Facebook
Sign in
  • News
  • Fashion
  • Gadgets
  • Lifestyle
  • Video
Sign in
Welcome!Log into your account
Forgot your password?
Password recovery
Recover your password
Search

Logo

Thursday, May 14, 2026
Facebook

Logo

  • होमपेज
  • सामाचार
  • टृब्युन स्पेसल
  • राजनीति
  • देश र प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • प्रवास
    • अमेरिका
    • क्यानाडा
    • यूरोप
    • मध्य पूर्वी
    • अस्ट्रेलिया
    • जापान
    • कोरिया
  • अर्थ र ब्यापार
  • मनोरन्जन
  • अन्य
    • अन्तरवार्ता
    • खेलकुद
    • विचित्र संसार
    • बालसंसार
    • कला/साहित्य
    • सुन्दर नेपाल
    • सुन्दर नेपाल
    • सूचना प्रविधि
    • स्वास्थ्य र जीवनशैली
  • भिडियो
  • English
Home Blog Page 749

टीकापुरमा असल करदातालाई सम्मान

By
Himalayan Tribune
-
July 1, 2024
0

टीकापुर (कैलाली): कैलालीको टीकापुर नगरपालिकाले असल करदातालाई सम्मान गरेको छ । नगर प्रमुख रामलाल डगौरा थारुले समयमै नियमित कर बुझाउने नौवटै वडाका एक संस्था र २४ जनालाई सम्मान गर्नुभएको हो । यसरी सम्मानित पूर्णबहादुर विष्ट, पर्शुराम चपाई, रत्ना दमाई, गौरीशङ्कर चौधरी, जानकीदेवी सेठी, रामेश्वर थारु, सीता चौधरी, कृष्णबहादुर रावल , पदमबहादुर बम, शिवलाल चौधरी, ललिता कोइराला, प्रेमबहादुर चौधरी, सावित्री विष्ट, कृष्णप्रसाद चौधरी, युनिक नेपाल लघुवित्त संस्था लिमिटेड शाखा, दानबहादुर चौधरी, मुन्नालाल चौधरी हुनुहन्छ छ ।

यसैगरी विश्राम कुश्मी, डबलबहादुर रावल, पवित्रादेवी शाह, बाबुराम चौधरी, नन्दसिंह साउँद,सन्तराम चौधरी, खुशीराम डगौरा थारु, पार्वती बुढालाई सम्मान गरिएको छ । सम्मानित रावलले कर बुझाउँदा पहिलो चौमासिक र दोस्रो चौमासिकमा बुझाउनेलाई छुटको व्यवस्था गरेमा कर समयमै बुझाउने बानी विकास हुने बताउनुभयो । “पहिलो चौमासिकमा १५ प्रतिशतसम्म र दोस्रो चौमासिकमा १० प्रतिशत छुट दिने व्यवस्था स्थानीय पालिकाले गर्नुपर्छ”, उहाँले भन्नुभयो, “ढिलो गर्नेलाई त्यहीअनुसार कारबाही पनि गर्नुपर्छ ।”

यसैगरी सम्मानित चौधरीले कर समयमै तिर्नुपर्ने जनाउँदै नागरिकले तिरेको कर सबैलाई काम लाग्ने गरी उपलब्धि देखिनुपर्ने बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दमनसिंह चौधरीले भन्नुभयो, “ समयमै कर बुझाउँदा आफ्नै ठाउँको विकास हुन्छ ।” नगर प्रमुख थारुले नियमित कर बुझाउने नागरिक असल करदाता भएका जनाउँदै कर बुझाएको रकम विकासका लागि आउने भएकाले, समयमै कर बुझाउने करदातालाई धन्यवाद दिनुभयो । “पालिकाले आन्तरिक आय बढाउन, समयमै कर बुझाउनुपर्छ भन्ने जनचेतना जगाउन हरेक वर्ष असल करदातालाई सम्मान गर्दै आएको छ”, उहाँले भन्नुभयो, “कर सङ्कलन भएर देश चलेको छ । यसैले करदाता सम्मानको हकदार हुनुहुन्छ ।”

