Thursday, May 14, 2026
Home Blog Page 746

रास्वपा महामन्त्री एवं प्रवक्ता डा. ढकाल निलम्बित

0

मनाङको बाटो सधैँ जोखिमपूर्ण, पर्यटकलगायत यात्रुलाई समस्या

0

मनाङ: देशभर मनसुन सुरु भएको छ । मनसुनसँगै हिमाली जिल्ला मनाङमा बाढीपहिराको जोखिम बढ्दै गएको छ । निरन्तरको वर्षासँगै चामे गाउँपालिका–१ तिमाङ खोलाको बहाव बढेर आएको छ । सोमबारदेखि लगातार परेको वर्षाका कारण बाढीले काठेपुल बगाउँदा डुम्रे–बेँसिशहर–चामे सडक पूर्णरुपमा अवरुद्ध छ । मनसुन सुरु भएसँगै स्थानीयवासीमा त्रास बढेको छ ।

मनाङ बाढीपहिराको जोखिम क्षेत्र मानिन्छ । त्यसैले मनाङवासीलाई बाढीपहिरोको सधैँ त्रास रहन्छ । पर्यटकीय क्षेत्र भएकाले पर्यटकको यहाँ बाह्रैमास आवगमन हुने गर्छ । बाढीपहिराका कारण सडक अवरुद्ध भइरहँँदा उनीहरुले सास्ती भोग्नुपर्ने अवस्था छ ।

तिमाङ खोलाले काठे पुल बगाएपछि अवरुद्ध भएको सडक खुलाउन सकस भएको छ । खोलाको बहाव नघट्दासम्म उक्त सडकमा सवारीसाधन नचलाउन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ ।

बाढीपहिराका कारण सडक मात्र नभइ मनाङमा विद्युत्, खानेपानी सेवा पनि ठप्प हुन्छ । सदरमुकाम चामेमा समय समयमा सञ्चार सम्पर्क टुट्ने समस्या छ । सडक अवरुद्ध हुँदा जिल्लामा खाद्यान्न, औषधि, इन्धनलगायतका अत्यावश्यक वस्तुको अभाव हुने गरेको छ । स्थलमार्ग डुम्रे–बेँसीशहर–चामे सडक सञ्चालन गर्न सकस हुँदै आएको छ । बिरामीलाई उपचारका लागि अस्पताल पुग्न निकै कठिन हुन्छ ।

“वर्खामा जोखिम र सकसपूर्ण अवस्था मोल्नु पर्छ”, मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले भन्नुभयो । सो अवधिमा सबैभन्दा बढी सकस खाद्यान्न ढुवानी गर्न हुने गरेको उहाँको भनाइ छ । लमजुङको बेँसीसहर हुँदै खाद्यान्न ढुवानी गर्नुपर्ने अवस्था भएकाले छोटो समयमा नै खोलामा पुल निर्माण गरिसक्नुपर्छ । विसं २०७८ मा ठूलो क्षति व्यहोरेको सम्झदै गुरुङले मुस्ताङ हुँदै ढुवानी गर्दा अन्नपूर्ण फेरो पदमार्गको सबैभन्दा उच्च विन्दु थोराङ्ला भञ्ज्याङ (५४१६मि) पार गरेर सामान ल्याएर गुजारा चलाएको सुनाउनुभयो ।

बाढीपहिराले सधैँ मनाङको माथिल्लो क्षेत्र समस्यामा पर्छ । खाद्यान्न ढुवानी गर्न समस्या हुन्छ । चामे–५ का फुर्वा लामा भन्नुहुन्छ, “अहिले तिमाङ खोलाको बाढीले काठेपुल बगायो । माथिल्लो मनाङ आवतजावत गर्ने अवस्था छैन । लामो समय अवरुद्ध भयो भने अत्यावश्यक सामग्री पु¥याउनै समस्या हुन्छ ।”

