Thursday, June 11, 2026
Home Blog Page 702

गाजाको अवस्था निकै निराशाजनक: संयुक्त राष्ट्रसंघ

0

काठमाडौं: संयुक्त राष्ट्र संघको प्रतिवेदनअनुसार गाजाको अवस्था निकै निराशाजनक रहेको छ। गाजामा संयुक्त राष्ट्र संघका वरिष्ठ अधिकारी सिग्रिड कागले बीबीसीलाई यस क्षेत्रमा निर्दोष मानिसहरूलाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदाय असफल भएको बताएका छन् ।

सिग्रिड कागले गाजामा मानवीय सहायता र पुनर्निर्माण प्रयासहरूको निरीक्षण गर्दैछन् । उनी नौ महिनाअघि यही क्षेत्रमा नियुक्त भएका थिए । उनलाई तत्काल आवश्यकताको आधारमा मानवीय सहायता सुनिश्चित गर्ने जिम्मेवारी दिइएको थियो।

उनले संयुक्त राष्ट्रसंघमा पेश गर्न लागेको प्रतिवेदन निकै निराशाजनक रहेको बताए ।

सेग्रिड कागले गाजाको अवस्थालाई प्रकोपको रूपमा वर्णन गरेका छन्। उनले गाजाका जनताका आधारभूत आवश्यकतासमेत पूरा गर्न नसकेको बताए । यस्तो अवस्थामा मनमा सुधारको आशा र सम्भावना जगाउनु धेरै टाढाको कुरा हो ।

उनले यो पनि भने कि गाजा काम गर्न को लागी संसारको सबैभन्दा असुरक्षित स्थानहरु मध्ये एक हो। सेग्रिडका अनुसार युद्धविराम वा बन्धकहरूको रिहाइ नभएसम्म यस अवस्थामा कुनै सुधार देख्न गाह्रो छ।

इन्चार्ज हुने ३० कार्यालयमा जान सयभन्दा बढी डिएसपीको दौडधुप, गृहले दिएन सहमति

0

काठमाडौं: नेपाल प्रहरीमा डिएसपी इन्चार्ज भएर जाने कार्यालयहरुमा सरुवा पाउन गृह मन्त्रालय धाउन थालेपछि सरुवामा सकस देखिएको छ।

इन्चार्ज भएर जाने कार्यालय ३० वटा भए पनि एक सयभन्दा बढी डिएसपी गृह मन्त्रालय धाउन थालेपछि यस्तो सकस देखिएको हो।

दुई दिन अघि नै सरुवा हुनुपर्नेमा गृहमा भीडभाड बढेपछि सहमति दिएको छैन। प्रहरी महानिरीक्षक वसन्त कुँवरले सरुवा गर्ने भएपनि सामान्यतया गृहमन्त्रीको सहमति लिने प्रावधानन रहेको छ । तर गृहले केही दिन ढिला गर्न आग्रह गरेकाले रोकिएको छ ।

केही जिल्ला इन्चार्ज र काठमाडौंका स्वयम्भु, कालिमाटी, बानेश्वर लगायतका वृत्तपनि खाली हुँदै गरेकाले त्यहाँ जान सयभन्दा बढीले गृहमन्त्रालयमा पुगेर दाबी गरिरहेका छन्। कांग्रेस एमालेको संयुक्त सरकार सञ्चालन गरेका बेला डिएसपीहरु दुवै दलका नेताहरुलाई भेटेर शक्ति भिडाउन लागि परेका हुन्।

प्रहरी कर्मचारीको सरुवा गर्दा भौगोलिक हिसावले तराई, पहाड, हिमाल र सुविधाको हिसावले शहरी ÷ ग्रामिण तथा सुगम ÷ दुर्गम क्षेत्रमा आलोपालो हुने गरी गरिने उल्लेख गरिएको भएपनि डिएसपीहरुले नयाँ गृहमन्त्रीलाई प्रभावमा पार्न खोजिएको छ।

‘केही दिनमै डिएसपीको सरुवा हुनेछ’, स्रोतले भन्यो। सरुवाको विषयमा गृहमन्त्री रमेश लेखक र आइजीपी वसन्त कुँवरबीच कुराकानी भएपनि मापदण्ड नपुगेकाले पनि मन्त्रालयको सोर्स लगाउन आएपनि गृहले केही दिन रोक्न खोजेको स्रोतले जनाएको छ ।

