province, Nepal
      • Phone No: 9851239436 US Office 4725 Fall Avenue, Richmond CA 94804, USA Phone: 1-5103236802
      Copyright © 2026 Himalayan Tribune | Powered by Himalayan Tribune