Thursday, June 11, 2026
Home Blog Page 701

दरबारमार्ग क्षेत्रमा सवारी आवतजावतमा रोक

0

काठमाडौँ: काठमाडौंको दरबारमार्ग क्षेत्रमा सवारी आवतजावतमा रोक लगाइएको छ।

संविधान दिवसको अवसरमा भोलि बिहीबार (असोज ३ गते) नागरिक स्तरबाट आयोजना हुने नेशनल डे कन्सर्ट आयोजनाका लागि स्टेज निर्माण कार्य भइरहेकाले उक्त क्षेत्रमा सवारी आवतजावतमा रोक लगाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विभिन्न मार्गबाट दरबारमार्ग क्षेत्रमा आउने सवारी साधनलाई डाइभर्सन गरिएको छ।

केशरमहलचोकबाट दक्षिणगेट तर्फ जाने सवारी साधनहरुलाई जमलतर्फ, जयनेपालचोकबाट दक्षिणगेटतर्फ आउने सवारी साधनहरुलाई कृष्णपाउरोटीतर्फ र महेन्द्रशालिकचोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनहरुलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको कार्यालयले जनाएको छ।

आजको मौसम: यी पाँच प्रदेशमा मध्यम वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना

0

काठमाडौँ: मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको कारण देशभर मनसुनी वायुको प्रभाव सँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ।

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भ(भागमा आंशिक देखि साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ। कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरू तथा बाँकी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

आज राति कोशी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राप्रपाले गर्यो पार्टीको केन्द्रीय सदस्य पदमा २० जना युवालाई छनोट

0

काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नवीन राप्रपा कार्ययोजनाअन्तर्गत ४० वर्ष मुनिका २० युवालाई पार्टीको केन्द्रीय कार्यसमितिमा लैजाने निर्णय गरेअनुसार आज २० जना युवालाई केन्द्रीय सदस्य पदमा छनोट गरेको छ ।

वरिष्ठ नेता उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा छनोट समिति गठन गरी छनोटको विभिन्न मापदण्डका आधारमा लिइएको अन्तर्वार्तापछि समितिले १० जना पुरुष र १० जना महिलालाई पार्टीको केन्द्रीय सदस्य पदमा छनोट गरेको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुरुष १० जनातर्फ दार्चुलाका अशोकसिंह सम्राट, कैलालीका लोकेन्द्र कुँवर, काठमाडौँका विनोद श्रेष्ठ, कास्कीका अरुण गिरी, सिन्धुपाल्चोकका इञ्जिनियर गोपीकृष्ण चौलागाईं, दाङका शिवकुमार चौधरी, सुर्खेतका रविकिरण हमाल, पश्चिम नवलपरासीका नवतीतकुमार मिश्र, काठमाडौँका समीर शर्मा र युके प्रवासका डा डेभिड थापा रहनुभएको छ ।

यसैगरी महिला १० जनातर्फ धादिङकी मा बिना लामा, पर्साकी मा बिना जयसवाल, सिन्धुपाल्चोककी लक्ष्मी (नानी) थापा, सुनसरीकी नजियाँ खातुन मियाँ, ललितपुरकी इञ्जिनियर सजिना कार्की, सल्यानकी मा अनिशा नेपाली, तनहुँकी रेजिना श्रेष्ठ, काभ्रेपलाञ्चोककी इञ्जिनियर दीपा श्रेष्ठ, मिस नेपाल वल्र्ड २०२४, काठमाडौँकी आश्माकुमारी केसी र हुम्लाकी तारा जैसी रहनुभएको छ ।

गुणस्तरीय शिक्षामा समान अवसर र लाभको सुनिश्चितता जरुरीः प्रधानमन्त्री

0

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले पिछडिएका वर्ग, क्षेत्र, लिङ्ग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय शिक्षाको समान अवसर वितरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले प्रदेशगत र स्थानीयगत शिक्षाका सबै तह एवं अवसरमा हुने असमानता हटाई समान अवसर र लाभको सुनिश्चितता गर्नु अपरिहार्य रहेको उल्लेख गर्नुभएको छ ।