मनाङ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संरक्षित क्षेत्रमा पर्छ । प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङको यात्रा धेरै जोखिमपूर्ण छ । खहरे खोला, सानातिना खोला, घट्टेखोलामा आएको बाढीले यहाँको सडक सञ्जाल विच्छेद हुने गरेको उहाँले बताउनुभयो । स्थानीयवासी सौर्य ऊर्जामाथि निर्भर रहन्छन् ।

काठेपुल बगाएपछि समयमै पुल मर्मतको काम गर्न कठिन हुने प्रजिअ लामिछानेले बताउनुभयो । बाढीको बढी जोखिमयुक्त क्षेत्र मनाङको प्रवेशद्वार तालगाउँ हो ।

बाढीले बेँसीसहर–चामे सडकको पक्की पुल बगायो

तिमाङ खोलामा आएको बाढीले बेँसीसहर–चामे सडकमा रहेको पक्की मोटरेवल पुल बगाएको छ । गए राति तिमाङको तल्लो क्षेत्रको पक्की पुल बगाएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका सूचना अधिकारी किरण पोखरेलले बताउनुभयो ।

यसअघि मङ्गलबार साँझ तिमाङ खोलामा राखिएको काठेपुल बगाएको थियो । गए राति सो क्षेत्रको तल्लो भागमा रहेको तिमाङको ठूलो छहराको पुल बगाएको उक्त योजना कार्यालयले जनाएको छ । सानो छहराको पुलमा ढुङ्गा र ग्रेग्र्याङ थुप्रिएर क्षति पु¥याएको सूचना अधिकारी पोखरेलले बताउनुभयो । सो ठाउँमा काठेपुल विस्थापित गरी दुई वर्षअघि पक्की पुल निर्माण गरिएको थियो । उक्त योजना कार्यालयका अनुसार ठूलो छहरामा स्ल्याब कल्भर्ट पुल रु १९ लाख ९४ हजार तथा सानो छहरामा कल्भर्ट पुल रु ११ लाख ८५ हजामा निर्माण गरिएको छ ।

 

लगानी सम्मेलनमा प्रस्तुत दुई आयोजनामा आशयपत्र प्राप्त

0

काठमाडौँ: गत वैशाख १६ र १७ गते काठमाडौँमा आयोजित तेस्रो लगानी सम्मेलनमा प्रस्तुत दुई आयोजनाका लागि आशयपत्र प्राप्त भएका छन् ।
जानकी हेरिटेज होटल एण्ड कल्चरल भिलेजका लागि सोल्टी सिबक्रिम प्राइभेट लिमिटेड, ताहाचल र बबरमहल प्रशासनिक प्लाजा परियोजनाका लागि गान्सु–एसएस ल्याण्डमार्क, ब्लुबर्ड मल काठमाडौँले आशयपत्र पेस गरेका लगानी बोर्डका सहप्रवक्ता रमेश अधिकारीले बताएका छन्।

लगानी बोर्डद्वारा अध्ययन गरिएको जानकी हेरिटेज होटल एण्ड कल्चरल भिलेज परियोजनाको अनुमानित लागत रु दुई अर्व ३५ करोड छ । जनकपुरधामलाई मुख्य पर्यटकीय गन्तब्यका रूपमा विकास गर्न तथा त्यस क्षेत्रलाई पर्यापर्यटनका रूपमा विस्तार गर्न यो परियोजना निर्माणको प्रस्ताव गरिएको छ ।

यसैगरी, विभिन्न सरकारी कार्यालयहरू राख्ने लक्ष्यका साथ बबरमहल प्रशासनिक प्लाजा निर्माणका लागि लगानी सम्मेलनमार्फत आशयपत्र माग गरिएको थियो । कुल ३० हजार २१ वर्गमिटरमा फैलिएको यो परियोजनाको अनुमानित लागत रु १० अर्ब २० करोड छ ।

