Wednesday, June 17, 2026
Home Blog Page 667

ललितपुर महानगरले छ स्थानीय तहलाई तीन करोड ५० लाख आर्थिक सहयोग गर्ने

0

पाटन (ललितपुर): गत असोज ११ र १२ गतेको बाढिपहिरोले प्रभावित भएका ललितपुर र काठमाडौँका छ स्थानीय तहलाई ललितपुर महानगरले आर्थिक सहयोग गर्ने भएको छ ।

महानगर कार्यपालिका बैठकले ललितपुरका पाँच तहलाई रु ५० लाख र काठमाडौँको दक्षिणकाली नगरपालिकालाई एक करोड रुपैयाँ उपलव्ध गराउने निर्णय गरेको महानगरप्रमुख चिरीबाबु महर्जनले जानकारी दिनुभयो । “ललितपुरका गोदावरी र महालक्ष्मी नगरपालिका, बागमती, महाङ्काल र कोन्ज्योसोम गाउँपालिकालाई रु ५० लाख र काठमाडौँको दक्षिणकाली नगरलाई रु एक करोड दिने निर्णय भएको छ”, उहाँले भन्नुभयो,“विपद व्यवस्थापनमा सहयोग पुगोस् भनेर सहयोग गरेका हौँ । समस्या परेका बेला छिमेकी पालिकालाई सहयोग गर्नु हाम्रो धर्म हो, यो सहयोगले बिग्रिएका, भत्किएका संरचना पुनःनिर्माण गर्न र जनजीवन सहज बनाउन सहयोग पुग्ने विश्वास लिएका छौँ ।”

ललितपुरको दक्षिण भेगमा रहेका गोदावरी, महाङ्काल, कोन्ज्योसोम र बागमतीलाई सङ्घीय सरकार र प्रदेश सरकारले विपद् सङ्कटग्रस्त पालिका घोषणा गरेका छन् ।

सरकार सुशासनको पक्षमा निरन्तर लागिरहेको छ : मुख्यमन्त्री आचार्य

0

नेपालगन्ज: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भ्रष्टाचार नियन्त्रण गर्न वर्तमान सरकार निरन्तर लागिपरेको बताउनुभएको छ ।

सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार न्यूनीकरणसम्बन्धी पाँचवर्षे रणनीतिक कार्ययोजनाको मस्यौदासम्बन्धी छलफलमा उहाँले भ्रष्टाचार नियन्त्रणसम्बन्धी पाँचवर्षे रणनीतिक योजनालाई कडाईपूर्वक कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“सुशासन कायम गर्न आँट चाहिन्छ । हामीले त्यसको सुरुआत गरेका छौँ”, उहाँले भन्नुभयो, “त्यागको भावना बोकेर यो सरकार अगाडि आएको छ । जनताबाट उठाएको करबाट सेवासुविधा लिन्न भनेर निर्णय गरेका छौँ ।”

प्रदेश सरकार सुशासन कायम गर्न कठोर भएर अगाडि बढेको बताउँदै उहाँले मुख्यमन्त्री र मन्त्रीहरूलाई आचारसंहिता लागू गरेर नयाँ सुशासन सुरुआत गरिएको स्पष्ट पार्नुभयो ।

पाँचवर्षे रणनीतिक योजनामा सुशासन कायम गर्न तथा भ्रष्टाचार नियन्त्रणका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उच्चस्तरीय अनुगमन संयन्त्र निर्माणलाई उच्च प्राथमिकतामा राखिएको छ । यसका साथै भ्रष्टाचार नियन्त्रणका लागि नैतिकता तथा सदाचारिता प्रवर्द्धनलाई पनि जोड दिइएको छ ।

व्यावसायिकता अभिवृद्धि, सार्वजनिक सेवाप्रवाह, वित्तीय अनुशासन, आयोजना कार्यान्वयन, कानुनतर्जुमा तथा कार्यान्वयन, पारदर्शिता, सामाजिक जवाफदेहीता तथा उत्तरदायित्व प्रवर्द्धन, सार्वजनिक खरिद व्यवस्थापन, सार्वजनिक सम्पत्ति व्यवस्थापन, अनुगमन तथा मूल्याङ्कन, समन्वय, सहकार्य तथा साझेदारीलाई विषयगत क्षेत्रका रुपमा तोकिएको छ । यी विषयगत क्षेत्रलाई आधार मानेर रणनीति र कार्यनीति प्रस्ताव गरिएको छ । सार्वजनिक प्रशासनका सबै क्षेत्रमा नैतिकता प्रवर्द्धन गरी निष्पक्ष, पारदर्शी, जवाफदेही, मितव्ययी तथा जनउत्तरदायी रुपमा शासकीय क्रियाकलाप सञ्चालन गर्ने योजना बनाइएको छ ।

