Thursday, May 14, 2026
Home Blog Page 748

‘लुम्बिनी विकास कोषको संरचना परिवर्तन गर्न आवश्यक’

0

लुम्बिनी: प्रतिनिधिसभा सार्वजनिक लेखा समितिको टोलीले बुद्वजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनीका बारेमा अध्ययन गर्न आएको टोलीले सोमबार लुम्बिनीको भ्रमण गरेको हो । पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा सांसद योगेश भट्टराईको नेतृत्वमा गठिन गरेको सार्वजनिक लेखा उपसमिति टोलीले शान्तिदीप, मायादेवी मन्दिरको अवलोकनका साथै केही विहार क्षेत्रहरूको अवलोकन गरेका हुन् ।

यसअघि आयोजित छलफलमा लुम्बिनी विकास कोषको अवस्था, सम्पादन भएका कार्यक्रम र लुम्बिनी गुरुयोजनाका विषयमा छलफल गरिएको थियो । सो अवसरमा सदस्य भट्टराईले लुम्बिनी विकास कोषको संरचना परिवर्तन गर्नुपर्ने बताउनुभयो । उहाँले कोषको ऐनले प्रदेश र स्थानीय तहलाई नचिन्ने बताउँदै त्यसलाई परिमार्जन गर्दै स्वायत्त र शक्तिशाली लुम्बिनी विकास तथा पर्यटन प्राधिकरणका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “केञ्जोटागेले निर्माण गरेको लुम्बिनी गुरूयोजनाका बाँकी काम सकेर गुरूयोजनालाई पनि समय अनुकूल बनाउनुपर्छ । ” सांसद भट्टराईले लुम्बिनी विकास कोषको वार्षिक आम्दानी निकै न्यून रहेको, विकासका लागि बजेट अभावका सन्दर्भमा समितिका तर्फबाट सरकारको ध्यानाकर्षण गराउने बताउनुभयो ।

त्यसैगरी टोलीले लुम्बिनी गुरुयोजनाका काम, लुम्बिनीको विद्युतीय बस सञ्चालन, विभिन्न विकास निर्माणलगायतका विषयमा चासो राखेको थियो । संसदीय टोलीसँग लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले सरकारले गुरूयोजनाका लागि मात्रै त्यो पनि निकै न्यून बजेट छुट्याउने गरेको बताउनुभयो । उहाँले लुम्बिनीसँगै प्राचीन कपिलवस्तु तिलौराकोट दरबार, अस्तुधातु रहेको रामग्राम, मावली देवदहको विकासका लागि बजेट अभावले काम गर्न नसिकएको छैन भन्नुभयो ।

यस्तै लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले प्रस्तुति गर्दै लुम्बिनीमा कर्मचारी दरबन्दी (ओएनएम) भए पनि संरचना स्वीकृत हुन नसकेको बताउनुभयो । भ्रमण टोलीमामा संयोजक भट्टराईसहित प्रतिनिधिसभा सदस्यहरू अच्युतप्रसाद मैनाली, अमरेशकुमार सिंह, विक्रम पाण्डे, मञ्जु खाँड, मनिष झा, श्यामकुमार घिमिरे र सराज अहमद फारुकी सहभागी रहनुभएको छ ।

भरतपुरमा ‘बाल उमङ्ग बीमा’ कार्यक्रम

0

चितवन: भरतपुर महानगरपालिकाभित्र स्थायी बसोबास गर्ने सात सय ७६ जना बालिकाको जीवन बीमा गरिएको छ । महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० बाट सुरु गरेको ‘छोरीसँग मेयर कार्यक्रम’अन्तर्गत दुई वर्षमा सो सङ्ख्यामा जन्मिएका बालिकाहरूको बीमा गरिएको हो । महानगर प्रमुख रेनु दाहाल दोस्रोपटक निर्वाचित भएपछिको पहिलो निर्णय यसलाई गरिएको थियो ।

महानगरको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका निर्देशक शान्ताकुमारी पौडेलका अनुसार गत आवमा तीन सय ८८ जना र यस आवमा तीन सय ८९ जना बालिकाको बीमा गरिएको छ । भरतपुर महानगरपालिकामा स्थायी बसोबास भएर सरकारी स्वास्थ्य संस्थामा जन्मिएका बालिकाहरूका लागि यो कार्यक्रम लागू गरिएको हो ।