लगानी बोर्डले गत जेठमा आफ्नो कार्यक्षेत्रभित्र पर्ने विभिन्न १२ वटा परियोजनाको आशयपत्र माग गर्न समय थपेको थियो । जसमध्ये पोखरा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा प्रदर्शनी केन्द्र, चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन द्रुतमार्ग, जानकी हेरिटेज होटल एण्ड कल्चरल भिलेज, धुलिखेल मेडिसिटी परियोजना, सुदूरपश्चिम सार्वजनिक यातायात परियोजना, बबरमहल प्रशासनिक प्लाजा परियोजना, दैजी औद्योगिक क्षेत्र र गौतमबुद्ध म्याटर्निटी हस्पिटलको आयशपत्र पेस गर्ने समय यही असार १८ गते (२०२४ जुलाई २ तारिख) सम्मका लागि समय दिइएको थियो ।

विभिन्न चार वटा आयोजनाका लागि भने आशयपत्र पेस गर्ने समय यही असार २८ गतेसम्म रहेको छ । नौमुरे बहुउद्देश्यीय परियोजना, कालीगण्डकी–२ जलाशययुक्त जलविद्युत् आयोजना, खिम्ती ठोसे शिवालय जलाशययुक्त जलविद्युत् आयोजना, भारबुङ जलाशययुक्त जलविद्युत् आयोजनाका लागि लगानीकर्तालाई २०२४ जुलाई १२ तारिखसम्म प्रस्ताव पेस गरिसक्न समयावधि तोकिएको छ ।

तेस्रो लगानी सम्मेलनका क्रममा विभिन्न १९ वटा आयोजनामा लगानी जुटाउन परियोजना प्रस्तुत गरिएका थिए । पहिचान भएका ती आयोजनाको पूर्वसम्भाव्यता अध्ययन भइसकेको तथा विकासका लागि प्रारम्भिक चरणका कामसमेत अघि बढाइएका थिए ।

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

0

काठमाडौँ: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार आएको छ । आज नेप्से परिसूचक तीन दशमलव ७९ अङ्कले बढेर दुई हजार एक सय चार दशमलव २२ को अङ्कमा कायम भएको हो ।

आज तीन सय १४ कम्पनीको एक करोड ७१ लाख ३४ हजार ८२ कित्ता शेयर ६१ हजार एक सय ९९ पटक खरिद बिक्री हुँदा कारोबार रकम रु पाँच अर्ब आठ करोड ३५ लाख २८ हजार नौ सय ३५ बराबर पुगेको छ ।

आजको कारोबारमा व्यापार समूहको सूचक सबैभन्दा धेरै छ दशमलव १२ र वित्त समूहको सूचक छ दशमलव ०४ प्रतिशतले बढेको छ । बैंकिङ शून्य दशमलव ६३, विकास बैंक दुई दशमलव ७१ र लगानी शून्य दशमलव १८ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।

होटल तथा पर्यटन शून्य दशमलव १९, जलविद्युत् शून्य दशमलव ६८, जीवन बीमा शून्य दशमलव २५, उत्पादन तथा प्रशोधन एक दशमलव ०७, लघुवित्त शून्य दशमलव १४, म्युचुअल फण्ड शून्य दशमलव ०९, निर्जीवन बीमा शून्य दशमलव २३ र अन्य समूह शून्य दशमलव ६७ प्रतिशतले घटेको छ ।

सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड र आइसीएफसी फाइनान्स लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने चिर्खुवा हाइड्रोपावर लिमिटेडको शेयर मूल्य चार दशमलव ७० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै मञ्जुश्री फाइनान्स लिमिटेडको रु २३ करोड एक लाख ७७ हजार सात सय ७४ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै एनएमबी–५० को ३८ लाख १४ हजार आठ सय १५ कित्ता शेयर किनबेच भएको छ ।

 