प्रमुख सचिव महादेव पन्थको अध्यक्षता भएको कार्यक्रममा दाङ, बाँके र बर्दिया जिल्लाका प्रदेशसभा सदस्य, स्थानीय तह तथा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षहरुको सहभागिता थियो । कार्यक्रममा प्रदेश सचिव कृष्ण पौडेलले सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार न्यूनीकरणसम्बन्धी पाँचवर्षे रणनीतिक कार्ययोजनाको प्रस्तुत गर्नुभयो ।

बिगो निर्धारण निर्देशिकामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै आरोपीमाथि बिगो तोक्ने व्यवस्था गर्न सुझाव

0

काठमाडौँ: अपराधको अनुसन्धान तथा अभियोजना गर्दा घटनामा व्यक्तिको सङ्लग्नताका आधारमा मात्रै बिगो कायम गर्नुपर्ने कानुनविज्ञले सुझाव दिएका छन् ।

महान्यायाधिवक्ताको कार्यालयले यहाँ आयोजना गरेको बिगो निर्धारणसम्बन्धी निर्देशिका २०८१ को प्रारम्भिक मस्यौदामाथिको छलफलमा सहभागी कानुनविज्ञ, वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्तालगायतले बिगो निर्धारण गर्दा बाहिरको हल्लाका आधारमा नभइ वास्तविकता र तथ्यका आधारमा हुनुपर्नेमा जोड दिएका हुन् ।

निर्देशिका २०८१ को प्रारम्भिक मस्यौदामाथिको छलफलमा भाग लिनुहुँदै पूर्वमन्त्री एवं पूर्वमहान्यायाधिवक्ता अग्नी खरेलले अनुसन्धान र अभियोजनमा बिगो तोक्दा वास्तविकतामा जानुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “बाहिर के भन्छन्, मिडियाले के लेख्छ, त्यो हामी सुन्छौँ र ठूलो बिगो लगाइहाल्छौँ, त्यसो गर्दा त त्यो व्यक्तिलाई अन्याय हुन्छ । त्यसैले जति बिगोको आधार छ, त्यति मात्रै लेखौँ, अन्याय नगरौँ, राज्य अन्याय गर्ने संस्था होइन ।”

मस्यौदा फौजदारी न्यायप्रणालीका लागि पनि अति महत्वपूर्ण रहेको भन्नुहुँदै खरेलले अझै छलफल गरेर मस्यौदालाई थप समृद्ध बनाउन अर्को चरणमा न्यायाधीश, अदालतका स्रेस्तेदार, तहसिलदार, जिल्ला सरकारी वकिल तथा जिल्ला प्रहरीसमेतसँग छलफल जरूरी रहेको बताउनुभयो ।

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले आधा काम भइसकेको अवस्थामा त्यसको मूल्याङ्कन नै नगरी पूरै रकमको बिगो कायम गर्दा आरोपीमाथि अन्याय भइरहेकाले यसतर्फ ख्याल गर्नुपर्ने सुझाव
दिनुभयो । “कारोबार अङ्क सबै बिगो बनाउनुहुन्न, निर्माणसम्बन्धी काम गर्ने कुनै कम्पनीका सम्बन्धमा भन्दा काम गरेको र नगरेको सम्पूर्ण बिगो बनेर आएको छ, उसले काम गरेर धेरै रकम खर्च गरिसकेको हुन्छ, त्यसैले त्यो कारोबार रकम कटाएर पो बिगो कायम गर्नुपर्छ”, उहाँले भन्नुभयो,

वरिष्ठ अधिवक्ता शम्भु थापाले जसले जति खाएको छ वा जसको जति दायित्व हुने हो त्यो पहिचान गरेर बिगो निर्धारण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । कानुनविज्ञ राधेश्याम अधिकारीले अझै सरोकार भएकाहरूसँग पनि बसेर छलफल गर्न जरूरी रहेको उल्लेख गर्नुभयो ।