बालिकाको जन्म भएपछि महानगरले बीमा बराबरको रकम रु ५० हजार बाल उमङ्ग बीमाका लागि प्रदान गर्ने छ । उहाँले भन्नुभयो, “पन्ध्रवर्षे बीमा कार्यक्रम भएकाले हरेक वर्ष नवीकरण महानगरले गर्नेछ ।” पन्ध्र वर्षपछि ती बालिकाले रु एक लाख पाउने उहाँले बताउनुभयो । महानगरपालिकाले यस वर्ष बीमा नवीकरण र नयाँ बीमा गरी रु २५ लाख ७७ हजार आठ सय ६२ बीमा कम्पनीलाई बुझाएको छ ।

महानगरपालिका प्रमुख दाहालले सरकारी अस्पतालमा प्रसूति गर्न आउनेको सङ्ख्या बढाउन र छोरा र छोरीमा हुने विभेद अन्त्यका लागि महानगरपालिकाले यो कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । आफू पहिलोपटक प्रमुख हुँदा भरतपुर अस्पतालमा उपचारका लागि आउने महिलाहरूको बहिरङ्ग टिकट निःशुल्क गरेको जनाउँदै उहाँले दोस्रो कार्यकाल प्रमुख भएर आएसँगै छोरी बीमा कार्यक्रम कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “छोरीहरू उच्च शिक्षा पढ्ने समयमा यो बीमाको रकम पाउने भएकाले कोही पनि छोरी शिक्षाबाट बञ्चित हुन नपरोस् भनेर नै यो कार्यक्रम ल्याएका हौँ ।”

चन्दा सङ्कलन गरेर खेलमैदान निर्माण

0

खानीखोलाका कफी–कृषकलाई अनुदान

0

काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले कफीखेतीलाई बर्सेनि प्राथमिकतामा राख्दै आएको छ । गाउँपालिकाले दीगो आयस्रोतका रुपमा कफीखेती छनोट गरी चालु आर्थिक वर्षको सुरुआतमै ‘जसको उत्पादन, उसैलाई अनुदान’ कार्यक्रमलाई निरन्तरता दिँदै आएको हो । कार्यक्रमअन्तर्गत कृषक समूह र कृषि सहकारी गरी १९ वटा संस्थामा आबद्ध कृषकलाई घोषित अनुदान हाल वितरण गरिएको छ । कृषक समूहलाई रु २१ लख अनुदान वितरण गरेको गाउँपालिकाले जनाएको छ ।

वार्षिक उत्पादन–बिक्रीको आधारमा प्रतिकेजी रु ३५ अनुदान दिइएको हो । गत सालको तुलनामा यस वर्ष तीनगुणाले कफी उत्पादनमा वृद्धि भएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । गत साल समूहलाई रु सात लाख अनुदान वितरण गरेको शाखा प्रमुख खिम डाँगीले जानकारी दिनुभयो थियो । उहाँका अनुसार उत्कृष्ट समूहमध्ये कोदाखोरिया कफी उत्पादन सहकारी संस्थाले १५ हजार चार सय ३४ केजी कफी उत्पादन गरी रु चार लाख ६३ हजार ३३ अनुदान पाएको छ ।

शाखाका अनुसार यस वर्ष करिब ५० हजार केजी कफी उत्पादन भएको छ । कफी किसानलाई प्रोत्साहन दिन लागू गरिएको अनुदान कार्यक्रमअनुसार गाउँपालिकाले गत आर्थिक वर्षमा रु ३५ लाख बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले बताउनुभयो । “समूहभन्दा बाहिर रहेका किसानलाइ समेत समेटेर आउँदो आवमा कार्यक्रम बनाउनेछौँ”, अध्यक्ष थिङले भन्नुभयो ।

उहाँले भौगोलिक विकटताका कारण अन्य नगदे बालीको भन्दा कफीको बजारीकरण सजिलो देखिएकाले उक्त खेतीलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो । उहाँका अनुसार अनुदान वितरण गरी बाँकी बजेटबाट चालु आवमा कृषकलाई ९० हजार बिरुवा अनुदानमा वितरण गरिएको छ ।