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सुरु

By
Himalayan Tribune
-
June 30, 2024
0

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु भएको छ । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रिमोट चलाएर महाधिवेशनको उद्घाटन गर्नुभयो । पाँच दिनसम्म चल्ने महाधिवेशनबाट दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारी चयन गरिने महाधिवेशन आयोजक समितिले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द, लोकतान्त्रिक समाजवादी पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लालगायत नेताहरुको महाधिवेशनमा उपस्थिति रहेको छ ।

महाधिवेशनमा एमालेको भने उपस्थिति रहेको छैन।

 

चितवनमा एक हजार सात सय जनामा डेंगी सङ्क्रमण

By
Himalayan Tribune
-
June 30, 2024
0

चितवन : चितवनमा एक हजार सात सय ७१ जनामा डेंगी सङ्क्रमण देखिएको छ । गत वर्ष साउनदेखि हालसम्ममा परीक्षणका क्रममा उनीहरुमा डेंगी सङ्क्रमण देखिएको हो ।

चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमा सो रोगको सङ्क्रमण देखिएको हो ।

जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार २३ हजार पाँच सय ७१ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा डेंगी सङ्क्रमित फेला परेका हुन् । सङ्क्रमितमध्ये एक हजार दुई सय ६८ जना चितवनका रहेका छन् । ६ सय ६५ पुरुष र ६ सय तीन महिलामा डेंगी सङ्क्रमण देखिएको केसीले जानकारी दिनुभयो ।

यस्तै, ठेगना नखुलेका एक सय ३८ र चितवनबाहेकका जिल्लाबाट उपचार गर्न यहाँ आएका तीन सय ६५ जनामा डेंगी सङ्क्रमण देखिएको छ । एक जनाको उपचारका क्रममा मृत्यु भएको केसीले बताउनुभयो ।

सबैभन्दा बढी भरतपुर महानगरपालिकामा ६ सय ६४ जनामा डेंगी देखिएको छ । खैरहनी नगरपालिकामा एक सय ८७, माडी नगरपालिकामा २९, रत्ननगर नगरपालिकामा दुई सय ३१, राप्ती नगरपालिकामा ७७, कालिका नगरपालिकामा २६ र इच्छाकामना गाउँपालिकामा ५४ जनामा डेंगी सङ्क्रमण देखिएको छ ।

डेंगी रोग सङ्क्रमण भएको पोथी जातको लमखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्दछ । यो रोग चितवनमा पहिलोपटक सन् २००४ मा देखिएको हो । यसबाट बच्न झूल लगाएर सुत्ने, साँझ–बिहान कपडा लगाएर मात्र बाहिर निस्कने, खाल्डाखुल्डीमा पानी जम्न नदिने, टायर, बोतल र ड्रम नियमित सरसफाइ गर्ने तथा पानी जम्न नदिए डेंगी सङ्क्रमण रोकथाम गर्न सकिने केसीले जानकारी दिनुभयो ।

 

प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८१ पारित

By
Himalayan Tribune
-
June 30, 2024
0

काठमाडौँ: प्रतिनिधिसभाले आर्थिक विधेयक, २०८१ पारित गरेको । सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेका ‘आर्थिक विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो ।

उक्त विधेयक माथिको छलफलमा सांसदहरु प्रेम सुवाल, डा. प्रशाकशरण महत, दीलेन्द्रप्रसाद बडू र किरणकुमार साहले भाग लिएका थिए। छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले करका कानुनलाई वैज्ञानिक एवं लगानीमैत्री र पारदर्शी बनाउन आर्थिक विधेयकमा सामान्य हेरफेरको प्रस्ताव गरिएको बताए।

त्यसअघि उक्त विधेयकमाथि सांसद सुवाल र महतले राखेका संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।

 