‘राष्ट्रिय शिक्षा दिवस, २०८१’ का अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले शिक्षा क्षेत्रका लागि बजेटको अंश वृद्धि गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न र विद्यालय शिक्षा विधेयक, २०८१ लाई छलफलसहित पारित गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपालको संविधानले प्रत्याभूत गरेको शिक्षासम्बन्धी मौलिक हकलाई कार्यान्वयनमा लैजाने क्रममा अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ जारी भएको दिन असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय भएको थियो । यसवर्ष ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता ः साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने आदर्श वाक्यका साथ राष्ट्रिय शिक्षा दिवस, २०८१ देशभर मनाउन लागिएकामा प्रधानमन्त्रीले खुसी व्यक्त गर्नुभएको छ ।

अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र निःशुल्क माध्यमिक शिक्षाको लक्ष्य हासिलका लागि तीनै तहका सरकारबीच आपसी समन्वय, सहकार्य र सहअस्तित्वमा आधारित भएर लगानीमा साझेदारी अभिवृद्धि गर्नुपर्ने अवस्था रहेको प्रधानमन्त्री ओलीको शुभकामना सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्रीले सन्देशमा भन्नुभएको छ, “भएको लगानी र स्रोतसाधनको प्रभावकारी एवं रचनात्मक उपयोग भई गुणस्तरीय शिक्षामार्फत रोजगारी तथा नैतिक आचरणयुक्त नागरिक र समाज निर्माण गर्नु आवश्यक छ ।”

सन् २०३० सम्ममा दिगो विकासको विश्वव्यापी लक्ष्य हासिल गर्न विद्यालय शिक्षा साधारण/प्राविधिकदेखि उच्च शिक्षासम्मका सिकाइलाई समावेशी र गुणस्तरीय बनाउनका साथै सबै शिक्षण संस्थालाई उत्कृष्ट ज्ञान केन्द्रका रूपमा विकास गरी शिक्षालाई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने माध्यम बनाउनुपर्ने प्रधानमन्त्रीको भनाइ छ ।

“समृद्धिको एक आधारका रुपमा शिक्षा क्षेत्र रहेकाले गुणस्तरीय र रोजगारमूलक शैक्षिक जनशक्ति उत्पादनमा शिक्षाका सबै अभियन्ताहरु लाग्नुपर्नेछ”, प्रधानमन्त्रीले भन्नुभएको छ ।

कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को आगामी परीक्षामा कम्तीमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन मुख्य विषयमा प्रतिभाशाली विषय शिक्षकबाट सूचना र प्रविधिको देशव्यापी रुपमा अतिरिक्त कक्षा सञ्चालन गर्न सरकारले विशेष पहल गरिरहेको प्रधानमन्त्रीले स्पष्ट पार्नुभएको छ ।

आधारभूत तहको खुद भर्ना दरमा सुधार आएको देखिए पनि विद्यार्थीको टिकाउ दर बढाउन हामीले अझै मेहिनत गर्नुपर्ने देखिएको उहाँको कथन छ । उहाँले त्यसमा थप सुधार गर्न विविधता व्यवस्थापन गर्दै शिक्षालाई स्थानीय ज्ञान, सीप र प्रविधिलाई जोडी आधुनिकीकरण गर्न र देशमा नै रोजगार एवं स्वरोजगारका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले प्राविधिक शिक्षा एवं व्यावसायिक तालिममा थप लगानी गर्दै उत्पादनशील, सीपयुक्त जनशक्ति निर्माणमा हाम्रो प्राथमिकता रहेको बताउनुभएको छ । “विद्यालय तहदेखि उच्च शिक्षासम्मको शिक्षालाई प्रतिस्पर्धी, व्यावसायिक, सीपमूलक, रोजगारमूलक, सूचना र प्रविधिमा आधारित बनाइ विश्वमा उत्पन्न लाभ र अवसरको उपयोगसँगै नवीन र सिर्जनशील कार्यमा केन्द्रित बनाउन र मर्यादित वातावरणमा सिक्न र सिकाउन प्रतिबद्ध हुनु आजको आवश्यकता हो”, प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ ।

प्रधानमन्त्री ओलीले बालबालिकाको सर्वाङ्गीण विकासका लागि जिम्मेवार र जवाफदेही भएर स्वउत्प्रेरित भई थप योगदान गर्न सफलता मिलोस् भन्ने कामना गर्नुभएको छ ।