विशेष गरी गाउँपालिकाको वडा नं १, २, ५, ६, ७ र ८ उत्पादनशील क्षेत्रमा कफीको बिरुवा वितरण गरिएको हो । ५ नं वडामा मात्रै पाँच हजार कफीको बिरुवा वितरण गरिएको छ । यहाँको एक परिवारले कफीखेतीबाट वार्षिक रु पाँचदेखि दश लाखसम्म आम्दानी गर्दै आएको स्थानीय सुवास जिम्बाले बताउनुभयो । “खेती राम्रो र बजारीकरणको समस्या नभएकाले केही वर्षदेखि कफीखेतीतर्फ आकर्षण बढेको छ”, उहाँले भन्नुभयो ।

विगत १३ वर्षदेखि वर्ष गर्दै आउनुभएको वडा नं ६ का किसान बाबुलाल घ्लानले गाउँपालिकाबाट कफीको बिरुवा र उत्पादन बिक्रीमा पनि अनुदान पाएपछि आफूहरु निकै खुसी भएको बताउनुभयो । यस वर्ष अनुदान तथा प्राविधिक सहयोग पाउनुभएको उहाँले कफी उत्पादनबाट वार्षिक रु तीन लाख आन्दानी गर्दै आउनुभएको थियो । यो वर्ष उहाँले सात सय केजी कफी उत्पादन गर्नुभएको छ ।

बागमती प्रदेशको कृषि विकास निर्देशनालयबाट समुदायमा आधारित ‘एक वडा–एक कृषि उत्पादन’ कार्यक्रमअन्तर्गत महाभारत गाउँपालिका–५ र खानीखोला गाउँपालिका–२ लाई कफी उत्पादन वडाको रुपमा छनोट गरिएको छ ।

एसइईको पुरक परीक्षा साउन २३ देखि

0

भक्तपुर: एसईईको पूरक परीक्षा साउन २३ गतेदेखि संचालन हुने भएको छ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि अर्थात पुरक परीक्षा साउन २३ गतेदेखि सञ्चालन गर्ने जनाएको हो।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) र शिक्षा मन्त्रालयको संयुक्त बैठकले साउन २३ गतेबाट ग्रेड वृद्धि अर्थात पुरक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।

यसअघि परीक्षाफल सार्वजनिक गरेको दिनमा बोर्डका अध्यक्ष प्रा डा महाश्रम शर्माले दुई विषयमा ‘नन ग्रेडेड’ अर्थात अनुत्तीर्ण विद्यार्थीका लागि बोर्डले साउन १८ र १९ गते परीक्षा गर्ने बताउनुभएको थियो ।

यद्यपि शिक्षा मन्त्रालयले शुक्रबार नै दुईभन्दा बढी विषयमा नन ग्रेडेडलाई परीक्षामा सहभागी गराउने निर्णय गर्दै बोर्डलाई निर्देशन दिएपछि आज बसेको बार्ड बैठकले परीक्षा मिति सारेर सबै विषयको परीक्षा दिने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

साउन २३ गतेबाट सुरु भई साउन ३१ गतेसम्म सञ्चालन हुने पुरक परीक्षाको नतिजा भने असोजको पहिलो साताभित्र सार्वजनिक गर्ने जनाइएको छ । पुरक परीक्षामा उत्तीर्ण विद्यार्थीलाई यसै वर्ष कक्षा ११ को अध्ययन गर्ने अवसर प्रदान गरिने भएको छ ।
गत बिहीबार प्रकाशित एसइईको नतिजाअनुसार ‘नन ग्रेडेड’ अर्थात अनुत्तीर्ण दुई लाख ४२ हजार तीन सय १३ विद्यार्थी पुनःपरीक्षामा सहभागी हुन पाउने भएका छन् । बोर्डले परीक्षा तालिका नै परिवर्तन गरेर साउन २३ गतेबाट सञ्चालन गर्ने जनाएको छ ।

 

रसुवागढी नाकामा तीन भाषामा ‘साइनबोर्ड’

0

मिटरब्याजसँग सम्बन्धित सबै उजुरी लिन नसकिएको प्रहरी अधिकारीको भनाइ

0

काठमाडौँ : मिटरब्याजसँग सम्बन्धित सबै उजुरी लिन नसकिएको प्रहरी अधिकारीले बताएका छन्।