यूरोकप २०२४: जर्मनी युरोकपको क्वार्टरफाइनलमा

By
Himalayan Tribune
-
June 30, 2024
0

काठमाडौं । जर्मनी युरो २०२४ क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शनिबार रातिभएको खेलमा डेनमार्कलाई २–० गोल अन्तरले पराजित गर्दै जर्मनी अन्तिम ८ मा स्थानमा प्रवेश गरेको हो । जर्मनीको जीतमा केइहार्भाटेज र जमाल मुसेएलाले एक एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा जर्मनीले दुवै गोल दोस्रो हाफमा गरेको हो । जर्मनीका डेभिड रौमले गरेको प्रहारमा डेनमार्कका जाओचिम एन्डरसनले ह्यान्ड गरेको भारमार्फत निश्चितगर्दै पेनाल्टी दिइएको थियो ।

सोही पेनाल्टीलाई जर्मनीका केइ हार्भाटेजले गोलमा परिणत गर्दै अग्रता दिलाए । ६८ औं मिनेटमा जमाल मुसेएलाले गोल गरेपछि घरेलु टोली जर्मनी २–० को सहज अवस्थामा पुगको थियो ।

त्यसपछि थप गोल हुन नसकेपछि अन्ततःजर्मनी २–० को जितका साथ क्वार्टरफाइनलमा स्थानपक्का गर्न सफल भयो । जर्मनीले क्वार्टरफाइनलमा स्पेन वाजर्जियासँग खेल्ने छ ।

कोशी,बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने

By
Himalayan Tribune
-
June 30, 2024
0
काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । कोशी,लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा जनाइएको छ ।
विभागका अनुसार आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानका साथै बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशभर साधारणदेखि पूर्णतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र देशका बाँकी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।
साथै कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी,बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा अधिक वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा देशका केही स्थानमा भारी वर्षा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अधिक वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरोबाट बच्न तथा त्यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

‘संसदलाई सत्ताको जोडघटाउ गर्ने स्थल नबनाऔँ’

By
Himalayan Tribune
-
June 30, 2024
0

काठमाडौँ: संसदलाई सत्ताको जोडघटाउभन्दा माथि राखेर जनताका आवाज बुलन्द गर्ने र समृद्ध नेपाल निर्माणका लागि आवश्यक कानुन निर्माण गर्ने थलोका रूपमा विकास गर्नुपर्नेमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जोड दिनुभएको छ ।

संसद दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा अध्यक्ष दाहालले जनताका प्रतिनिधिहरूको सर्वोच्च थलो संसद्मा विविध विचार, दर्शन र राजनीतिक दलहरूको प्रतिनिधित्व रहने उल्लेख गर्दै हाल नेपालमा विभिन्न समयमा भएका सशक्त र सशस्त्र आन्दोलनका बलमा हामी गणतन्त्रात्मक सङ्घीय शासन प्रणालीको प्रक्रियामा रहेका बताउनुभएको छ । सन्देशमा उहाँले संसदको गरिमालाई उच्च बनाउन र विधिको शासनप्रति इमान्दार रहन हामी सबैले संसद दिवसका अवसरमा सामूहिक प्रतिबद्धता व्यक्त गर्नुपर्नेमा जोड दिनुभएको छ ।

अध्यक्ष दाहालले जनतालाई वास्तविक लोकतन्त्रको अनुभूति गराउन र परिवर्तनको आभास दिलाउनसके मात्रै संसद दिवस मनाउनुको सार्थकता हुने बताउनु भएको छ । संसद दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै सन्देशमा उहाँले लोकतन्त्र प्राप्तिका लागि भएका विभिन्न ऐतिहासिक जनस¬ङ्घर्ष, जनयुद्ध र जनआन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्नुभएका महान् सहिदहरूप्रर्ति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

साथै सङ्घर्षका क्रममा बेपत्ता हुनुभएका तथा घाइते भई अपाङ्गता जीवन बिताइरहनुभएका सम्पूर्ण योद्धाहरूप्रति उहाँले सम्मान व्यक्त गर्नुभएको छ । नेपालमा संसदीय अभ्यास सुरु भएको यस दिनले संसदीय सर्वोच्चता, विधिको शासन र लोकतन्त्रप्रति अझ इमान्दार, प्रतिबद्ध र जिम्मेवार बन्न जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज र पत्रकारलगायत सबैलाई प्रेरणा दिने विश्वास अध्यक्ष दाहालले सन्देशमा व्यक्त गर्नुभएको छ ।