महान्यायाधिवक्ता रमेश बडालले छलफलमा महत्वपूर्ण सुझाव आएको र अझै सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेर मस्यौदालाई समृद्ध बनाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले अहिले फौजदारी संहिता संशोधनको चरणमा रहेकाले त्यसअघि नै निर्देशिका जारी गर्न संहितामामै केही कुरा समावेश गर्न सजिलो हुने धारणा राख्नुभयो । निर्देशिका अनुसन्धान र अभियोजनका लागि मात्रै बन्न लागेकाले केही भाग ऐनमै समावेश हुनसक्यो भने न्याय निरुपणमै योगदान पुग्ने उहाँको भनाइ थियो ।

छलफलमा प्रहरीका अनुसन्धान अधिकृत, सरकारी वकिल, कानुन व्यवसायी, वरिष्ठ अधिवक्ता, नेपाल बारका पदाधिकारी, पूर्वमहान्यायाधिवक्ता, बारका पूर्वअध्यक्ष तथा कानुन मन्त्रालयका प्रतिनिधिको सहभागिता रहेको थियो ।

बजेट अभावले काभ्रेको तामाङ एकीकृत बस्ती दुई वर्षदेखि अलपत्र

0

काभ्रेपलाञ्चोक: बजेट अभावका कारण भन्दै मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीस्थित तीनधारामा निर्माणाधीन नमूना एकीकृत बस्ती निर्माण दुई वर्षदेखि रोकिएको छ ।

बस्ती निर्माणको काम २०७४ सालमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा तीन वर्षमा सक्नेगरी काम थालिएको थियो । ‘कोरोना–प्रभाव’लगायत कारण ढिलासुस्ती हुँदै आएको उक्त बस्ती निर्माण बजेट अभावले दुई वर्षदेखि रोकिएको हो ।

योजनाअन्तर्गत छ वटा घर बन्न बाँकी छन्भने बनेका घरहरुको ‘फिनिसिङ’ गर्न बाँकी छ । नमूना बस्ती निर्माण योजनाअन्तर्गत ३० घर र एक सामुदायिक भवन निर्माण गर्नुपर्ने हो । बजेट अभावमा दुई वर्षदेखि निर्माण रोकिएको निर्माण समितिले जनाएको छ । उक्त बस्ती निर्माण सम्पन्न हुनुअघिनै प्राधिकरणको म्याद सकिएपछि त्यहाँ घर निर्माणसँगै फिनिसिङको कामसमेत अलपत्र भएको हो ।

बाँकी काम पूरा गर्न नगर कार्यालयले रु ४० लाख सहयोग दिने जनाए पनि अघिल्लो आर्थिक वर्षदेखिनै रकम निकासा नहुँदा बस्ती निर्माणको रोकिएको हो । बस्तीका परिकल्पनाकार एवं स्थानीय अगुवा रामबहादुर लामाका अनुसार नगरको सहयोगबाट बस्तीको बाँकी काम सक्ने योजना बनाइए पनि रकम निकासा नहुँदा अलपत्र भएको हो । सरकारको योजनअनुसारनै तामाङ संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘होम–स्टे’सहितको नमूना तामाङ बस्तीको निर्माण थालिएको थियो ।

नगरप्रमुख टोकबहादुर वाइबाले अघिल्लो चरणमा लगेको पेश्की फछ्र्याेट भएपछि मात्रै बस्तीको लागि निर्णय गरिएको रकम निकासा गर्न सकिने बताउँदै आउनुभएको छ । यसअघि नगरले रु १० लाख सहयोग गरेको थियो । उक्त सहयोगबाट जस्तापातालगायत निर्माण सामग्री खरीदका कागजपत्र नगरमा पेस गरिएको समितिले जनाएको छ । प्राधिकरणबाट पनि समयमा रकम निकासा नहुँदा बस्ती निर्माण समितिले ऋण गरेर निर्माणलाई निरन्तरता दिएको निर्माण समितिका अध्यक्ष आइतमान तामाङले बताउनुभयो ।