विशिष्टिकृत सेवा प्रवाह गर्ने प्रहरी कार्यालयहरुमा सम्बन्धित सेवामा आवश्यक पर्ने तालिम प्राप्त नगरेका प्रहरी कर्मचारीलाई जिम्मेवारीमा खटाईने / सरुवा गरिने छैन। कार्यालय प्रमुखको रुपमा खटिने प्रहरी कर्मचारीको हकमा कार्यालय प्रमुखबाट कार्यालय प्रमुखको जिम्मेवारी पाउने गरी सरुवा तथा पदस्थापन गरिने छैन। स्वभाविक अपेक्षा राख्ने बाहेक अनुचित दवाव वा प्रभाव सिर्जना गरी सरुवा/काज माग गर्ने प्रहरी कर्मचारीको अभिलेख राखी सोही बमोजिम मूल्यांकन गरी सरुवा गरिने जनाइएको छ।

सामान्यतया कार्यालय प्रमुखको रुपमा १ वर्ष सेवा अवधि पुरा गरेपछि मात्रै अन्यत्र सरुवा गरिनेछ। कार्यालय प्रमुखको जिम्मेवारी दिँदा कार्य क्षमता, कमाण्ड, तालिम, अनुभवलाई पनि ख्याल गरिने भन्ने मापदण्डलाई पनि अहिलेको अवस्थामा मिच्न खोजिएको भन्दै गृहमन्त्रालयले केही दिन रोक्न निर्देशन दिएको छ। तर एआइजी भीम ढकाल काठमाडौंबाहिर जाने भएकाले डिएसपी सरुवामा हतार गरिएको स्रोतको दाबी छ।

एउटै दर्जामा दोहोर्‍याएर कार्यालय प्रमुख दिँदा एक कार्यालय प्रमुखबाट अर्को कार्यालय प्रमुख बीचको समय अन्तर दर्जागत रुपमा आवश्यकता अनुसार निर्धारण गर्न लागिएको पनि स्रोतले जनाएको छ ।

सामसङको ‘भव्य दसैँ–तिहार, घरभरि उपहार’ अफर सार्वजनिक

0

काठमाडौँ: चाडपर्वको अवसरमा सामसङले आगामी कार्तिक ३० गतेसम्म लागू हुने गरी अफरको घोषणा गरेको छ । कम्पनीले “भव्य दसैँ तिहार, घरभरि उपहार” अफर घोषणा गरेको हो ।

यो अफरद्वारा ग्राहकले ३१% सम्मको छुटमा नवीनतम सामसङ टिभीहरू र घरेलु उपकरणहरू घरमा ल्याउन र सामसङ टिभीहरू खरिद गर्दा १२ महिनासम्मको निःशुल्क वर्ल्डलिङ्क इन्टरनेट र नेटटिभी सब्स्क्रिप्सन पाउने छन् । यस्तै सामसङ फ्रन्ट लोड वाशिङ मेसिनको खरिद गर्दा निःशुल्क ६केजी सर्फ एक्सेल म्याटिक पाउन सक्ने छन्।

यी चाडपर्वका अफरहरू हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडको सहकार्यमा सञ्चालित सामसङको इन्स्टा फाइनान्स सेवाबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । जसद्वारा ग्राहकहरूले १८ महिनासम्मको विस्तारित अवधिका लागि ०% ब्याज ईएमआईमा नवीनतम सामसङ टिभीहरूको खरिद गर्न सक्नेछन् ।

उपसभामुख राना रूसी महासङ्घ प्रस्थान

0

काठमाडौँ : उपसभामुख इन्दिरा राना रुसतर्फ प्रस्थान गर्नुभएको छ।
यही असोज २ देखि ४ गतेसम्म रूसको सेन्टपिटर्सवर्गमा हुने ‘चौथो युरेसियन महिला फोरम’मा सहभागी हुने सिलसिलामा आज संयुक्त अरब इमिरे्सको दुवईहुँदै त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

रूसी महासङ्घ र इन्टरपार्लियामेन्ट्री एसेम्बली अफ द कमनवेल्थ अफ इनिडपेन्डेन्ट स्टेट्सले आयोजना गरेको फोरमलाई उहाँले असोज ३ गते सम्बोधन गर्ने कार्यक्रम रहेको उपसभामुखको निजी सचिवालयले जनाएको छ । उहाँ असोज ५ गते स्वदेश फर्कने कार्यक्रम छ ।