नेपाल ट्रष्टका नामका जग्गा संरक्षण गर्छौं: मन्त्री अधिकारी

0

भक्तपुर: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले नेपाल ट्रष्टका नाममा रहेका जग्गा संरक्षण गर्न खोजीकार्य थालनी गरेको बताउनुभएको छ ।

आज भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टका नाममा रहेको एक सय आठ रोपनी जग्गाको निरीक्षणपछि उहाँले सरकारले ट्रष्टको नाममा रहेका देशभरका जग्गा खोजी गरी संरक्षण कार्य सुरु गरेको बताउनुभयो ।

मन्त्री अधिकारीले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित विद्यालय, कलेज, अस्पताललगायतको अवलोकन गर्नु भई भौतिक अवस्थिति र शैक्षिक अवस्थाबारे जानकारी लिनुभयो । उहाँले भक्तपुर दरबार क्षेत्रस्थित सांस्कृतिक एवं ऐतिहासिक महत्वका सम्पदाको पनि अवलोकन गर्नुभएको थियो ।

भक्तपुर नगरपालिका प्रमुख सुनील प्रजापतिले जनताको सुखदुःखमा सबैभन्दा नजिक रहेको स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताउनुभयो । उहाँले नगरपालिकाले विश्वविद्यालय सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गरिरहेकाबारे जानकारी गराउनुभयो ।

मुलुकको विकासका लागि विश्वविद्यालयको सुधार जरुरी छ: उपकुलपति बराल

0

काठमाडौँ: त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजङ्ग बरालले मुलुकको विकासका लागि विश्वविद्यालयको सुधार जरुरी रहेको बताउनुभएको छ । मंगलबार पद्मकन्या बहुमुखी क्याम्पसको ७४औँ वार्षिकोत्सवका अवसरमा उहाँले विश्वविद्यालयको सुधार नगरेसम्म मुलुकको विकास सम्भव नभएको बताउनुभयो ।

उपकुलपति प्राडा बरालले मुलुकको ८० प्रतिशत उच्च शिक्षा त्रिभुवन विश्वविद्यालयले ओगटेको उल्लेख गर्दै विश्वविद्यालय सुधार पहिलो सर्त भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “मैले यस विषयमा कुलपति र सहउपकुलपतिसँग स्पष्टसँग भनिसकेको छु, विश्वविद्यालय सुधार नहुँदासम्म मुलुक समृद्ध हुँदैन ।”

उहाँले दाङमा र डोटीमा इन्जिनियरिङ कलेज सञ्चालनमा जनशक्ति र बजेट अभाव भएको समेत बताउनुभयो । त्रिभुवन विश्वविद्यालयमा आवश्यक दरबन्दी नभएको बताउँदै उहाँले यस विषयमा आफूले सरकारको ध्यानाकर्षण गराएको जानकारी गराउनुभयो ।

त्यसअवसरमा पद्मकन्या बहुमुखी क्याम्पस प्रमुख प्राडा जयालक्ष्मी प्रधानले पद्मकन्या क्याम्पसमा पढेका विद्यार्थीहरु अहिले मुलुकको राजनीति हाँकिरहेको उल्लेख गर्दै क्याम्पसको थप विकास जरुरी रहेको बताउनुभयो ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा साढे चार लाख बढीले लिए सेवा

0

कास्की: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गत आर्थिक वर्ष २०८०/८१ मा चार लाख ५५ हजार पाँच सय छ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् । अस्पतालका मेडिकल रेकर्ड अधिकृत तीर्थ गौतमका अनुसार गत एक वर्षमा ओपिडीमा चार लाख छ हजार सात सय २९ र इर्मेजेन्सीमा ४८ हजार सात सय ७७ जनाले सेवा लिएका हुन् ।

ओपिडी सेवा लिनेमध्येमा मेडिकलतर्फ सबैभन्दा बढी छन् । मेडिकलमा एक लाख २६ हजार आठ सय ४५, हाडजोर्नीतर्फ ४८ हजार नौ सय ८४, गर्भवती जाँच ३७ हजार नौ सय ४२, बालरोग ३२ हजार दुई सय ४०, सर्जरीमा २७ हजार चार सय ७५ र प्रसूतिमा २५ हजार आठ सय ८७ जनाले सेवा लिएका छन् ।