म्याग्दी नदीको कटान रोक्न मङ्गलाघाटमा पर्खाल निर्माण

0

ठेउलेखोलामा आएको बाढीले कालीगण्डकी करिडोर अवरुद्ध

0

ढोरपाटन (बागलुङ) : अविरल वर्षाका कारण ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा कालीगण्डकी करिडोर पूर्ण अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका–१ स्थित ठेउलेखोलामा आएको बाढीले सडक बगाउँदा बुटवल, भैरवाह, कपिलवस्तु, दाङ, मुक्तिनाथ जाने सवारी साधन आवतजावत ठप्प भएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले करिडोर अवरुद्ध हुँदा जैमिनी नगरपालिकाको वाइनकुना, जैदी, छिस्ती, जैदी, अर्जेवा, बिनामारे र बरेङ गाउँपालिकाका विभिन्न ठाउँबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउने सवारी साधान समेत रोकिएका बताउनुभयो । वर्षा रोकिएपछि कोरिडोर आयोजनाले खुलाउने प्रयास गरिने उहाँले जानकारी दिनुभयो ।

केही दिनदेखि परेको वर्षाले राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोकमार्गमा क्षति पुर्याएको छ । खास गरी गलकोट नगरपालिका–३ हटियादेखि बडिगाड गाउँपालिका–२ हाँडीखोलासम्मको करिब १५ किलोमिटर सडकमा क्षति पुगेको हो । यद्यपि पहिरो पन्छाएर लोकमार्ग भने सञ्चालनमा आएको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिनुभयो ।

नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ५२ प्रतिशत काम

0

त्रिवेणी (नवलपरासी) : नारायणगढ– बुटवल सडक विस्तार योजनाको दोस्रो पटक थपिएको म्याद आगामी साउन ८ गते सकिँदै छ । विसं २०७५ माघमा सम्झौता भएर सडक विस्तारको काम थालिएको थियो । यसबीचमा दुईपटक म्याद थप गरिएको छ ।

दोस्रो पटक थप गरिएको म्याद सकिने अवस्थामा पुग्दा नवलपरासी पूर्वी खण्डमा ५२ प्रतिशत काम सम्पन्न भएको योजनाका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले जानकारी दिनुभयो । योजनाको पूर्वी खण्डमा गैँडाकोटको नारायणी पुलदेखि दाउन्नेसम्म ६५ किलोमिटर पर्दछ । चार ‘लेन’मा विस्तार गर्ने सडक दुईतर्फी गरेर एक सय ३० किलोमिटर कालोपत्र गर्नुपर्नेमा हाल दुईतर्फी गरेर ४४ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको सूचना अधिकारी खनालले बताउनुभयो । उहाँले भन्नुभयो, “यस खण्डमा यात्रा गर्दा अहिले एकतर्फी २७ किलोमिटर कालोपत्र सडकबाट यात्रा गर्न सकिन्छ । ” कालोपत्र गर्नका लागि ६ दशमलव ६ किलोमिटर सडकमा बेस तयारी अवस्थामा रहेको छ ।

निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले अहिलेको म्याद रहेको अवधिमा नयाँ थप काम नगरेपनि कालोपत्रको लागि तयारी रहेको खण्डमा कालोपत्र गर्ने योजना बनाएको सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरले बताउनुभयो । बेस तयार भएको काम सके यात्रुलाई छ÷सात किलोमिटर थप यात्रामा सहज हुने उहाँले बताउनुभयो । हालको भौतिक प्रगति चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले प्रतिबद्धता गरेकोभन्दा कम भएको उहाँको भनाइ छ । “म्याद थप पछि जति गर्छु भनेको थियो, त्यति भएन, सोअनुसार स्रोत परिचालित पनि भएन, उसको आन्तरिक कारणले पनि होला, अहिले त मौसमले पनि कामलाई घटाएको छ”, योजना प्रमुख मगरले भन्नुभयो ।