२ सय ९६ किलो गाँजासहित चार जना पक्राउ

0

काठमाडौं: सोमबार राति महोत्तरी, रामगोपालपुर नगरपालिका-५ रामगोपालपुर चोकबाट अवैध गाँजा करिब १ सय ५० किलोग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ धुनबेसी नगरपालिका-६ बस्ने ३० वर्षीय संजिप खत्री र चितवन खैरेनी नगरपालिका-१ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरी र इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको प्रहरीले बा.प्र ०१-०२६ च १३३६ नम्बरको पिकअप गाडीलाई जाँच गर्ने क्रममा १० वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला पारी गाडी चालक संजिप र सहचालक किशोरलाई पक्राउ गरेको हो ।

मोरङ, बिराटनगर महानगरपालिका-१७ मण्ठा पोखरीस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १ सय ४६ किलोग्राम सहित २ जनालाई सोमबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-१७ बस्ने ४५ वर्षीय सुक्षिम राई र सोही उपमहानगरपालिका-११ बस्ने ४६ वर्षीय देवराज राई रहेका छन् ।

इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले बिराटनगरबाट आइसिपि तर्फ जाँदै गरेको को.२ च ७५९ नम्बरको स्कार्पीयो गाडीलाई जाँच गर्ने क्रममा गाडीमा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी स्कार्पीयो चालक सुक्षिम र स्कार्पीयोमा सवार देवराजलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अमेरिकामा इन्ट्रा कप भलिबल, रुकुम र बेलमण्ट विजयी

0

न्युयोर्क: अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्ग सहरमा इन्ट्रा कप भलिबल प्रतियोगिता सम्पन्न भएको छ। उक्त प्रतियोगितामा पुरुषतर्फ रुकुम टिम र महिलातर्फ बेलमण्ट टिम विजयी भएका छन् ।

गए राति सम्पन्न फाइनल खेलमा रुकुम टिमले सजनी टिमलाई ३–२ को सेटले पराजित गरी ट्रफी हात पारेको थियो ।

नेपालको कर्णाली प्रदेशअन्तर्गत रुकुमबाट आएर अमेरिकाको टेक्सास राज्यमा बसोबास गर्ने खेलाडी रुकुम टिममा सम्मिलित छन् भने सुदूरपश्चिम प्रदेशबाट अमेरिका आई टेक्सासमै बसोबास गर्ने खेलाडी सजनी टिममा समावेश छन् । प्रथम हुने रुकुम टिमले १० तोला सुनको गोल्डकपसहित १२ हजार डलर (रु १६ लाख नौ हजार) पुरस्कार प्राप्त गरेको छ।

त्यसैगरी महिला भलिबलतर्फ मेरिल्याण्ड राज्यको नेपाली क्लब बेलमण्टले उपाधि जितेको छ। नेपाली राष्ट्रिय खेलाडी सिपोरा गुरुङ र रमिला तण्डुकार सम्मिलित बेलमण्टले १० तोला सुनको गोल्डकपसहित र नौ हजार डलर (रु १२ लाख ६ हजार) जितेको थियो ।

यसैगरी सो प्रतियोगितामा पुरुषतर्फ उपविजेता बनेको सजनी टिमले आठ हजार डलर (रु १० लाख ७२ हजार) र महिलातर्फको उपविजेता बिवाइएससी मिनीसोटाले छ हजार डलर (रु आठ लाख चार हजार) पुरस्कार प्राप्त गरेको छ । खेलको नियमानुसार सुनको ट्रफी हात पार्न लगातार तीनपटक जित्नुपर्ने हुन्छ । पुरुष विजेता रुकुम टिम र महिला विजेता बेलमण्टले लगातार दुईपटक इन्ट्रा कप भलिबल प्रतियोगिता जितिसकेका छन् । अब एकपटक दुवै टिमले जिते सुनको ट्रफी यी टिमले लग्नेछन् ।