यसैगरी आव २०७८/७९ मा ओपिडीमा दुई लाख ७२ हजार तीन सय ५९ र इर्मेजेन्सीमा ४० हजार सात सय ३९ जनाले सेवा लिएका थिए भने आव २०७९/८० मा ओपिडीमा तीन लाख ५६ हजार चार सय दुई तथा इर्मेजेन्सीमा ५४ हजार नौ सय ७१ जनाले सेवा लिएको गौतमले जानकारी दिनुभयो ।

“अस्पतालमा देशका सात प्रदेश तथा ७७ वटै जिल्लाबाट बिरामीले सेवा लिएको देखिन्छ । बर्सेनि ओपिडी र इर्मेजेन्सीमा उपचारका लागि आउने बिरामीको सङ्ख्या बढेको छ । सेवाग्राही बढेसँगै अस्प्तालको साधनस्रोत र क्षमता वृद्धि गर्नुपर्ने चुनौती थपिँदै गएको छ”, गौतमले भन्नुभयो ।

अस्पतालका अनुसार गत आवमा २२ हजार एक सय ४७ जनाले अस्पतालमा भर्ना भएर सेवा लिएका छन् । यो सङ्ख्या आव २०७८/७९ मा २० हजार चार सय ६६ र आव २०७९/८० मा २२ हजार छ सय ८४ रहेको थियो ।

अस्पतालका अनुसार ओपिडी तथा आकस्मिक कक्षमा उपचार सेवा लिने बिरामीमध्ये सवैभन्दा बढी कास्की जिल्लाका छन् । त्यसपछि तनहुँ, स्याङ्जा, पर्वत, बाग्लुङ, म्याग्दी, लमजुङ, गोरखा, धादिङ र पाल्पाका नागरिकले सेवा लिएका छन् ।

अस्पतालले भौतिक पूर्वाधार विकाससँगसँगै दक्ष जनशक्ति व्यवस्थापन र अत्याधुनिक स्वास्थ्य उपकरणसहित सेवा विस्तार र सुधारमा जोड दिएको अस्पतालले जनाएको छ । अस्पतालले मिर्गाैला प्रत्यारोपणलगायत केही विशिष्ट उपचार सेवा दिन सुरु गरेको छ ।

हालको पोखरा महानगरपालिका–१० मा विसं २०१२ मा सोल्जर बोर्ड अस्पतालका नाममा यो स्थापना भएको हो । त्यसपछि विसं २०१९ मा १५ शय्याको जिल्ला अस्पताल बन्यो । विसं २०३२ मा ५० शय्या क्षमतामा विस्तार भएर गण्डकी अञ्चल अस्पताल बन्यो । विसं २०४३ देखि एक सय ५० बेड क्षमतामा विस्तार भएर पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा विकास भएकामा विभिन्न मितिमा शय्या थपिँदै गएर हाल पाँच सय बेडको अस्पतालमा रुपमा रहेको छ ।
सरकारले विसं २०७२ मा अस्पताललाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा स्थापना गर्ने घोषणा गरेको थियो ।

साना तथा मझौला उद्योग प्रवर्द्धनमा उद्योग वाणिज्य महासङ्घको प्रयास

0

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासङ्ले युवा, महिला एवं साना तथा मझौला उद्यमीको प्रवर्द्धनमा विशेष प्रयास गरिरहेको जनाएको छ ।

महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मङ्गलबार साँझ पत्रकारहरूसँग भएको छलफलमा महासङ्घले मस्यौदा गरेको ‘स्टार्टअप’ नीति पारित भएको बताउनुभयो ।

तीन वर्षदेखि निरन्तर स्टार्टअप नेसन कार्यक्रम आयोजना गरी प्रवर्द्धन र पैरवी गरिरहेको जानकारी दिँदै उहाँले कैलालीमा प्रदेश सरकारसँगको सहकार्यमा चाँडै ‘इन्कुवेसन’ केन्द्र स्थापना गरिने बताउनुभयो ।