गृह मन्त्रालयका अधिकारी, मिटरब्याजसम्बन्धी छानबिन आयोगका पदाधिकारी र उच्च प्रहरी अधिकृतबीच यहाँ भएको छलफलमा हदम्यादको अन्यौल र अदालतबाट जारी निषेधाज्ञाका कारण मिटरब्याजसँग सम्बन्धित सबै उजुरी लिन नसकिएको बताइएको हो ।

जाहेरी परेको दिनदेखि हदम्याद सुरु हुने र फौजदारी अभियोगमा निषेधाज्ञाका कारण अनुचित लेनदेनको निवेदन रोक्नु नपर्ने निष्कर्ष निकालिएको छ । पीडितले चाहेमा पुराना निवेदन पुनःदर्ता गराएर भए पनि प्रक्रिया अगाडि बढाउन सकिनेमा तीनवटै संस्थाका अधिकारीसहमत भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले आयोगको निर्णयअनुसार जिल्ला प्रशासन र प्रहरी कार्यालय दुवैले पीडितको उजुरी लिएर कारबाही प्रक्रिया अगाडि बढाउन सक्ने गरी निर्देशन भइसकेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दुवै स्थानबाट एउटै उजुरी नलिने तर पीडितलाई पायक पर्ने गरी जिल्ला प्रशासन वा प्रहरी कार्यालयमध्ये एक स्थानबाट छानबिन अगाडि बढाउन स्पष्ट निर्देशन भइसकेको छ’, प्रवक्ता भट्टराईले भन्नुभयो ।

कानुनले तोकेभन्दा बढी ब्याज लिने, कागज गर्दा छलछाम गर्ने र रकम उठाउन बल प्रयोग वा हिंसा भएमा त्यस्तो लेनदेनलाई अनुचित मानेर कारवाही गर्न सकिने व्यवस्था रहेको अधिकारीहरुले बताउनुभएको छ ।

आयोग बनेपछि पनि अनुचित लेनदेनसम्बन्धी सुनुवाइले गति नपाएको गुनासा बढेपछि उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा भएको छलफलमा प्रहरीसम्म पुगेका निवेदनको किसिम, त्यस उपर कारवाहीका लागि भएको कानुनी अड्चन र सम्बोधनका उपायबारे परामर्श भएको थियो ।

आयोगका पदाधिकारीले प्रहरी प्रशासनले निवेदन लिन नमानेको गुनासा आइरहेका विषयमा गृह मन्त्रालयको ध्यानाकर्षण गराउनुभएको थियो ।

 

प्रतिबन्धित रसायन हालेर पकाएका आँप नष्ट

0

महेन्द्रनगर (कञ्चनपुर): प्रतिबन्धित रसायन ‘कार्बाइड’ हालेर पकाएको आँप बजारमा बिक्री वितरण गरेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले ती आँप बरामद गरी आइतबार नष्ट गरेको छ।

महेन्द्रनगर बजारमा प्रतिबन्धित रसायन हालेर पकाएका आँपको स्थानीय प्रशासनले बजार अनुगमन गरेसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले पाँच हजार सात सय ८० किलोग्राम आँप बरामद गरेको थियो ।

खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका खाद्य अनुसन्धान अधिकृत हरिसिंह बोहराले महेन्द्रनगर बजार क्षेत्रबाट बरामद गरिएका आँप नष्ट गरिएको जानकारी दिनुभयो ।

भारतीय बजारबाट ल्याएका प्रतिबन्धित रसायन हालेर पकाएका आँप बिक्री वितरण भइरहेको सूचनाका आधारमा अनुगमन टोलीले आँप बरामद गरेको थियो ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले स्थानीय तहले पनि बजार अनुगमनमा सक्रियता देखाउनुपर्नेमा जोड दिनुभयो । उहाँले बजारका डेरी पसलदेखि मिठाइ पसलसम्म अनुगमन तीव्र पारिएको जानकारी दिनुभयो ।

बजार अनुगमनको संयोजकसमेत रहनुभएका प्रजिअ सापकोटाले भन्नुभयो, “स्थानीयस्तरबाट बजार अनुगमन हुन सकेमा बढी स्वस्थता कायम गर्न सकिन्छ, सबै ठाउँमा सेवा प्रवाह हुनसक्छ ।” खाद्य अनुसन्धान अधिकृत बोहराले प्रतिबन्धित रसायन हालेर पकाएका आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकाले जफत गरेर नष्ट गरिएको बताउनुभयो ।