केही वर्षअघिसम्म स्थानीयस्तरमै पटकपटक रु ५४ लाख ऋण लिएर र जनश्रमदानले बस्ती निर्माणको कामलाई निरन्तरता दिइएको उहाँले बताउनुभयो । प्राधिकरणबाट रु दुई करोड ८० लाख रकम निकासा भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त रकमबाट एकीकृत बस्तीमा पहूँच सडक तथा अन्य सांस्कृतिक संरचना बनाउन खर्च भएको छ ।

काभ्रेपलाञ्चोकको मण्डनदेउपुरस्थित तीनधारामा तामाङ संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले होम–स्टेसहितको नमूना तामाङ बस्ती निर्माण सुरु गरिएको थियो । तीनकोठे एकतले एकै डिजाइनका एक घर निर्माण गर्न जनश्रमदान बाहेक रु १३ लाख लाग्ने अनुमान गरिएको थियो । बस्ती निर्माणार्थ जनश्रमदानमा पनि स्थानीय निकै महिना खटेका थिए । स्थानीय युवा विरेश तामाङले सुन्दर बस्ती बनाउने योजनामा सबैले जनश्रमदानमार्फत साथ दिएका बताउनुभयो । स्थानीय पञ्चकुमारी तामाङ एकीकृत बस्ती निर्माण सुरु भएपछि डेढसय दिन खट्नुभएको थियो ।
“गाउँमा एकै ठाउँमा चिटिक्कका घर बनाएर बस्ने र पर्यटक ल्याउने भनेपछि हामी सबै गाउँले काम गर्न जान्थ्यौँ, पैसा छैन भनेर काम रोकिएको दुई वर्ष भैसक्यो”, पञ्चकुमारीले भन्नुभयो । उहाँले आफुलाई भूकम्पपीडितबापत आवास निर्माणका लागि सहयोग संस्थाबाट आएको पहिलो किस्ताको रु ५० हजार पनि प्राधिकरणको सहमतिअनुसारनै पाँच वर्ष अघिनै बस्ती निर्माणका निम्ति प्रदान गर्नुभएको थियो । त्यसपछि सरकारसँग सम्झौता गरी तीनधाराका ३० भूकम्पपीडित परिवारलाई पहिलो किस्ताको आवास निर्माण अनुदान दिने कारितास् नामक संस्थाले बाँकी किस्ता उपलब्ध नगराएपछि ऋण लिएर स्थानीयले बस्ती निर्माणलाई निरन्तरता दिँदै आएका थिए ।

विसं २०७७ चैतमा सरकारी निकायबाट विभिन्न शीर्षकमा रु एक करोड ४० लाख निकासा हुँदा ऋणले पिरोलिएका तीनधाराका बासिन्दाले कामलाई तीव्र पारेका थिए । बस्ती निर्माणका लागि स्थानीय ३० भूकम्पपीडितको आवास निर्माणका लागि आएको पहिलो किस्ताको रु ५० हजार पनि खर्चिइएको हो । बस्ती निर्माण कार्ययोजनाअनुसार ३० घरले अनिवार्य होम–स्टेका लागि एउटा कोठा व्यवस्था गर्नुपर्ने सम्झौता भएको थियो ।

नमूना बस्तीमा रु ४० लाखमा एक सामुदायिक भवन निर्माण भएको छ । उक्त सामुदायिक भवनमा विवाह, व्रतबन्ध, घेवा, तामाङ रीतिरिवाज, संस्कृति झल्काउने तामाङले पुज्ने देवीदेवता, जाँतो, ढिकी, डम्फु, ढ्याङग्रोलगायतका सामाग्री सङ्ग्रह गरिने तथा तिनका बारेमा जानकारी दिने योजना थियो ।

छ घरको एक ‘ब्लक’ बनाएर छुट्टाछुट्टै पाँच ब्लकमा ३० वटा घर बनाउने योजनाले पूर्णता नपाउँदा तीनधाराका बासिन्दा खिन्न भएका छन् ।

माधव नेपाल र असन्तुष्ट नेताबीचको छलफल सकारात्मक

0

काठमाडौँ: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सोही पार्टीका असन्तुष्ट नेताहरूबीच भएको छलफल सकारात्मक भएको छ। महाधिवेशन र नेतृत्व चयनको प्रक्रियाप्रति असहमति जनाउँदै असन्तुष्ट बनेका नेताहरूसँग अध्यक्ष नेपालले बुधवार पार्टीका कार्यालयमा छुट्टाछुट्टै छलफल गरेका थिए ।