पुरस्कार वितरण गर्दै फाउण्डेसनका अध्यक्ष अधिकारीले खेल जितेर पुरस्कार रकम, ट्रफी र कपमात्र लिएर खेलाडी फर्किएको नभई नेपालीपन, नेपाली मन र नेपाली जातीय एकतालाई मजबुद बनाएको बताउनुभयो । उहाँले नेपालीपन र नेपाली सांस्कृतिक एकतालाई संसारभर मजबुद बनाउन फाउण्डेसनले ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को दोस्रो संस्करण सन् २०२५ मा देखि सुरु गर्ने बताउनुभयो ।

पुरस्कार वितरण गर्दै नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बलले नेपालीपन र नेपाली मनलाई अमेरिकामा एकताबद्ध बनाई खेलकुद प्रतियोगिता गराएकामा आयोजक संस्थाको सराहना गर्नुभयो ।

खेल व्यवस्थापन समितिका संयोजक ओमराज गुरुङका अनुसार इन्ट्रा कप भलिबलको सर्वोत्कृष्ट खेलाडीमा महिलातर्फ बेलमण्टकी सिपोरा गुरुङ र पुरुषतर्फ रुकुम टिमका डेमोण्ड खड्का घोषित भएका थिए । प्रतियोगितामा पुरुषतर्फ तेस्रो हुन सफल सानफ्रान्सिस्को टिमले पाँच हजार डलर (रु छ लाख ७० हजार) र महिलातर्फ फ्रेण्डसिप ओहायो टिमले तीन हजार डलर (रु चार लाख दुई हजार) प्राप्त गरेका छन् ।

लोकतन्त्रप्रति जनविश्वास बढाउनुपर्नेमा राष्ट्रपतिको जोड

0

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले देशका सामुदायिक रेडियोले निर्वाह गरेको भूमिकाको सराहना गर्दै लोकतन्त्रप्रति जनविश्वास बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना, मानवअधिकार, विधिको शासन र सामाजिक रूपान्तरणका लागि देशका सामुदायिक रेडियोले निर्वाह गरेको भूमिकाको सराहना गर्दै राष्ट्रपति पौडेलले यस्तो बताउनुभएको हो।

सामुदायिक रेडियो प्रसारक सङ्घका नवनिर्वाचित पदाधिकारीलाई शुभकामना दिन राष्ट्रपति भवनमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले भूकम्प, कोरोनाजस्ता विषम परिस्थितिमा सामुदायिक रेडियोहरूको भूमिका वन्दनीय रहेको बताउनुभयो । नागरिकलाई सुसूचित गर्न तथा अभिव्यक्ति स्वतन्त्रता प्रवद्र्धनमा सामुदायिक रेडियोको महत्त्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयो ।

सामाजिक सञ्जालको प्रयोगसँगै तथ्यहीन र भ्रामक सूचनाले चुनौती थपेको वास्तविकता सुनाउँदै राष्ट्रपति पौडेलले जनतालाई सत्य सूचना सम्प्रेषण गरेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई निर्वाध उपयोग गर्दै लोकतन्त्रप्रति जनताको विश्वास सुदृढ बनाउन सञ्चारकर्मी सधैँ सचेत रहनुपर्छ भन्नुभयो ।

उहाँले साक्षर मात्र नभइ सञ्चारका अन्य माध्यममा पहुँच नभएका निरक्षरका लागि सुसूचित हुने सबैभन्दा सरल, सहज र विश्वसनीय सञ्चारमाध्यम रेडियो भएकाले जनताप्रति रेडियोकर्मीको भूमिका अझ महत्वपूर्ण हुने बताउनुभयो ।

दुबईकी राजकुमारी चर्चामा, पतिसँग अलग भएपछि लञ्च गरिन् ‘डिभोर्स’ परफ्युम !