म्याद सकिने अवस्थामा रहेकाले अब यो योजना कसरी सम्पन्न गर्न सकिन्छ, कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल चलिरहेको योजना उहाँले बताउनुभयो । “नयाँमा अघि बढ्दा पनि समय लाग्ने हुन्छ, ५२ प्रतिशत सकिएको अवस्था छ, हालकै निर्माण कम्पनीबाट काम गरिसक्नुनै राम्रो हुनसक्छ”, उहाँले भन्नुभयो, “छलफल अघि बढ्दै छ, मुख्य कुरा अब यसको थप प्रगति कसरी छिटो हासिल गर्न सकिन्छ भन्नेनै हो ।” सूचना अधिकारी खनालका यस खण्डमा पर्ने ठूला १२ वटा पुलमध्ये नौवटामा ‘स्ल्याब’ राख्नेसम्मको काम भएको छ । तीन वटाको समेत काम सुरु गरिएको छ ।

साना २२ वटा पुल निर्माण गर्नुपर्नेमा सबैको काम सम्पन्न भएको उहाँले बताउनुभयो । नारायणगढ–बुटवल खण्डको एक सय १३ किलोमिटर सडक अन्तरगत पूर्वी खण्डमा ६५ किलोमिटरमध्ये बजार क्षेत्रमा सर्भिस लेनसहित छ, दाउन्ने खण्डमा तीन र अन्य क्षेत्रमा चार लेनको सडक निर्माण गर्ने गरी काम अघि बढिरहेको छ । करिब रु १७ अर्ब लागतमा निर्माणको काम जारी रहेको यो योजना लामो समयसम्म निर्माण सम्पन्न नहुँदा यात्रा गर्ने यात्रु र चालकले सास्ती खेप्दै आएका छन् ।

वर्षा सुरु भएसँगै राजमार्ग हिलाम्य भएको छ । वर्षामा चोरमारा –अरुणखोला–दुम्किबास, जङ्गल क्षेत्रमा रातोमाटो भएको स्थानमा सडक चिप्लो हुँदा पटक–पटक सडक अवरुद्ध हुने गरेको छ । अन्य स्थानमा समेत सडक हिलो हुँदा यात्रा कष्टपूर्ण हुने गरेको छ । दाउन्ने क्षेत्रमा समेत वर्षाका कारण सडक चिप्लो हुँदा सडक अवरुद्ध हुने गरेको छ । तर दाउन्नेभन्दा अहिले चोरमार, अरुणखोला, दुम्किबासको जङ्गल क्षेत्रमा रातो माटोका कारण सडक चिप्लो भएर अवरुद्ध हुने जोखिम रहेको योजना प्रमुख मगरले बताउनुभयो । रातो माटोका कारण यातायात अवरुद्ध हुने जोखिम रहेको ठाउँमा निर्माण कम्पनीलाई ग्राभेल थप्न भनेको उहाँले बताउनुभयो ।

नमोबुद्धका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा

0

काभ्रेपलाञ्चोक: यहाँको नमोबुद्ध नगरपालिकाले ‘ज्येष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम’अन्तर्गत ७० वर्षमाथिका छ हजारभन्दा बढी ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । नगरका स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा जनप्रतिनिधि, कर्मचारीलगायतको सहयोगमा छ हजार ६५ ज्येष्ठ नागरिकलाई टोलटोलमै स्वास्थ्य सेवा प्रदान गरिएको हो । नगरको ११ वटा वडाका ६३ टोलमा एक हजार पाँच सय ३५ को रक्तचाप मापन, एक हजार चार सय ८३ को मधुमेह जाँच, आठ सय ६० को अन्य जाँच गर्नुका साथै सात सय ५२ जनालाई निःशुल्क औषधि वितरण गरिएको नगर स्वास्थ्य शाखा प्रमुख सुनिल केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार एक हजार चार सय ३५ जनालाई परामर्श प्रदान गरिएको छ । ज्येष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरी ज्येष्ठ नागरिकलाई घरदेलौ र पायक पर्ने स्थानमा स्वास्थ्य सेवा प्रदान गरेको र यस कार्यक्रमलाई निरन्तरता दिइने नगर प्रमुख कुनसाङ लामाले बताउनुभयो । उहाँले ज्येष्ठ नागरिक वर्ग, पूर्ण अशक्त वर्ग र अति विपन्न वर्गलाई लक्षित गरी स्वास्थ्य उपचारका लागि निःशुल्क एम्बुलेन्स सेवा, मासिक घुम्ती स्वास्थ्य परीक्षण शिविर सञ्चालन, निम्न आयस्तर भएका र अति विपन्न वर्गको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । यसअघि नगरले १८ वर्षमाथिका सम्पूर्ण नगरवासीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको थियो ।