उपमहासचिव रामकुमार भट्टराईले अध्यक्ष नेपाल र नेताहरूबीचको छलफलमा असन्तुष्ट रहेका नेताहरूलाई पार्टी कामको जिम्मेवारी दिने गरी सहमति जुटेको बताए । ‘अध्यक्षलगायतका नेताहरुले असन्तुष्ट नेताहरूसँग छलफल गर्नुभयो । छलफलमा नेताहरूलाई जिम्मेवारी दिने सहमति जुट्यो’, भट्टराईले भने, ‘अब कुरा मिल्यो विवाद समाधान भयो ।’

तर, असन्तुष्ट पक्षका नेता जीवनराम श्रेष्ठले सबै कुरा मिलेकोबारे उनीहरूलाई थाहा हुने प्रतिक्रिया दिए । ‘अध्यक्षले छुट्टै बोलाएर कुरा गर्नुभयो । हामीले उठाएका कुरामा समीक्षा पनि भयो । अब नेताहरूलाई जिम्मेवारी दिएर पार्टी काममा लगाउने कुरा भएको छ’, श्रेष्ठले भने, ‘पार्टीको आन्तरिक एकता कायम गर्दै नेपाली क्रान्तिको समाजवादी कार्यक्रम पुरा गर्नुपर्छ भन्नेमा सहमति भयो ।’

अध्यक्ष नेपालले श्रेष्ठसहित विजय पौडेल, वंशीधर मिश्र, रामकुमारी झाँक्री लगायतका असन्तुष्ट नेताहरूसँग छलफल गरेका थिए । बुधवारको छलफल र सहमति पछि उनीहरूलाई केके जिम्मेवारी दिने भनेर सचिवालय बैठक बसेर निर्णय हुने पार्टी केन्द्रीय कार्यालयका सचिव समेत रहेका भट्टराईले जानकारी दिए ।

यसअघि नेता श्रेष्ठसहितले महाधिवेशन र नेतृत्व चयन पार्टी विधान विपरीत भएको भन्दै महाधिवेशन नै रद्द गर्नुपर्ने माग अघि सारेका थिए । उनीहरुले माग पुरा नभए सय भन्दा बढी नेता पार्टी छाड्ने खतरा रहेकाले समीक्षा गर्न नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।

सत्तारूढ दलको बैठक : राष्ट्रिय मुद्दामा एक ढिक्का भएर प्रस्तुत हुने

0

काठमाडौँ: सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलहरुको आजको बैठकमा सरकारको सय दिनको प्रगति, समसामयिक घटनाक्रम र राष्ट्रिय हित एवं मुद्दामा समान धारणामा साथ एक ढिक्का भएर अघि बढ्ने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको बैठकमा लोकतान्त्रिक पद्धति, विधिको शासन र जनतामा सेवा प्रवाहका विषयमा सरकार स्पष्ट भई दृढताका साथ काम गरिरहेको अवगत गराइएको छ । बैठकमा गृहमन्त्री रमेश लेखकले सहकारी अनियमिततासम्बन्धी संसदीय छानबिन समितिले सर्वसम्मत तयार पारेको प्रतिवेदन कार्यान्वयनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई अदालतको स्वीकृति लिई पक्राउ गरिएको जानकारी गराउनुभयो ।

फौजदारी घटनामा न्यायिक छानबिन भइरहेका बेला अदालत र सरकारलाई दबाब दिने गरी भइरहेका विरोध प्रदर्शन उचित नभएको गृहमन्त्री लेखकले बताउनुभयो । यस्ता घटनाका विषयमा सत्तामा रहेका दलहरुले आफ्ना तर्फबाट वक्तव्य जारी गरी न्यायिक छानबिन र लोकतान्त्रिक पद्धतिलाई निष्पक्ष रुपमा अगाडि बढाउन आग्रह गर्ने विषयमा समझदारी भएको उहाँले बताउनुभयो ।