 

चलचित्र नेपाललाई चिनाउने प्रभावकारी माध्यम: सञ्चारमन्त्री शर्मा

0

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाललाई चिनाउने प्रभावकारी माध्यम चलचित्र रहेको बताउनुभएको छ । काठमान्डौ चाबहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा आयोजित २४औँ वार्षिकोत्सव कार्यक्रम उद्घाटन गर्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो।

उहाँले चलचित्रलाई आमसञ्चारको सशक्त माध्यमको रुपमा व्याख्या गर्दै भन्नुभयो, “पढाएर वा सुनाएर भन्ने कुरालाई श्रव्यदृश्यका माध्यमले सहजै बुझाउन सकिन्छ । देशमा भएको परिवर्तन र ऐतिहासिक घटनाक्रम तथा देशलाई योगदान दिएका व्यक्तित्वलाई लिएर निर्माण भएका चलचित्रलाई हामीले सघाउने घोषणा पनि गरिसकेका छौँ । किनकि चलचित्र मनोरञ्जन मात्र नभई सन्देश प्रवाह गर्ने प्रभावकारी माध्यम पनि हो ।”

उहाँले विसं २०२६ मा तयार भई लागू भएको चलचित्र ऐनलाई परिमार्जन गर्नुपर्नेमा आफू र सरकार स्पष्ट रहेको र त्यसका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिदैं “पुरानो ऐनले अहिलेका कठिनाई सम्बोधन गर्न सक्दैनन् भन्नेबारेमा मन्त्रालय स्पष्ट छ तर त्यसैले सम्पूर्ण चलचित्रकर्मी र यसमा जोडिएका सङ्घसंस्थाको राय सुझाव लिँदै प्रक्रियागत रुपमा काम अगाडि बढाएका छौँ । त्यो अहिले अन्य मन्त्रालयसँग सहमति लिने प्रक्रियामा छ”, मन्त्री शर्माले भन्नुभयो । उहाँले बोर्डले गरेका कामको समीक्षा गर्दै आगामी दिनमा उपयुक्त नीति तय गर्नुपर्नेमा जोड दिनुभयो ।

सञ्चार मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले चलचित्र जीवन, साहित्य र समाजको ऐना रहेको बताउनुभयो । उहाँले बोर्ड गठन हुँदा बनाइएका योजनामध्ये केही पूरा भएका र बाँकी पूरा गर्ने गरी आफूहरुले काम गरिरहेका बताउनुभयो ।

बोर्डको २४औँ वार्षिकोत्सवको अवसरमा उत्कृष्ट कर्मचारीलाई सम्मान, चलचित्र मञ्च २०८० लोकार्पण, बोर्डको नयाँ लोगो सार्वजनिक, महिला चलचित्रकर्मीको अभिलेख समेटिएको पुस्तक विमोचनलगायत कार्यक्रम गरिएका थिए ।

 

यूरोकप २०२४: इङ्ल्याण्ड क्वार्टरफाइनलमा

0

काठमाडौं। यूरोकप २०२४ अन्तर्गत जारी खेलमा इङ्ल्याण्ड क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

गएराति भएको स्लोभाकिया र इंग्ल्याण्ड बीचको खेलमा स्लोभाकियालाई २-१ गोल अन्तरले पराजित गर्दै इङ्ल्याण्डले क्वार्टरफाइनलमा आफ्नो स्थान पक्का गरेको हो।

इङ्ल्याण्डले १-० गोलले पछि परेको अवस्थामा कम ब्याक गर्दै जित हासिल गरेको हो। इङ्ल्याण्डले दुवै गोल ९० मिनेटपछिको इन्जुरी समयमा गरेको थियो।

खेलको ९१औं मिनेटमा ह्यारी केनले र खेलको ९५औ मिनेटमा जुडे बेलिंगघमले गोल गर्दै जित दिलाएका थिए। यस अघि खेलको २५औं मिनेटमा स्लोभाकियाका लागि इभन स्च्रांजले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए।

अब क्वाटरफाइनलमा इङल्याण्डले स्वीट्जरल्याण्डको सामना गर्ने छ। यो खेल आगामी जुलाई ६ मा हुनेछ। त्यस्तै हारसहित स्लोभाकिया भने युरोकपबाट बाहिरिएको छ।