नसर्ने रोगको वृद्धिदर बढ्दै गएको जनाउँदै नगरले रक्तचाप, मधुमेह (सुगर), अल्कालीन, प्रोटिन परीक्षण गरी मेथिनकोट अस्पतालबाट थप परीक्षण गराई एक वर्षसम्म निःशुल्क औषधि वितरण गरेको थियो । यसैबीच नमोबुद्ध नगरले चालु आर्थिक वर्षमा पूर्ण खोप सुनिश्चित नगर घोषणा गरेको छ । चालु आवको गत चैत मसान्तसम्मको अवधिमा १५ महिनामुनिका दुई सय ३६ बालबालिका र १६ देखि ५९ महिनासम्मका दुई सय ३७ जना बालबालिकाले १६ महिनादेखि २३ महिनासम्मका बालबालिकाले पाउनुपर्ने खोप लगाएको सुनिश्चित भएपछि सोमबार खोप सुनिश्चित नगर घोषणा गरिएको हो । बालबालिकाले १६ महिनासम्ममा पाउनुपर्ने खोप सो अवधिमा नपाएको भए २३ महिनासम्ममा पूरा गरिन्छ । यसअघि विभिन्न मितिमा नगरका सबै वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको थियो ।

तनहुँलाई पूर्ण खोप सुनिश्चित घोषणा

0

दमौली (तनहुँ): तनहुँ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । यस अगाडि जिल्लाका दशवटै पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको थियो । स्वास्थ्य कार्यालयद्वारा मङ्गलबार आयोजित कार्यक्रममा १६ महिनादेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमको तालिका अनुसार १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाइसकेको सुनिश्चिततासहित पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो स्वास्थ्य कार्यालयका प्रमुख विद्या तामाङले खोप लगाउन छुटेका सबै बालबालिकाको तथ्याङ्क सङ्कलन गरी खोप लगाइएको जानकारी दिनुभयो ।

सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्लास्तरीय खोप समन्वय समितिका संयोजक शान्तिरमण वाग्लेले खोप सुनिश्चिततालाई दिगोपना राख्नुपर्ने बताउनुभयो । जिल्लाका दशवटै पालिकाका ८५ वडाका बालबालिकाले पूर्णरुपमा खोप पाएको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको स्वास्थ्य कार्यालयका खोप अधिकृत शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले १६ महिनादेखि पाँच वर्षसम्मका दुई हजार आठ सय १८ बालबालिकालाई सबै खोपको पहुँचमा ल्याइएको जानकारी दिनुभयो । त्यस्तै १५ महिनासम्मका एक हजार ११ बालबालिकालाई पनि खोप लगाइएको उहाँको भनाइ छ ।

क्यापिटल हिल हिंसा मु्द्दामा ट्रम्पको पक्षमा अमेरिकी सर्वोच्च अदालतको फैसला

0

काठमाडौं । डोनाल्ड ट्रम्पलाई ठूलो राहत दिँदै अमेरिकी सर्वोच्च अदालतले सोमबार ऐतिहासिक फैसला सुनाएको छ । अदालतले उनी राष्ट्रपति हुँदा गरेका धेरै निर्णय वा कारबाहीका लागि उनीविरुद्ध कानुनी कारबाही गर्न नसकिने बताएको छ ।