सरकारको हालसम्मको काम, आगामी योजनालगायत विषयमा यही कात्तिक ९ गते अर्काे बैठक बस्ने तय भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो । साथै साझा धारणा सार्वजनिक गर्ने पनि आजको बैठकबाट तय भएको उहाँले बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री ओलीले सत्ता समीकरणमा रहेका दलहरु एक ढिक्का भएर प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो । लोकतान्त्रिक पद्धति, मूूल्य र मान्यताप्रति आफूहरु प्रतिबद्ध रहेको स्पष्ट गर्दै राष्ट्रिय सद्भाव र हितको रक्षाका प्रश्नमा कुनै सम्झौता नहुने उहाँले बताउनुभयो ।

“हामी लोकतन्त्रका लागि लडेका हौँ । हामीलाई लोकतन्त्र मात्रै स्वीकार्य छ । अराजकता र अवाञ्छित क्रियाकलाप स्वीकार्य छैन । जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउन आजीवन लागेका छौँ । हाम्रो यो प्रतिबद्धता र दृढतामा कुनै कमी आउँदैन । यसमा हामी स्पष्ट छौँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

बैठकमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री लेखक, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव पोखरेल, जनता समाजवादी पार्टीका सहअध्यक्ष रेणुकुमारी यादव, जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष राजकिशोर यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा सिके राउतलगायत सहभागी हुनुहुन्थ्यो ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सय दिन पुगेको अवसरमा आज दिउँसो ३ बजे सिंहदरबारबाट समग्र कामको उपलब्धिबारे सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

दाङ्गका घर्ती वार्षिक सात टन मह उत्पादन गरेर प्रशस्त कमाउँदै

0

घोराही (दाङ): घोराही उपमहानगरपालिका–१८ सुपैला खुटीका ५७ वर्षीय श्रीधन घर्ती हिजोआज मौरी स्याहारमा व्यस्त हुनुहुन्छ । “लामो समय वैदेशिक रोजगारीमा बिताएपछि उहाँले व्यावसायिक रूपमा मौरीपालन थाल्नुभएको १६ वर्ष पूरा भयो ।

हाल उहाँको फार्ममा एक सय ५० मौरीसहितका घार छन् । उहाँले वर्षमा सात टन मह उत्पादन गरेर लोभलाग्दो आम्दानी पनि गर्दै आउनुभएको छ । मौरीपालन गर्न सिकेपछि व्यावसायिक रूपमा लाग्नुभएका उहाँको घरबाटै मह बिक्री हुनेगरेको छ । वार्षिक रु १६ लाखको कारोबार गरिरहनुभएका पौरखी घर्तीले रु सात लाख बचत हुने बताउनुभयो । एक किलो मह रु पाँच सयमा बिक्री गर्दै आएको उहाँले सुनाउनुभयो ।

वर्षा र शिशिर याममा विशेष ध्यान दिएमा मौरीपालनबाट प्रशस्त प्रतिफल लिन सकिने भन्दै उहाँले मह उत्पादन र घार वृद्धि पनि सँगसँगै बढाउँदै लगेको बताउनुभयो । गुणस्तरीय मह भएकाले अधिकांश मह घरबाटै बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ । मौरीपालन व्यावसायिक रूपमा सुरु गरेदेखि अहिलेसम्म आम्दानीका लागि अन्य कुनै पनि स्रोत खोज्न नपरेको उहाँको भनुभव छ । बुढ्यौलीमा अन्य पेसा गर्न नसिकरहेको अवस्थामा मौरीपालन व्यवसाय निकै सहज भएको उहाँ बताउनुहुन्छ । यस व्यवसायमा अलि बढी अध्ययनशील हुन आवश्यक रहेको छ, चरनका लागि घोराही उपमहानरपालिकाको माथिल्लो भेगतिर लैजाने गरेको उहाँले बताउनुभयो ।

गलत गर्ने जतिसुकै ठुलो व्यक्तिलाई पनि कानुनी दायरामा ल्याउनु पर्छ – नारायणकाजी श्रेष्ठ

0

काठमाडौँ: नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सहकारी प्रकरणमा रवि लामिछानेलाई आफुहरुले क्लिन चिट नदिएको बताउनुभएको छ । बुधबार विराटनगरमा संचारकर्मीहरुसंग कुरा गर्दै श्रेष्ठले गलत गर्ने जतिसुकै ठुलो व्यक्तिलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने जिकिर गर्नुभयो ।