साना तथा मझौला उद्यमीका लागि ‘एसएमई’ विकास केन्द्र महासङ्घमा स्थापना गरिने जानकारी दिँदै अध्यक्ष ढकालले यसको प्रभावकारी सञ्चालनको तयारी भइरहेको बताउनुभयो ।

उद्योग व्यवसायसँग सम्बन्धित विवाद निरुपण गर्न महासङ्घमा मेलमिलाप केन्द्र स्थापनासम्बन्धी कार्यविधि तयार भएको बताउँदै उहाँले त्यसबाट व्यवसायी बीचका विवाद समाधानमा योगदान पुग्ने बताउनुभयो ।

देशमा लगानीका सम्भावना प्रशस्त रहेका, जलविद्युत्, पर्यटन, उत्पादन, कृषि, भौतिक पूर्वाधारलगायत क्षेत्रमा स्वदेशी लगानीकर्ता पुँजी परिचालन गर्न इच्छुक रहेका बताउँदै स्वदेशी पुँजीमा नै विकास–निर्माणका परियोजना कार्यान्वयन गर्न नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड दर्ता भएको जानकारी दिनुभयो ।

उक्त कम्पनीमा कम्तीमा रु ४० अर्ब दाखिला गरी त्यसबाट प्रसारण लाइन निर्माणलगायत विकास आयोजना सञ्चालन गर्न सकिने उहाँले बताउनुभयो । “यो महासङ्घको कम्पनी होइन तर यसका सदस्य र गैरसदस्यले पनि लगानी गर्न पाउनेगरी बनेको कम्पनी हो । यसले बजारमा थोरै भए पनि मनोबल बढाउने अपेक्षा गरेका छौँ ।”

मुलुकको अर्थतन्त्रमा क्रमशः सुधार हुन थालेको भए पनि निजी क्षेत्र सन्तुष्ट भएर बस्ने अवस्था नरहेको बताउँदै अध्यक्ष ढकालले आर्थिक सूचक पनि सकारात्मक हुँदै गएका छन् भन्नुभयो ।

फरक प्रसङ्गमा उहाँले भन्नुभयो, “अख्तियारलगायतका निकायको भूमिका निजी क्षेत्रमा रहने कि नरहने भन्ने विषय प्रष्ट हुनुपर्छ । नियमन मात्रै गर्ने, त्रासमात्रै देखाउने हो भने लगानीकर्ता निरुत्साहित हुनेछन् । उद्यमी व्यवसायीलाई पनि स्वच्छ र स्वस्थ व्यवसाय प्रवर्द्धन गरौँ भन्ने नै छ । उपभोक्ताप्रति जिम्मेवार व्यवसायलाई हामीले बढावा दिनुपर्छ । यसतर्पm हाम्रा कमजारी छन् भने सुधार गर्नुपर्छ ।”

भित्रियो काठमाडौंमा एट्टिक होटल इन, एक वर्षमा एक हजार होटलसँग सहकार्य गर्ने

0

काठमाडौँ: होटलको बुकिङ्ग र व्यवस्थापनसम्बन्धी काम गर्दै आएको ट्राभियालिटी नेपालले काठमाडौँमा ‘एट्टिक होटल इन’ भित्र्याएको छ। गैरआवासीय नेपालीले स्थापना गरेको ट्राभियलिटीले होटल व्यवस्थानसम्बन्धी तालिम दिने तथा डिजिटल प्रचारको काम गर्दै आएको छ । कम्पनीका स्टाट्रेजी अफिसर सोमनाथ सापकोटाका अनुसार हाल साना ठूला गरी २७ वटा होटलसँग सहकार्य गर्दै आएको कम्पनीले आगामी एक वर्षमा एक हजार होटलसँग सहकार्य गर्ने तयारी गरेको छ ।

एट्टिक होटल इन को आज एक कार्यक्रमकाबीच नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटा (कमल) र होटल सङ्घ नेपाल (हान)का अध्यक्ष विनायक शाहले संयुक्तरुपमा सुभारम्भ गर्नुभयो ।

सो अवसरमा पर्यटन विभागका महानिर्देशक डा नारायणप्रसाद रेग्मीले पर्यटन क्षेत्रको प्रवर्द्धनमा विभागले निजी क्षेत्रसँगको साझेदारिता र सहयोग अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गरेर पर्यटकीय पूर्वाधारको प्रभावकारी सदुपयोग गरिनुपर्नेमा जोड दिनुभयो ।