0

काठमाडौँ: युएईका उपराष्ट्रपति तथा दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मकतूमकी छोरी राजकुमारी शेखा महरा अहिले चर्चामा छिन् ।

उनले हालै आफ्ना पति शेख माना बिन मोहम्मद बिन रशिद बिन मना अल मकतौमसँग सम्बन्ध विच्छेद गरेर चर्चामा आएकी हुन् ।

अहिले महराले नयाँ परफ्युम लन्च गरेर मानिसको ध्यान तानेकी छिन् । उनले आफ्नो परफ्युमको नाम ‘डिभोर्स’ राखेका कारण चर्चामा आएकी हुन् । यसका कारण सामाजिक सञ्जालमा महराको निकै चर्चा भइरहेको छ ।

दुबईकी ३० वर्षीया राजकुमारीले आफ्नो ब्राण्ड महरा एम १ अन्तर्गत डिभोर्स नामको परफ्युम लन्च गरेकी छन् । दुबईका शासककी छोरीले सोमबार इन्स्टाग्राममा यो जानकारी दिएकी हुन् । उनले उत्पादनको टिजर शेयर गरेकी छन्। उनको पोस्टमा डिभोर्स लेखिएको सुन्दर कालो बोतल देखाइएको छ । टिजरमा टुटेको गिलास, कालो पंखुडी र कालो प्यान्थर देखाइएको छ ।

टिजर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । महराले जुलाईमा सार्वजनिक रूपमा आफ्ना श्रीमानसँग सम्बन्ध विच्छेद गरेकी थिइन् । महराले लेखेकी थिइन्, ‘प्रिय श्रीमान्, तिमी अर्कैसँग भएकोले म डिभोर्सको घोषणा गर्छु । म तिमीलाई तलाक दिन्छु, म तिमीलाई तलाक दिन्छु र म तिमीलाई तलाक दिन्छु, ख्याल राख्नुहोस् । तिम्रो पूर्व पत्नी।’

दुबई जस्तो कट्टर देशमा आफ्ना श्रीमानलाई सार्वजनिक रूपमा सम्बन्ध विच्छेद गर्ने राजकुमारी शेखा महरा को हुन् ?

शेखा महराको जन्म २६ फेब्रुअरी १९९४ मा दुबई, युएईमा भएको थियो । उनी ३० वर्षकी भइन् । शेखा महराको जरा इमिराती र ग्रीक दुवै हुन्, किनकि उनकी आमा जो ग्रिगोराकोस ग्रीसकी हुन् । उनले आफ्नो प्रारम्भिक शिक्षा दुबईको एक निजी विद्यालयबाट प्राप्त गरेकी हुन् र पछि उच्च शिक्षाको लागि लन्डन गइन् । उनले बेलायतको एक विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा डिग्री लिएकी छन् ।

शेखा महराले मे २०२३ मा शेख माना बिन मोहम्मद बिन रशिद बिन मना अल मकतूमसँग विवाह गरेकी थिइन् । उनले यस वर्ष मे महिनामा छोरीलाई जन्म दिएकी थिइन्, जसको नाम शेखा महरा बिन्त माना बिन्त मोहम्मद अल मकतौम राखिन् । तर, शेखा महराले साउन महिनामा सार्वजनिक रुपमा सम्बन्धविच्छेदको घोषणा गरेकी थिइन् । उनले शेख मना अर्की महिलासँग सम्बन्धमा रहेको आरोप लगाएकी छन् ।

शेख माना शेख मोहम्मद बिन राशिद बिन मना अल मकतूमका छोरा हुन् । उनी युइएमा जिसीआई रियल इस्टेट डेभलपमेन्ट कम्पनी, एमएम ग्रुप अफ कम्पनी, दुबई टेक र अल्बर्डा ट्रेडिङ लगायतका धेरै सफल व्यवसायिक उद्यमहरूमा संलग्न छन् । शेख मनको कुल सम्पत्ति करिब १.५ बिलियन डलर रहेको अनुमान गरिएको छ ।

अमेरिकी विद्यालयमा गोलीबारीको घटनामा अभियुक्तका बुबा पक्राउ, पितालाई नै हत्याको मुद्दा लगाइयो

0

काठमाडौं: अमेरिकी विद्यालयमा गोली चलाएको आरोपमा विद्यार्थीका बुबा पक्राउ परेका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार प्रहरीले आरोपी कोल्ट ग्रेका बुबा कोलिन ग्रे (५४ वर्ष) विरुद्ध हत्याको १४ मुद्दा दर्ता गरेको छ।

रिपोर्टका अनुसार बाबु दोषी प्रमाणित भएमा उनलाई १० देखि ३० वर्षसम्मको जेल सजाय हुन सक्छ । साथै, दोषी प्रमाणित भएमा नाबालिग अभियुक्तलाई आजीवन कारावासको सजाय हुन सक्छ।