उहाँले आफुहरुले निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुनुपर्ने र भेदभावरहित कारवाही हुनुपर्ने बताउदै सहकारी प्रकरणमा सत्तारुढ पार्टीका व्यक्तिहरुलाई छोड्ने र रवि लामिछानेलाई मात्र कारवाहीको दायरामा ल्याउनु भेदभाव देखिएको बताउनु भयो । एक प्रश्नको जवाफमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठले वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेकाले आफुहरुले आन्दोलन भन्दा पनि खबरदारी गर्न कार्यक्रम गरेको जानकारी दिनुभयो ।

त्यस्तै श्रेष्ठले अहिले विपत्तिका बेला सबै राजनैतिक दलहरु मिलेर जनतालाई राहत, उद्धार र पुनस्र्थापना गर्ने बेला राजनैतिक दल फुटाउने अध्यादेश ल्याउनु गतल भएको टिप्पणी गर्नुभयो । श्रेष्ठले नेपालमा कम्युनिष्टहरु मिल्नुको विकल्प नभएको बताउदै तत्काल भने मिल्ने अवस्था नरहेको जानकारी दिनुभयो ।

जाडोयाम सुरु: बासस्थानको चिन्तामा बाढीपीडित

0

काठमाडौँ: कञ्चनजङ्घा संरक्षण क्षेत्रमा १३ वयस्क हिउँ चितुवा रहेका छन् । एघारौँ अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवसका अवसरमा आज यहाँ आयोजित हिउँ चितुवा गणनासम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरिएको हो ।

उक्त प्रतिवेदनअनुसार कञ्चनजङ्घा संरक्षण क्षेत्रमा १३ वयस्क हिउँ चितुवा रहेका पाइएको छ । वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभाग र वन तथा भू–संरक्षण विभागले आज आयोजना गरेको कार्यक्रममा सन् २०२४ अप्रिल ४ देखि जुन २ तारिखसम्म कञ्चनजङ्घा संरक्षण क्षेत्रमा गरिएको हिउँ चितुवा सर्वेक्षणको नतिजा सार्वजनिक गरिएको हो । सो प्रतिवेदनअनुसार कम्तीमा नौ र बढीमा २४ को सङ्ख्यामा हिउँ चितुवा रहेको जनाइएको छ ।

विभागले वैज्ञानिक एवं विश्वसनीय अध्ययन विधिको प्रयोग गरी हिउँ चितुवाको राष्ट्रिय सर्वेक्षण गर्ने उद्देश्यले क्यामरा ट्याप गरी विभिन्न हिमाली संरक्षित क्षेत्र तथा वन क्षेत्रमा गणना थालनी गरिएको
थियो ।

करिब २०३५ वर्ग किलोमिटर क्षेत्रफलमा हिउँ चितुवाको उपयुक्त बासस्थान मानिने भएकाले सोह क्षेत्रभित्र १६ वर्ग किमीका ग्रिडमा स्वचालित क्यामरा ६० दिनसम्म राखेर फोटो खिची विश्लेषण विधिमार्फत गणना गरिएको हो ।

यसैबीच, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले कम्प्युटरको ‘बटन’ थिचेर उक्त प्रतिवेदन सार्वजनिक गर्दै हिउँ चितुवाको संरक्षणका लागि सरकारसँगै स्थानीय समुदाय र सरोकार भएका निकायले हातेमालो गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले हिउँ चितुवाको संरक्षण र सङ्ख्या वृद्धिका लागि आगामी दिनमा संरक्षण अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री ठकुरीले भन्नुभयो, “चोरी निकासी नियन्त्रणमा कानुन संशोधन वा परिमार्जन गर्नुपरे पनि मन्त्रालय तयार छ । हिउँ चितुवाको संरक्षणमा स्थानीय जनतामा चेतना अभिवृद्धि गरी अभियानमा परिचालन गर्नु आवश्यक छ ।” उहाँले नेपालको पहिचानसँग जोडिएको हिउँ चितुवाको ठूलो महत्व रहेकाले यसको संरक्षणलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा वन राज्यमन्त्री रुपा विकले हिउँ चितुवा संरक्षणमा देखिएका चुनौती सामना गर्न सरकारसँगै दातृ तथा सहयोगी निकाय र सरोकार भएकाको सहयोग र समन्वय आवश्यक हुने बताउनुभयो । उहाँले कठिन भूगोलमा पाइने हिउँ चितुवा हिमाली क्षेत्रको पारिस्थितिकीय प्रणालीको स्वच्छताको प्रतीक भएकाले यसको संरक्षणमा अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