बोर्डका उपाध्यक्ष सापकोटाले होटल पूर्वाधारमा भित्रिएका ब्राण्डले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटन प्रवर्दनलाई प्रभावकारी बनाउन बोर्डले बजेट तथा आगामी कार्ययोजना बनाइरहेको जानकारी दिनुभयो । हानका अध्यक्ष शाहले नेपालमा धमाधम तारे होटल तथा चेन होटल थपिरहेको भन्दै ३५ लाख पर्यटक धान्ने हालको होटल पूर्वाधारको उपयोग हुनुपर्ने धारणा राख्नुभयो ।

कम्पनीका स्टाट्रेजी अफिसर सापकोटाले पछिल्ला दिनमा अन्तर्राष्ट्रिय होटल ब्राण्ड भित्रिरहेका र यसले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । ट्राभियालिटी नेपालको पर्यटन क्षेत्रको सुधारसँगै होटलका सेवा सुविधा सुधार गरी विद्यमान ३० देखि ४० प्रतिशतको हाराहारीमा रहेको ‘अकुपेन्सी’ दरलाई सुधार गर्ने उद्देश्यसहित एटिक इन होटल एण्ड रिसोर्ट ब्राण्डको सुरुआत गरिएको कम्पनीले उल्लेख गरेको छ ।

यसले फ्रेन्चाइज मोडलमा ‘रिजर्भेसन सिस्टम’को माध्यमबाट मझौला साथै सबै प्रकारका होटलको व्यवस्थापन, प्रवर्द्धन र बजार व्यवस्थापन, गुणस्तर अभिवृद्धि गर्दै आएको सापकोटाले जानकारी दिनुभयो । एट्टिक होटल इन एक्सप्रेसले पर्यटकस्तरीय, एट्टक २ तारे होटल र एट्टिक प्लसले उच्च स्तरको तारे होटलको व्यवस्थापनका साथै कर्मचारीलाई तालिम दिँदै आएको छ ।

कम्पनीले होटल राइनोको व्यवस्थापनमा अमेरिकी ब्राण्ड बेष्ट वेस्टर्न प्लस भित्र्याएको र यो होटल आगामी अक्टोबरबाट सञ्चालनमा आउने जनाइएको छ । यी ब्राण्डको माध्यमबाट नेपालमा पर्यटनको प्रवर्द्धन मात्र नभई वैदेशिक लगानी, रोजगारी, प्रविधि भित्रिनुका साथै गन्तव्यकै प्रचरप्रसार हुने चिफ स्ट्राटेजी अफिसर सापकोटाको भनाइ छ ।

युरोपका धेरै देशमा भारी वर्षा र बाढीका कारण अवस्था नाजुक

0

काठमाडौं । मध्य र पूर्वी युरोपले अहिले ठूलो बाढीको सामना गरिरहेको छ। बाढीका कारण धेरै देश र हजारौं मानिस प्रभावित भएका छन् ।

अस्ट्रियामा बाढीबाट मानिसहरूलाई बचाउनको लागि उद्धार कार्य जारी राख्दा एक फायर फाइटरको ज्यान गएको छ। पोल्याण्डमा पनि एक जनाको मृत्यु भएको छ ।

रोमानियामा भीषण वर्षा र बाढीका कारण पाँच जनाको मृत्यु भएको समाचार छ । चेक गणतन्त्रमा मृत्युको सही तथ्याङ्क अझै थाहा छैन।

अस्ट्रियाको राजधानी भियनासँग जोडिएको प्रान्तलाई ‘प्रकोप क्षेत्र’ घोषणा गरिएको छ । त्यहाँका नेताहरूले यसलाई अप्रत्याशित र डरलाग्दो अवस्था भनेका छन्। पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले बाढीका कारण प्राकृतिक प्रकोपको अवस्था घोषणा गरेका छन् ।

चेक रिपब्लिकले पनि भारी वर्षाको सामना गरिरहेको छ। वास्तवमा कतिपय क्षेत्रमा तीन महिनाको वर्षा मात्रै तीन दिनमा परेको छ ।