अमेरिकाको जर्जिया राज्यको अपलाची हाईस्कुलमा गत बुधबार गोली चलेको थियो । जसमा २ शिक्षक र २ विद्यार्थी सहित ४ जनाको मृत्यु भएको र ९ जना घाइते भएका भएका थिए ।

प्रहरीले हत्यामा संलग्न १४ वर्षीय बालक कोल्ट ग्रेलाई बुधबार पक्राउ गरेको छ । प्रहरीले कोल्ट विरुद्ध ज्यान मार्ने ४ मुद्दा दर्ता गरेको छ । रिपोर्टका अनुसार अभियुक्त नाबालिग भए पनि उनीमाथि वयस्कको रुपमा मुद्दा चलाइनेछ ।

कोल्टले आक्रमणमा अर्धस्वचालित हतियार प्रयोग गरेको प्रहरीले जनाएको छ । सन् २०२३ को डिसेम्बरमा बाबुले छोरालाई यो सेमी अटोमेटिक हतियार दिएको हो कि होइन भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

कोल्टले मे २०२३ मा सामाजिक सञ्जालमा सामूहिक गोली हान्ने धम्की दिएको प्रहरीले जनाएको छ। त्यसपछि प्रहरीले सोधपुछका लागि उनको घर पुग्यो । यद्यपि, उनलाई त्यतिबेला गिरफ्तार गरिएको थिएन, किनभने कोल्टका बुबाले त्यसो नगर्ने बाचा गरेका थिए ।

आक्रमणकारीले गत वर्ष सामूहिक गोलीबारी गर्ने धम्की दिएका थिए भने उनीसँग शिकार गर्ने बन्दुक थियो जुन उनी सधैं निगरानीमा राख्थे। उनले भर्खरै आफ्नो सम्बन्धविच्छेद भएको भन्दै छोरा निकै स्तब्ध भएको बताएका थिए ।

न्युयोर्क टाइम्सका अनुसार अमेरिकाको जर्जियामा कुनै अभियुक्तका अभिभावकलाई अपराधमा पक्राउ गरिएको यो सम्भवतः पहिलो घटना हो ।

जर्जिया ब्यूरो अफ इन्भेस्टिगेशन (जीबीआई) का प्रमुख क्रिस होसियाले पत्रकार सम्मेलनमा सबै कुरा थाहा हुँदाहुँदै पनि छोरालाई हतियार राख्न दिएका कारण बुबाले आरोपको सामना गर्नुपर्ने बताए। त्यसपछि मात्र यो दुर्घटना भएको हो ।

यस वर्षको सुरुमा, मिशिगन राज्यमा सामूहिक गोलीबारीमा एक अभियुक्तका आमाबाबुलाई अपराधको दोषी ठहराइयो र १५ वर्षको जेल सजाय सुनाइएको थियो। यो देशमा यस प्रकारको पहिलो घटना थियो।

अमेरिका र बेलायतका विदेशमन्त्री यसै साता सँगै युक्रेनको भ्रमणमा जाने

0

काठमाडौं: अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र उनका बेलायती समकक्षी डेभिड ल्यामी यसै साता सँगै युक्रेनको भ्रमण गर्ने भएका छन्। दुवैले यो युक्रेनलाई रुसको विरुद्धमा समर्थन गर्ने महत्वपूर्ण क्षण भएको बताए ।

डेभिड ल्यामीले दशकौंमा पहिलो पटक यस्तो भ्रमण हुने बताए । यसले युक्रेनप्रति पश्चिमी देशहरूको प्रतिबद्धता देखाउनेछ। ब्लिन्केनले अमेरिका र बेलायतको प्राथमिकता युक्रेनको सुरक्षामा सहयोग गर्नु रहेको बताए ।

डेभिड ल्यामी र एन्टोनी ब्लिन्केनले चीन, इरान र उत्तर कोरियाले रुसलाई सहयोग गरिरहेको आरोप लगाएका छन् ।

ब्लिन्केनले इरानले रुसलाई ब्यालेस्टिक क्षेप्यास्त्र दिएको भन्दै अमेरिकाले इरानविरुद्ध नयाँ प्रतिबन्धको घोषणा गर्ने बताए ।

वास्तवमा रुस र युक्रेनबीच फेब्रुअरी २०२२ देखि युद्ध चलिरहेको छ ।