वन सचिव डा दीपककुमार खरालले विश्वमा नेपालको पहिचानसँग जोडिएको हिउँ चितुवाको संरक्षणमा देखिएका चुनौती समाधान गर्न स्थानीय, सुरक्षा निकाय र सहयोगी संस्थाले गरेको सहयोगको प्रशंसा गर्नुभयो । निकुञ्ज विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले हिउँ चितुवा संरक्षणमा भएका उपलब्धि र प्रयासका बारेमा जानकारी गराउँदै सरोकार भएका निकायसँग समन्वय गरी काम गरिरहेको
बताउनुभयो ।

वन तथा भू–संरक्षण विभागका महानिर्देशक शिव वाग्लेले उच्च हिमाली क्षेत्रमा मात्र पाइने हिउँ चितुवा नेपालको हिमाली क्षेत्रमा पाइनु सफलताको विषय रहेको बताउँदै यसले नेपाललाई विश्व समुदायमा चिनाएको उल्लेख गर्नुभयो ।

यसअघि डोल्पा क्षेत्रमा हिउँ चितुवा गणनाको नजिता सार्वजनिक गरिएको थियो । डोल्पामा ९० हिउँ चितुवा रहेको पाइएको छ । दिवसका अवसरमा आजै डोल्पा राष्ट्रिय निकुञ्जअन्तर्गत पूर्व (वन क्षेत्र)को हिउँ चितुवा अध्ययन प्रतिवेदन लोकापर्ण गर्नाका साथै डोल्पा राष्ट्रिय निकुञ्जभित्र खिचिएका जङ्गली याकको फोटो फ्रेम अनावरण गरिएको छ ।

विश्वका १२ देशमा मात्र पाइने हिउँ चितुवा स्वच्छ हिमाली पर्यावरणको सूचक मानिन्छ । विश्वमा हिउँ चितुवा नेपालका साथै अफगानिस्तान, भुटान, चीन, काजकिस्तान, किर्गिस्तान, भारत, मङ्गोलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानमा पाइन्छ ।

यस वर्ष यो दिवसको नारा ‘भविष्यका पुस्ताका लागि हिउँ चितुवाको बासस्थानको सुरक्षा’ रहेको छ । यस विषयले हिउँ चितुवाको प्राकृतिक बासस्थानको सुरक्षा र हिमाली पारिस्थितिकीय प्रणालीको स्वास्थ्य सुनिश्चित गर्नलाई महत्व दिएको छ ।

हिउँ चितुवा उच्च हिमाली क्षेत्रको स्वास्थ्य परिस्थितिकीय प्रणालीको महत्वपूर्ण हिस्सा मानिन्छ । हिउँ चितुवा नेपालमा करिब तीन सयदेखि पाँच सय र विश्वमा करिब चार हजारदेखि छ हजार पाँच सयको सङ्ख्यामा रहेको अनुमान छ । बिरालो प्रजातिको हिउँ चितुवाले आफ्नो लामो पुच्छरले शरीरलाई सन्तुलन गर्दछ ।

हिउँ चितुवा नेपालको समग्र रुपमा बढी संरक्षित क्षेत्रले ओगटेको हिमाली एवं उच्च पहाडी प्राकृतिक बासस्थानको खाद्य शृङ्खलामा सबैभन्दा माथि रहनाका साथै स्वस्थ पारिस्थितिकीय प्रणालीको सूचकका रुपमा रहेको छ ।

निकुञ्ज विभागले डोल्पा क्षेत्र (शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र बाहिरको वन क्षेत्र), हुम्ला जिल्लाको वन क्षेत्र, मनास्लु संरक्षण क्षेत्र, गौरीशङ्कर संरक्षण क्षेत्रमा विभिन्न निकाय एवं अनुसन्धानकार्ताबाट विभिन्न विधिमार्फत हिउँ चितुवा सर्वेक्षण भइसकेकाले थप ठाउँहरुको नतिजालाई संयोजन गरी राष्ट्रियस्तरको तथ्याङ्क तयार गर्ने योजना रहेको जनाएको छ ।

कञ्चनजङ्घा संरक्षण क्षेत्रमा १३ वयस्क हिउँ चितुवा