डोनाल्ड ट्रम्प राष्ट्रपति हुँदा २०२० चुनावको नतिजा उल्ट्याउन षड्यन्त्र गरेको आरोप लगाइएको थियो, जब उनका समर्थकहरूले अमेरिकी संसद क्यापिटल हिलमा आक्रमण गरेका थिए । यस सम्बन्धमा उनीविरुद्ध मुद्दा दर्ता भएको थियो ।

डोनाल्ड ट्रम्पले वासिङ्टनको तल्लो अदालतमा आफूविरुद्ध फौजदारी मुद्दा चलाउन नपरोस् भनेर अपील गरेका थिए, किनभने पूर्व राष्ट्रपति भएकाले उनीसँग संवैधानिक संरक्षण छ । उनको अपील तल्लो अदालतले खारेज गरेको थियो।

सर्वोच्च अदालतले तल्लो अदालतको फैसला उल्टाएको छ । तर, सर्वोच्चको यो निर्णय सर्वसम्मत नभएर ६–३ मतले विभाजित भएको थियो । अर्थात् संवैधानिक इजलासमा परेका ९ न्यायाधीशमध्ये ६ जनाले निर्णयको पक्षमा र ३ जना विपक्षमा थिए । निर्णय प्रधान न्यायाधीश जोन रोबर्ट्स द्वारा लेखिएको थियो।

डोनाल्ड ट्रम्पले अदालतको फैसलालाई संविधान र लोकतन्त्रको ठूलो जीत भएको बताएका छन् । न्युयोर्क टाइम्सले सर्वोच्च अदालतको यो निर्णयलाई जो बाइडेन र उनको डेमोक्रेटिक पार्टीका लागि ठूलो झट्काको रूपमा वर्णन गरेको छ।

यस वर्षको अन्त्यमा हुन लागेको अमेरिकी चुनावमा रिपब्लिकन पार्टीबाट डोनाल्ड ट्रम्प राष्ट्रपति पदका सम्भावित उम्मेदवार हुन् । उनले राष्ट्रपति जो बाइडेनलाई चुनौती दिएका छन्। सर्वोच्च अदालतले क्यापिटल हिल मुद्दालाई पुनरावेदन अदालतमा पठाएको छ । अब यो मुद्दाको सुनुवाइ राष्ट्रपतिको निर्वाचनपछि मात्रै हुने विश्वास गरिएको छ ।

तर, डोनाल्ड ट्रम्पले हश मनी मुद्दामा सर्वोच्च अदालतबाट राहत पाएका छैनन्। यस मामिलामा सुनुवाइ सकिएको छ र जुलाई ११ मा सजाय सुनाइने छ। सर्वोच्च अदालतले ट्रम्पले पदमा रहँदा निर्णय गरेका मुद्दामा मात्रै फौजदारी मुद्दामा उन्मुक्ति पाउने स्पष्ट पारेको छ ।

व्यक्तिगत आपराधिक मुद्दामा उनले उन्मुक्ति पाउने छैनन्। ट्रम्पले २०१६ मा राष्ट्रपति पदका उम्मेदवार हुँदा पोर्न स्टारहरूलाई मौन बनाउनका लागि पैसा दिएको आरोप छ। यस्तो अवस्थामा यो मुद्दालाई ट्रम्पको व्यक्तिगत आपराधिक मामलाको रूपमा हेरिनेछ।

निर्णयसँग असहमति व्यक्त गर्ने तीन न्यायाधीशहरू बाइडेन प्रशासनको समयमा नियुक्त भएका थिए। सर्वोच्च अदालतको फैसलाप्रति प्रतिक्रिया दिँदै उनीहरूले आफ्ना ६ सहकर्मीले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कानुनभन्दा माथि बनाएको बताए ।