विसं २०१६ असार १६ गते नेपालको पहिलो जननिर्वाचित संसद्को पहिलो बैठक बसेको थियो । सोही दिनको स्मरण गर्दै हरेक वर्ष आजकै दिन संसद् दिवस मनाउने गरिएको छ ।

अपाङ्गता भएका छ सय बढीलाई परिचयपत्र

By
Himalayan Tribune
-
June 30, 2024
0

कञ्चनपुर: शुक्लाफाँटा नगरपालिकामले अपाङ्गता भएका छ सय तीनजनालाई परिचयपत्र प्रदान गरेको छ । नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख कमला जोशीका अनुसार ‘क’ वर्गका एक सय १८, ‘ख’ वर्गका दुई सय ८७, ‘ग’ वर्गका एक सय ४७, ‘घ’ वर्गका ५१ जनालाई अपाङ्गताको परिचयपत्र प्रदान गरिएको हो । दुई जना ज्येष्ठ नागरिक महिला र चार पुरुषलाई उनीहरूका घरमै पुगेर परिचयपत्र प्रदान गरिएको हो । पूर्णअशक्त अपाङ्गता भएका व्यक्तिहरूलाई ‘क’ वर्गको रातो रङमा सुनौला अक्षरले स्पष्ट पहिचान हुने, अतिअशक्त अपाङ्गता भएका व्यक्तिलाई ‘ख’ वर्गको निलो रङमा सुनौला अरक्षले स्पष्ट पहिचान हुने, मध्यम अपाङता भएकालाई ‘ग’ वर्गको पहेँलो रङमा निलो अक्षरले स्पष्ट पहिचान हुने र सामान्य अपाङ्गता भएकालाई ‘घ’ वर्गको सेतो रङमा कालो अक्षरले स्पष्ट पहिचान हुने परिचयपत्र वितरण हुने गरेको छ ।

नगरपालिकाकै स्वाथ्य संस्थामा चिकित्सकको व्यवस्था भएकाले विगतको जस्तो मेडिकल ‘रिपोर्ट’ बनाउनका लागि महेन्द्रनगर, धनगढीलगायत अस्पतालमा अपाङ्गता भएका व्यक्तिहरूले पुग्नुपर्ने झन्झट नरहेको नगर उपप्रमुख कल्पना पन्तले बताउनुभयो । पूर्णअशक्त अपाङ्गता भएका र अतिअशक्त अपाङ्गता भएका व्यक्तिलाई भने घरमै पुगेर परिचयपत्र वितरण गर्दै आएको उहाँले बताउनुभयोे । रातो र निलो रङका परिचयपत्रबाहक अपाङ्गताभएका व्यक्तिलाई सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत भत्ताको रकम उपलब्ध गराइँदै आएको छ । पहँेलो र सेतो रङका परिचयपत्रवाहक अपाङ्गतालाई नगरपालिकाले विभिन्न सीपमूलक तालिम र आयआर्जनका कार्यक्रममा समेट्दै आएको छ ।

टी-२० विश्वकप क्रिकेट: भारतले जित्यो विश्वकपको उपाधि

By
Himalayan Tribune
-
June 30, 2024
0

काठमाडौँ: दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारत आइसिसी टि–२० क्रिकेट विश्वकप २०२४ को च्याम्पियन बनेको छ । भारतले १७ वर्षपछि विश्वपकको ट्रफी उचालेको हो । यसअघि भारतले सन् २००७ मा पहिलेपटक टि–२० विश्वकपको उपाधि जितेको थियो ।

वेष्टइन्डिजको बार्बाडोसस्थित कोन्सिङ्टन ओभलमा भारतले दक्षिण अफ्रिकालाई एक सय ७७ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा दक्षिण अफ्रिका निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदा मात्र एक सय ६९ रनमा समेटियो ।

दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले सर्वाधिक ५२ रनको योगदान दिए । उनले २७ बलमा दुई चौका र पाँच छक्काको सहयोगमा ५२ रन बनाएका हुन् । त्यस्तै क्विन्टर डि ककले ३९ र क्रिस्टन स्टब्सले ३१ रन बनाए ।

भारतका हार्दिक पांड्याले सर्वाधिक तीन विकेट लिए भने अरसदीप सिहं र जसप्रित बुमराहले समान दुई–दुई विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७६ रनको योगफल बनाएको थियो । भारतका लागि विराट कोहीले कोहलीले ५९ बलमा छ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ७६ रन बनाए । यसैगरी अक्षर पटेलले ४७ र शिवम दुबेले २७ रन जोडे ।

दक्षिण अफ्रिकाका लागि केशव महाराज र एनरिच नोर्ट्जेले समान दुई–दुई विकेट लिए भने मार्को यानसन र कागिसो रबाडाले समान एक–एक विकेट लिए ।

बाइडेनलाई राष्ट्रपतिको उम्मेदवारीबाट हटाउन सकिन्छ ?

By
Himalayan Tribune
-
June 29, 2024
0

काठमाडौं। अमेरिकी राष्ट्रपति चुनावको पहिलो राष्ट्रपति बहस समाप्त भएको छ र यसको परिणाम वर्तमान राष्ट्रपति जो बाइडेनका लागि राम्रो भएन।

बिहीबारको बहसको क्रममा बाइडेनको पहिलो उद्देश्य उनको उमेर बारेको विवाद हटाउनु थियो। तर बहसले यी चिन्ताहरू झन् बढाएको छ र अब बहस पछि केही डेमोक्र्याटिक नेताहरू र पार्टीका कार्यकर्ताहरुले बाइडेनले उम्मेदवारी फिर्ता लिनुपर्ने बताउन थालेका छन्।

कतिपयले उनको ह्वाइट हाउस जाने सम्भावना र उनको उम्मेदवारको रूपमा जारी रहने बारे सार्वजनिक चिन्ता पनि व्यक्त गरेका छन्।

त्यसबेलादेखि नै बाइडेनले अब राष्ट्रपतिको उम्मेदवारीबाट पछि हट्ने बारे प्रश्न उठिरहेको छ? यदि यस्तो भयो भने, यसको प्रभाव के हुन्छ र उनको ठाउँ कसले लिन सक्छ?

के बाइडेनले आफ्नो नाम फिर्ता लिन सक्छन्? डेमोक्रेटिक पार्टीका उम्मेदवारको आधिकारिक छनोट अगस्ट १९-२२ मा शिकागोमा हुने डेमोक्रेटिक नेशनल कन्भेन्सनमा घोषणा गरिनेछ।

त्यहाँ, राष्ट्रपति पदका उम्मेदवारले औपचारिक रूपमा राष्ट्रपतिको उम्मेदवार चयन गर्दै बहुमत प्रतिनिधि (डेलिगेट्स) को समर्थन जित्नु पर्छ। प्रत्येक राज्यको प्राथमिक चुनावको नतिजाको आधारमा उम्मेदवारहरूलाई समानुपातिक रूपमा प्रतिनिधिहरू दिइन्छ । यस वर्ष बाइडेनले ४ हजार प्रतिनिधिमध्ये ९९ प्रतिशत जितेका छन्।

डेमोक्रेटिक कन्भेन्सनको नियमहरू अनुसार, यी प्रतिनिधिहरू बाइडेनप्रति प्रतिबद्ध छन् र उनको नामांकनलाई समर्थन गर्न बाध्य हुने छन्। तर यदि बाइडेन आफैं बाहिर भएमा भने राष्ट्रपतिको उम्मेदवारीको लागि सम्मेलन सबैका लागि खुला हुनेछ।

उनी वा पार्टीमा अरु कसैलाई उत्तराधिकारी छान्ने व्यवस्था छैन। यस्तो अवस्थामा मनोनयनमा मौका पाउन चाहने डेमोक्र्याटबीच पनि खुल्ला प्रतिस्पर्धा सुरु हुनेछ। तर अहिलेसम बाइडेनले आफ्नो उम्मेदवारी फिर्ता लिने कुनै संकेत भने दिएका छैनन्।

पछिल्लो समयमा कुनै पनि प्रमुख राष्ट्रिय दलले उम्मेदवारीलाई उल्टाउने प्रयास गरेको छैन र त्यस्तो योजना कार्यान्वयन गर्न गम्भीर प्रयास भएको प्रमाण पनि छैन।

जे होस्, डेमोक्रेटिक कन्भेन्सनको नियम र नियमहरूमा केही साना त्रुटिहरू छन् जसले सैद्धान्तिक रूपमा बाइडेनलाई दौडबाट हटाउन सम्भव बनाउन सक्छ। नियमहरूले प्रतिनिधिहरूलाई उनीहरूलाई छनोट गर्नेहरूको भावनालाई सावधानीपूर्वक प्रतिबिम्बित गर्न अनुमति दिन्छ, यसको मतलब यदि देशभरका प्रजातान्त्रिक मतदाताहरू ठूलो संख्यामा बाइडेनविरुद्धमा उत्रिए भने, उनीहरूले मनोनयनको लागि कसैलाई छान्न सक्छन्।

यदि बाइडेनले आफ्नो राष्ट्रपतिको कार्यकालमा पद छोडे भने, उपराष्ट्रपति कमला ह्यारिसले स्वतः उनको स्थान लिनेछिन्। तर यदि बाइडेन नोभेम्बरमा दौडबाट पछि हटेमा ह्यारिस राष्ट्रपतिको उम्मेद्वार स्वत: बन्न भने पाउने छैनन्।

यसको सट्टा, ह्यारिसले अन्य उम्मेद्वारहरू जस्तै धेरै प्रतिनिधिहरू जित्नुपर्ने हुन्छ। उनी डेमोक्र्याटिक पार्टीमा पहिले नै अग्रणी स्थानमा छन्, र उनलाई पक्कै पनि मन पराउन सक्छन्।

तर अमेरिकी जनतामा उनको कम लोकप्रियताले पनि यो सम्भावनालाई कमजोर बनाउँछ। एक सर्वेक्षणका अनुसार उनीप्रति जनताको कूल असन्तुष्टि बाइडेन वा ट्रम्पको भन्दा कम छ।

यस पटक चुनाव प्रक्रियामा, धेरै डेमोक्र्याटिक उम्मेद्वारहरूले मिनेसोटा प्रतिनिधि डीन फिलिप्स र लेखक मारियाना विलियमसन लगायत बिडेनलाई चुनौती दिने प्रयास गरे। दुवैले निकै मिहिनेत गरिरहेका थिए। तर शीर्ष पदका लागि दुवैलाई सर्टलिस्ट गर्ने सम्भावना कम छ।

त्यहाँ केही अनुमानहरू छन्, जस्तै क्यालिफोर्नियाका गभर्नर गेभिन न्यूजम वा मिशिगनका गभर्नर ग्रेचेन ह्वाइटमर विकल्प हुन सक्छन्। तर दुवैले बाइडेनलाई प्रतिस्थापन गर्न कुनै चासो देखाएका छैनन्।

त्यसैले बाइडेनले राष्टपतिको उम्मेदवारी नछोडेसम्म अहिलेनै अनुमान गर्न र राष्ट्रपतिको उम्मेदवार बन्ने दौडमा कुनै नेता अगाडी आउने सम्भावना कम छ।

1...748749750...1,303Page 749 of 1,303

हिमालयन ट्रिब्युनको लागि

  • सौरपानी मिडिया प्रा.लि. अन्तरगत
  • प्रकाशक: साहित्यसागर श्रोत केन्द्र
  • सम्पादक: गजे घले
  • व्यवस्थापक: आशिष पोखरेल
  • CONTACT
  • Balaju 16 Kathmandu Metropolitan City, Bagmati Province, Nepal
  • Phone No: 9851239436 US Office 4725 Fall Avenue, Richmond CA 94804, USA Phone: 1-5103236802
Copyright © 2026 Himalayan Tribune | Powered by Himalayan Tribune